
●खेलकुद
आई पी एल २०२५

स्कोर र मुख्य समाचार
● खेलकुद समाचार

दावा डोमा भोटिया जीटीए क्षेत्रकी प्रथम अनि एक मात्र महिला रेफरी

तीनधारे हिल 10 किलोमीटर रनलाई लिएर ट्रायल म्याराथन सम्पन्न: जर्सी अनावरणसितै पञ्जीकरण आरम्भ

युकेएफसी खरसाङ सुपर लीग 2025 को प्रीमियर डिभिजन च्याम्पियन बन्यो

दावा डोमा भोटिया जीटीए क्षेत्रकी प्रथम अनि एक मात्र महिला रेफरी
खरसाङ, 20 जुलाई (निस): दावा डोमा भोटिया जीटीए क्षेत्रको प्रथम अनि एक मात्र महिला रेफरी हुन्। भोटियाले 2023 मा खरसाख फुटबल एसोसिएशन अनि जीटीएको संयुक्त आयोजनामा खरसाङ्को चानबारी खेल मैदानमा सम्पन्न भएको रेफरी प्रशिक्षण शिविरमा प्रशिक्षण प्राप्त गरेर कलकत्ता रेफरी एसोसिएशनबाट थप प्रशिक्षण प्राप्त गरेपछि रेफरीको प्रमाण पत्र प्राप्त गरेकी हुन्। तकदा क्यान्टोमेन्टको होम बस्ती निवासी पिता छिरिङ भोटिया अनि माता लाक्पा डोमा भोटियाकी सुपुत्री 24 वर्षीय दावा डोमा भोटियाले अहिलेसम्म जीटीए क्षेत्रमा आयोजित विभिन्न फुटबल खेल अनि कलकत्तामा आयोजित कन्याश्री अनि कलकत्ता फुटबल लीगमा रेफरीको भूमिकामा रहेर फुटबल खेल सञ्चालन गरिसकेकी छिन्। भोटियाले आफू रेफरी बन्न अघि फुटबल खेल्ने गरेकी बताएकी छिन्। यसरी भोटियाको अघिबाटै फुटबलप्रति लगाव रहेको स्पष्ट बुझिन्छ। भोटियाले रेफरीको कार्य गर्नको अतिरिक्त आफू बीएको निम्ति पढ़ाइ पनि गरिरहेकी बताएकी छिन्। एक जना महिला भएर रेफरी कार्य गर्दा अथवा घरदेखि टाड़ामा गएर कार्य गर्दा कुनै असुविधाको सामना गर्न परेको छ भनि प्रश्न गर्दा तिनले अहिलेसम्म त्यस्तो कुनै असुविधाको सामना गर्न नपरेको बताइन्। तिनले भनिन्, कलकत्तातिर रेफरी गर्न जाँदा हामीले कलकत्ता पुगेर कलकत्ता रेफरी एसोसिएशनलाई रोपोर्टिङ गर्छौँ, त्यसपछि सबै बन्दोबस्त कलकत्ता रेफरी एसोसिएशनले मिलाउछ, कहाँ गएर फुटबल खेल सञ्चालन गर्नु पर्ने, त्यो सबै एसोसिएशनले पोस्टिङ गर्छ। हामीले कुनै असुविधा र अप्ठ्यारोको सामना गर्न पर्दैन। रेफरीको विभिन्न स्तर हुने गरेको बताउदै तिनले वर्तमानमा कलकत्तासम्म फुटबल खेल सञ्चालन गर्न गइरहेकी बताउँदै भविष्यमा कलकत्ता बाहेर देशको विभिन्न स्थानमा रेफरीको निम्ति बोलाइएको खण्डमा आफू जान तयार रहेको पनि बताइन्। तिनले भविष्यमा रेफरी पेशाको रुपमा कार्य गर्ने निश्चय गरेकी पनि बताइन्। तिनले आफूलाई दार्जीलिङ रेफरी एसोसिएशनले खटाउने गरेको र एसोसिएशनले खटाएको स्थान र खेलहरूमा आफू रेफरीको भूमिका निभाउन पुग्ने गरेको बताइन्। वर्तमानमा तीन जना बहिनीहरूले रेफरीको प्रशिक्षण गरिरहेकी बताउदै आगामी दिनमा अझ महिला रेफरीहरू निस्कने पनि बताइन्। एक मात्र र पहिलो महिला रेफरी रहेकोमा जीटीए अथवा सरकारबाट कुनै सहयोग प्राप्त गर्नु भएको छ भनी प्रश्न गर्दा तिनले भनिन्, जीटीएले सहयोग गरेको छ, रेफरीको प्रशिक्षण प्राप्त गर्दा जीटीएले यात्रा खर्चहरू सबै बेहोरेको थियो। रेफरीको प्रशिक्षण प्राप्त गर्नमा जीटीएको सहयोग रहेको छ। तिनले रेफरीमा राम्रो करियर रहेको बताउदै युवा पिँड़ी, बहिनीहरूलाई यस क्षेत्रमा अघि आउने आह्वान गरेकी छिन्।

तीनधारे हिल 10 किलोमीटर रनलाई लिएर ट्रायल म्याराथन सम्पन्न: जर्सी अनावरणसितै पञ्जीकरण आरम्भ
तीनधारे ,18 जुलाई(निसं): तीनधारेमा पहिलोपल्ट 10 किलोमीटरको म्याराथन आयोजना गरिने भएको छ। तीनधारे रनर्स र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको संयुक्त आयोजनामा ’तीनधारे हिल 10 किलोमीटर रन’ आयोजना

युकेएफसी खरसाङ सुपर लीग 2025 को प्रीमियर डिभिजन च्याम्पियन बन्यो
खरसाङ, 15 जुलाई (निसं): खरसाङ फुटबल एसोसिएशन अनि युवा अनि खेल मामिला विभाग जीटीएको संयुक्त तत्वाधानमा आयोजित खरसाङ सुपर लीग 2025 को प्रिमियर डिभिजन अन्तर्गत निर्णायक खेल सम्पन्न भएको छ।

दावा डोमा भोटिया जीटीए क्षेत्रकी प्रथम अनि एक मात्र महिला रेफरी
खरसाङ, 20 जुलाई (निस): दावा डोमा भोटिया जीटीए क्षेत्रको प्रथम अनि एक मात्र महिला रेफरी हुन्। भोटियाले 2023 मा खरसाख फुटबल एसोसिएशन अनि जीटीएको संयुक्त आयोजनामा खरसाङ्को चानबारी खेल मैदानमा सम्पन्न भएको रेफरी प्रशिक्षण शिविरमा प्रशिक्षण प्राप्त गरेर कलकत्ता रेफरी एसोसिएशनबाट थप प्रशिक्षण प्राप्त गरेपछि रेफरीको प्रमाण पत्र प्राप्त गरेकी

तीनधारे हिल 10 किलोमीटर रनलाई लिएर ट्रायल म्याराथन सम्पन्न: जर्सी अनावरणसितै पञ्जीकरण आरम्भ
तीनधारे ,18 जुलाई(निसं): तीनधारेमा पहिलोपल्ट 10 किलोमीटरको म्याराथन आयोजना गरिने भएको छ। तीनधारे रनर्स र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको संयुक्त आयोजनामा ’तीनधारे हिल 10 किलोमीटर रन’ आयोजना गरिने भएको छ। तीनधारेमा आगामी 7 सेप्टेम्बरमा हुने भनिएको उक्त म्याराथनलाई लिएर आज बिहान तीनधारेमा ट्रायल रनको आयोजना गरिएको थियो।

युकेएफसी खरसाङ सुपर लीग 2025 को प्रीमियर डिभिजन च्याम्पियन बन्यो
खरसाङ, 15 जुलाई (निसं): खरसाङ फुटबल एसोसिएशन अनि युवा अनि खेल मामिला विभाग जीटीएको संयुक्त तत्वाधानमा आयोजित खरसाङ सुपर लीग 2025 को प्रिमियर डिभिजन अन्तर्गत निर्णायक खेल सम्पन्न भएको छ। खरसाङ्को गोथल्स मेमोरियल स्कूलको खेल मैदानमा सम्पन्न भइरहेको यस टुर्नामेन्टको शुक्रवारको निर्णायक खेल प्रिमियर डिविजन अन्तर्गत युकेएफसी अनि केएफसीमाझ खेलियो।
●खेलको मुख्य झलक र खेल विश्लेषण
अभिषेक शतक
मुम्बई जीती
नारिन लाख्नो के खिलाफ
मुम्बई केकेर के खिलाफ
साई सुदर्शन
