
●खेलकुद
आई पी एल २०२५

स्कोर र मुख्य समाचार
● खेलकुद समाचार

मानसुन टुरिज्म फेस्टिवल 25 किलोमिटर म्याराथनको 10 अगस्तमा

इनिगो किक् बक्सिङमा खरसाङका खेलाड़ीहरूले 8 स्वर्ण पदक जिते

विश्व स्ट्रेन्थलिफ्टिङमा चन्द्रकला सुब्बाले 2 स्वर्ण पदक जितिन्

मानसुन टुरिज्म फेस्टिवल 25 किलोमिटर म्याराथनको 10 अगस्तमा
दार्जीलिङ,31 अगस्त (निसं): डुवर्स मानसुन टुरिज्म फेस्टिवल-2025-मा हुने 25 किलोमिटर म्याराथनको समन्वय गर्ने जिम्मेवारी विक्रम राई र विक-रन फाउण्डेसनलाई दिएको छ। लतलाई होइन खेलकुदलाई हो- भन्ने मुलमन्त्रको साथमा सीआईआई नर्थ बेङ्गाल, वाईआई एसीटी तथा फालाकाटा टाउन क्लब-द्वारा संयुक्त रूपमा आयोजना हुने डुवर्स मानसुन टुरिज्म फेस्टिवल-25 को आयोजक समितिले 25 किलोमिटर म्याराथन-को नेतृत्व र समन्वयको औपचारिक जिम्मेवारी विक-रन फाउण्डेसन दार्जीलिङका संस्थापक विक्रम राईलाई दिइएको छ। गत वर्षको सफल शुरुवात पश्चात्, यसपटकको दोस्रो संस्करण अझ भव्य तथा व्यापक सहभागिताको साथमा हुने बताइएको छ भने यो कार्यक्रम सीआईआई नर्थ बेङ्गाल, वाईआई, एसीटी, फालाकाटा टाउन क्लब-द्वारा संयुक्त रूपमा आयोजना गरिएको हो। जो अलीपुरद्वार जिल्ला प्रशासनको पुर्ण समर्थनमा सम्पन्न हुनेछ। प्रतिस्पर्धा आगामी 10 अगस्टमा हुने तय गरिएको छ, जसमा 25के, 10क्र र 5के तीन वर्गमा समावेश छ। यसै क्रममा विक्रम राई तथा उनको टोलीले बिहिबार फालाकाटा पुगेर मदारीहाटदेखि फालाकाटा टाउन क्लब-सम्मको 25 किलोमिटर दौडको रुट म्यापिङ तथा स्थलगत निरीक्षण गरे। उनले, आयोजकप्रति आभार व्यक्त गर्दै, खेलकुदमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्यमा आफू सधैं समर्पित रहेको बताए। यसका साथै यस्तो महत्त्वपूर्ण जिम्मेवारी पाउनु आफैंमा गर्वको विषय रहेको तथा डुवर्सको हरियाली र मानसुनको सौन्दर्यले यो म्याराथनलाई अविस्मरणीय बनाउने राईले बताए। निरीक्षणको क्रममा उनीसँगै मनोज गुरुङ, मोहनिश लामा र आकिब खान समेत सहभागी थियो, जसले रूट प्लानिङ, जलपान बिन्दु, सुरक्षास्थल र साइनबोर्डको व्यवस्थापनमा सहयोग पुर्याए। प्रतियोगिताको प्रविधि पक्षलाई बलियो बनाउने उद्देश्यले, कोलकाताबाट आएको प्रतिष्ठित टाइमकिपिङ एजेन्सी टाइमकिप्पर- लाई औपचारिक टाइमिंग पार्टनर-को रूपमा राखिएको छ भने दौडमा चिप-टाइमिङ सिस्टम र डिजिटल नतिजा उपलब्ध गराइनेछ। यस म्याराथनमा सहभागी हुन चाहनेहरूका लागि अनलाइन दर्ता खुला भइसकेको अनि यस वर्षको नारा लतलाई होइन खेलकुदलाई हो, जसले म्याराथनलाई केवल स्वास्थ्यको उत्सव नभई समाज रूपान्तरणको सन्देश पनि बनाउनेछ राईले बताएका छन्।

इनिगो किक् बक्सिङमा खरसाङका खेलाड़ीहरूले 8 स्वर्ण पदक जिते
खरसाङ, (निसं): इनिगो किक् बक्सिङ च्यालेञ्ज कपमा खरसाङका किक् बक्सरहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्। यस प्रतियोगितामा खेलाड़ीहरूले 8 स्वर्ण, 6 रजत अनि 7 काँस्य पदक जितेका छन्। खरसाङ किक् बस्किङ

विश्व स्ट्रेन्थलिफ्टिङमा चन्द्रकला सुब्बाले 2 स्वर्ण पदक जितिन्
थाइल्याण्डमा भएको विश्व स्ट्रेन्थलिफ्टिङ च्याम्पियनसिपमा सिक्किमकी चन्द्रकला सुब्बाले भारतलाई दोहोरो स्वर्ण पदक दिलाइन्। सुब्बाले हालै थाइल्याण्डको पटायामा आयोजित १२ औं विश्व स्ट्रेन्थलिफ्टिङ र इनक्लाइन बेन्च प्रेस च्याम्पियनसिपमा दुई स्वर्ण पदक

मानसुन टुरिज्म फेस्टिवल 25 किलोमिटर म्याराथनको 10 अगस्तमा
दार्जीलिङ,31 अगस्त (निसं): डुवर्स मानसुन टुरिज्म फेस्टिवल-2025-मा हुने 25 किलोमिटर म्याराथनको समन्वय गर्ने जिम्मेवारी विक्रम राई र विक-रन फाउण्डेसनलाई दिएको छ। लतलाई होइन खेलकुदलाई हो- भन्ने मुलमन्त्रको साथमा सीआईआई नर्थ बेङ्गाल, वाईआई एसीटी तथा फालाकाटा टाउन क्लब-द्वारा संयुक्त रूपमा आयोजना हुने डुवर्स मानसुन टुरिज्म फेस्टिवल-25 को आयोजक समितिले 25 किलोमिटर

इनिगो किक् बक्सिङमा खरसाङका खेलाड़ीहरूले 8 स्वर्ण पदक जिते
खरसाङ, (निसं): इनिगो किक् बक्सिङ च्यालेञ्ज कपमा खरसाङका किक् बक्सरहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्। यस प्रतियोगितामा खेलाड़ीहरूले 8 स्वर्ण, 6 रजत अनि 7 काँस्य पदक जितेका छन्। खरसाङ किक् बस्किङ एसोसिएशनका महासचिव विजय राउतले जानकारी दिए अनुसार किक् बक्सिङ्को यो प्रतियोगिता 27 जुलाईको दिन दार्जीलिङ्को सन्त जोसेफ तथा नर्थ पोइन्टमा

विश्व स्ट्रेन्थलिफ्टिङमा चन्द्रकला सुब्बाले 2 स्वर्ण पदक जितिन्
थाइल्याण्डमा भएको विश्व स्ट्रेन्थलिफ्टिङ च्याम्पियनसिपमा सिक्किमकी चन्द्रकला सुब्बाले भारतलाई दोहोरो स्वर्ण पदक दिलाइन्। सुब्बाले हालै थाइल्याण्डको पटायामा आयोजित १२ औं विश्व स्ट्रेन्थलिफ्टिङ र इनक्लाइन बेन्च प्रेस च्याम्पियनसिपमा दुई स्वर्ण पदक जितेर राज्य र राष्ट्रको गौरव बढाएकी छिन्। अन्तर्राष्ट्रिय स्तरमा भारतको प्रतिनिधित्व गर्दै, चन्द्रकलाले उत्कृष्ट प्रदर्शन गर्दै ४२.५ किलोग्राम उठाएर इनक्लाइन
●खेलको मुख्य झलक र खेल विश्लेषण
अभिषेक शतक
मुम्बई जीती
नारिन लाख्नो के खिलाफ
मुम्बई केकेर के खिलाफ
साई सुदर्शन
