तीनधारे हिल 10 किलोमीटर रनलाई लिएर ट्रायल म्याराथन सम्पन्न: जर्सी अनावरणसितै पञ्जीकरण आरम्भ

Share this news

तीनधारे ,18 जुलाई(निसं): तीनधारेमा पहिलोपल्ट 10 किलोमीटरको म्याराथन आयोजना गरिने भएको छ। तीनधारे रनर्स र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको संयुक्त आयोजनामा ‌’तीनधारे हिल 10 किलोमीटर रन‌’ आयोजना गरिने भएको छ। तीनधारेमा आगामी 7 सेप्टेम्बरमा हुने भनिएको उक्त म्याराथनलाई लिएर आज बिहान तीनधारेमा ट्रायल रनको आयोजना गरिएको थियो। उक्त ट्रायल म्याराथन तीनधारेको ब्लु डाईमण्ड अंग्रेजी स्कूल परिसरबाट शुरु भएर गोलाई पाखास्थित वी लभ तीनधारेसम्म आयोजना गरिएको थियो। यसै अवसरमा तीनधारे हिल 10 किलोमीटर रनको लागि पञ्जीकरण गर्नलाई अनलाइन र अफ्‌‍ फारम दुवैको लागि उदघाटन गर्दै शुरुवात गरिएको छ। तीनधारेमा हुने भएको तीनधारे हिल 10 किलोमीटर रनमाथि आज भएको ट्रायल रनमा उपस्थित अतिथिहरु क्रमैले क्षेत्रीय सभासद नवराज छेत्री, पूर्व फुटबल खेलाडी धर्मराज थापा, शिक्षक प्रवीण राई र युवराज सुन्दास, युवा शक्ति खरसाङ महकुमा समितिको कार्यकारी सचिव अनुप गदाल, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे खण्ड समितिको सचिव अनिल राई, एल्डर मसीह प्रकाश मोक्तान लगायत अन्यहरु उपस्थित रहेका थिए। यसको साथै उक्त म्याराथनको लागि जर्सीहरु पनि अनावरण गरिएको छ। तीनधारेमा आयोजना गरिने भनिएको तीनधारे हिल 10 किलोमीटर रन‌’ लाई लिएर तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले तीनधारेमा पहिलोपल्ट ‌’तीनधारे हिल 10 किलोमीटर रन‌’ आगामी 7 सेप्टेम्बरमा हुने भएको र यसमा क्षेत्रीय, राज्य र राष्ट्रिय स्तरका रहनहरुले भाग लिन सक्ने र यसको लागि आजदेखि अफ लाइन र अनलाइन पनि पञ्जीकरणको लागि खोलिएको जानकारी गराएका छन्‌‍। सभासद नवराज छेत्रीले यस म्याराथनमा सबैलाई भाग लिनलाई अनुरोध गरेका छन्‌‍। उनले यो म्याराथन तीनवटा वर्गमा आयोजना गरिने र यसमा पुरुषवर्ग, महिलावर्ग र 45 वर्षमाथिका उमेर भएकाहरुका लागि आयोजना गरिने जानकारी गराएका छन्‌‍। यस विषयमा तीनधारेका रनर मनिष माझीले पत्रकारहरुलाई सम्बोधन गर्दै तीनधारेमा पहिलोपल्ट म्याराथन 10 किलोमीटर र 6 किलोमिटरको आयोजना हुन लागेको र यो म्याराथन ड्रग्स रोकथामको सचेतनाको लागि आयोजना गरिने पनि बताएका छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ