मानसुन टुरिज्म फेस्टिवल 25  किलोमिटर म्याराथनको 10 अगस्तमा

Share this news

दार्जीलिङ,31 अगस्त (निसं):  डुवर्स मानसुन टुरिज्म फेस्टिवल-2025-मा हुने 25  किलोमिटर म्याराथनको समन्वय गर्ने जिम्मेवारी विक्रम राई र विक-रन फाउण्डेसनलाई दिएको छ।
लतलाई होइन खेलकुदलाई हो- भन्ने मुलमन्त्रको साथमा सीआईआई नर्थ बेङ्गाल, वाईआई एसीटी तथा फालाकाटा टाउन क्लब-द्वारा संयुक्त रूपमा आयोजना हुने डुवर्स मानसुन टुरिज्म फेस्टिवल-25 को आयोजक समितिले 25 किलोमिटर म्याराथन-को नेतृत्व र समन्वयको औपचारिक जिम्मेवारी विक-रन फाउण्डेसन दार्जीलिङका संस्थापक विक्रम राईलाई दिइएको छ।
गत वर्षको सफल शुरुवात पश्चात्, यसपटकको दोस्रो संस्करण अझ भव्य तथा व्यापक सहभागिताको साथमा हुने बताइएको छ भने यो कार्यक्रम सीआईआई नर्थ बेङ्गाल, वाईआई, एसीटी, फालाकाटा टाउन क्लब-द्वारा संयुक्त रूपमा आयोजना गरिएको हो। जो अलीपुरद्वार जिल्ला प्रशासनको पुर्ण समर्थनमा सम्पन्न हुनेछ। प्रतिस्पर्धा आगामी 10 अगस्टमा हुने तय गरिएको छ, जसमा 25के, 10क्र र 5के तीन वर्गमा समावेश छ। यसै क्रममा विक्रम राई तथा उनको टोलीले बिहिबार फालाकाटा पुगेर मदारीहाटदेखि फालाकाटा टाउन क्लब-सम्मको 25 किलोमिटर दौडको रुट म्यापिङ तथा स्थलगत निरीक्षण गरे। उनले, आयोजकप्रति आभार व्यक्त गर्दै, खेलकुदमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्यमा आफू सधैं समर्पित रहेको बताए। यसका साथै यस्तो महत्त्वपूर्ण जिम्मेवारी पाउनु आफैंमा गर्वको विषय रहेको तथा डुवर्सको हरियाली र मानसुनको सौन्दर्यले यो म्याराथनलाई अविस्मरणीय बनाउने राईले बताए। निरीक्षणको क्रममा उनीसँगै मनोज गुरुङ, मोहनिश लामा र आकिब खान समेत सहभागी थियो, जसले रूट प्लानिङ, जलपान बिन्दु, सुरक्षास्थल र साइनबोर्डको व्यवस्थापनमा सहयोग पुर्‍याए।
प्रतियोगिताको प्रविधि पक्षलाई बलियो बनाउने उद्देश्यले, कोलकाताबाट आएको प्रतिष्ठित टाइमकिपिङ एजेन्सी टाइमकिप्पर- लाई औपचारिक टाइमिंग पार्टनर-को रूपमा राखिएको छ भने दौडमा चिप-टाइमिङ सिस्टम र डिजिटल नतिजा उपलब्ध गराइनेछ। यस म्याराथनमा सहभागी हुन चाहनेहरूका लागि अनलाइन दर्ता खुला भइसकेको अनि यस वर्षको नारा लतलाई होइन खेलकुदलाई हो, जसले म्याराथनलाई केवल स्वास्थ्यको उत्सव नभई समाज रूपान्तरणको सन्देश पनि बनाउनेछ राईले बताएका छन्।

Share this news
आजको रोजाइ
प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आजको रोजाइ