सिभिक भोलिन्टियरहरू सुकियापोखरी थानामा सम्मानित

Share this news

दार्जीलिङ,16 जुलाई(निसं): आफ्नो कर्तव्य र जिम्मेवारीलाई निष्ठापूर्वक, इमान्दारी र अनुशासित ढंगले निर्वाह गर्दै प्रशासनको छवि उज्ज्वल बनाउने सिभिक भोलिन्टियरहरूलाई सुकियापोखरी थाना अन्तर्गत ट्राफिक विभागले सम्मान गरेको जानकारी छ।
थानाको जानकारी अनुसार, थाना परिसरमा आयोजित सम्मान कार्यक्रममा दार्जीलिङ टाउन ट्राफिक डीएसपी कल्याण गुरुङ प्रमुख अतिथिका रूपमा उपस्थित थिए। उनले उत्कृष्ट सेवा प्रदान गर्दै ट्राफिक व्यवस्थापन तथा प्रशासनिक कार्यमा उल्लेखनीय योगदान पुर्‍याउने सिभिक भोलिन्टियरहरूलाई सम्मानपत्र प्रदान गर्दै उनीहरूको सेवाको प्रशंसा गरे।सम्मानित हुनेहरूमा एलसीभी रानुका थापा, सीभी दावा छिरिङ शेर्पा, एलसीभी प्रेरणा प्रधान, एलसीभी प्रेमिला प्रधान, सीभी भास्कर छेत्री, एलसीभी आशिका प्रधान, एलसीभी शाव्या सुब्बा तथा सीभी पुरन शर्मा रहेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै डीएसपी कल्याण गुरुङले निष्ठापूर्वक र समर्पित भावनाका साथ काम गर्ने कर्मचारी तथा सिभिक भोलिन्टियरहरूलाई समय–समयमा सम्मान गरिनु आवश्यक रहेको बताए। यसले उनीहरूको मनोबल उच्च राख्नुका साथै अझ जिम्मेवार र प्रभावकारी ढंगले सेवा प्रवाह गर्न प्रेरणा मिल्ने विश्वास उनले व्यक्त गरे।

Share this news
आजको रोजाइ
प्रधान,उपप्रधान अन्यले भाजपामा सामेल

प्रधान,उपप्रधान अन्यले भाजपामा सामेल

सफलतामा सिभिक भोलिन्टियर धाविका प्रतिभा राई 

सफलतामा सिभिक भोलिन्टियर धाविका प्रतिभा राई 

विधायक नोमन राईको बीडीओ-सित शिष्टाचार भेट

विधायक नोमन राईको बीडीओ-सित शिष्टाचार भेट

अनुसन्धान आयोगलाई टाउन कमिटीद्वारा स्वागत 

अनुसन्धान आयोगलाई टाउन कमिटीद्वारा स्वागत 

अमर सुब्बाले दरापदेखि सिलगडीसम्म स्वास्थ्य जागरूकता दौड गर्ने

अमर सुब्बाले दरापदेखि सिलगडीसम्म स्वास्थ्य जागरूकता दौड गर्ने

फरेष्ट अफ माई लाइफ बस अनि चित्र बनाउन कार्यक्रम 

फरेष्ट अफ माई लाइफ बस अनि चित्र बनाउन कार्यक्रम 

सोनम वाङचुकको समर्थनमा फिल्म स्टारहरू बाहिर निस्केका छन्

सोनम वाङचुकको समर्थनमा फिल्म स्टारहरू बाहिर निस्केका छन्

पेट्रोलमा २०% इथेनल मिसाउने विरोधबीच, सरकारले २५% बनाउने ?

पेट्रोलमा २०% इथेनल मिसाउने विरोधबीच, सरकारले २५% बनाउने ?

ट्रष्ट साहित्य पुरस्कार वेदिका, पी लक्की, अर्जुन अनि रुबेनलाई 

ट्रष्ट साहित्य पुरस्कार वेदिका, पी लक्की, अर्जुन अनि रुबेनलाई 

शिक्षामन्त्री सस्मित पोखरेलसँग जापानी राजदूत मायदा तोरुको भेटवार्ता

शिक्षामन्त्री सस्मित पोखरेलसँग जापानी राजदूत मायदा तोरुको भेटवार्ता