
●खेलकुद
आई पी एल २०२५

स्कोर र मुख्य समाचार
● खेलकुद समाचार

माइल पन्ध्रसेरे खेल मैदानमा खुल्ला फूटबल प्रतियोगिता शुरू

एसआर एफसी रेलिङ च्याम्पियन्स ट्रफीको दोस्रो चरणमा

सुरभि परिवारको रजत जयन्तीको अवसरमा किड्स म्याराथनको आयोजना

माइल पन्ध्रसेरे खेल मैदानमा खुल्ला फूटबल प्रतियोगिता शुरू
माइल पन्ध्रसेरे खेल मैदानमा खुल्ला फूटबल प्रतियोगिता शुरू भएकाे छ। जसकाे भब्य उद्धघाटन रङ्गारङ्ग कार्यक्रमकाे साथमा गरियाे। आयाेजक समितिका अध्यक्ष जनक खडकाकाे अध्यक्षता अनि ओकेटी चियाकमानका मूल प्रबन्धक पंकज चाैबेकाे मुख्य आथित्यमा सम्पन्न उद्धघाटन कार्यक्रममा अतिथिहरू चियाकमानका भीए सुधन गुरूङ, जेष्ठ नागरिकहरू एसके राई, राजु राई, आरबी बम्जन, मिरिक पन्चायत समितिका सदस्यहरू रजिना घले गुरूङ, समीर राई, आशिषता राई, जीटीएका जनसम्पर्क अधिकारी विवेक गाेले, ग्राम सदस्य सुजता राई, सपन भण्डारी आदि उपस्थित थिए। श्रीमती अम्बिका थापाले संचालन गरेकाे उद्धघाटन समाराेहमा भाेइस अफ नेपाल किटर्सका प्रतियाेगी मिनछामा राई, अम्मुइनी हास्य टेली श्रृङखलाका कलाकार आहाना गुरूङ लगायत स्थानीय कलाकारहरूले गीत अनि नृत्य प्रस्तुत गरे। प्रतियोगिताको पहिलाे खेल नेपाल फिक्कल फूटबल दल बनाम हाेक्से युथ क्लब, झापामाझ राेमान्चक भयाे। जसमा शुन्यकाे विरूद्ध पाँच गाेल गरि नेेपाल बुधबार फूटबल दल बिजय बनेर अघिल्लो चरणमा प्रवेश गरेकाे छ। भारत अनि नेपालका नामी दामी माेठ तीसवटा फूटबल दलले भाग लिएकाे उक्त प्रतियोगितामा विजय बन्ने दललाई आकर्षक ट्रफीकाे साथमा दुई लाख रूपियाँ अनि पराजित दललाई आकर्षक ट्रफीकाे साथमा एक लाख रूपियाँ पुरस्कार प्रदान गरिने आयाेजक समितिका अध्यक्ष जनक खड्का, सचिव साेबन तामाङ, सह सचिव संगीत थापा अनि उपाध्यक्ष याेगेस गाेलेले बताए। आयाेजकहरूले उद्धघाटनी खेल फिक्कल फूटबल दल बनाम हाेक्से युथ क्लब, झापा माझ राेमान्चक भएकाे जानकारी गराँउदै प्रत्येक दिन नै खेल सम्पन्न हुने जसलाई हेर्नकाे लागि बीस रूपियाँकाे दैनिक टिकट लाग्ने बताए। युवा वर्गलाई ड्रग्स जस्ताे हानिकारक पदार्थबाट जाेगाएर उचित मार्ग निर्देशन गरि असल समाजकाे निर्माण गर्न साथै फूटबल खेलाडीहरूलाई प्राेत्सहान प्रदान गर्न उक्त प्रतियोगिताको आयाेजना गरिएकाे आयाेजकहरूले बताए। आयाेजकहरूले सम्पूर्ण फूटबल प्रेमीहरूलाई खेल मैदानमा आएर खेलकाे मनाेरन्जन लिइदिने अनुराेध गर्दै सबैकाे साथ र सहयाेगले नै प्रतियोगिता सफल बन्ने बताए।

एसआर एफसी रेलिङ च्याम्पियन्स ट्रफीको दोस्रो चरणमा
रेलिङ,1 जनवरी (निसं):एसआर एफसी रेलिङ च्याम्पियन्स ट्रफीको दोस्रो चरणमा प्रवेश गरेको छ। रेलिङ युनाइटेड एसोसिएशनको सभापति सन्तोष गुरूङको अध्यक्ष्यतामा सम्पन्न खेलको प्रमुख अतिथि प्रहरी प्रमुख डीआईबी दार्जीलिङ इन्सपेक्टर भुषण छेत्री,

सुरभि परिवारको रजत जयन्तीको अवसरमा किड्स म्याराथनको आयोजना
खरसाङ, (हनोक): खरसाङको वार्ड नम्बर 10 बुद्ध ग्राममा रहेको सुरभि परिवारको रजत जयन्तीको अवसरमा आज किड्स म्याराथनको आयोजना गरियो। सुरभि परिवार र जीटीएको सहयोगमा आयोजित उक्त म्याराथन कार्यक्रममा प्रमुख अतिथिको

माइल पन्ध्रसेरे खेल मैदानमा खुल्ला फूटबल प्रतियोगिता शुरू
माइल पन्ध्रसेरे खेल मैदानमा खुल्ला फूटबल प्रतियोगिता शुरू भएकाे छ। जसकाे भब्य उद्धघाटन रङ्गारङ्ग कार्यक्रमकाे साथमा गरियाे। आयाेजक समितिका अध्यक्ष जनक खडकाकाे अध्यक्षता अनि ओकेटी चियाकमानका मूल प्रबन्धक पंकज चाैबेकाे मुख्य आथित्यमा सम्पन्न उद्धघाटन कार्यक्रममा अतिथिहरू चियाकमानका भीए सुधन गुरूङ, जेष्ठ नागरिकहरू एसके राई, राजु राई, आरबी बम्जन, मिरिक पन्चायत

एसआर एफसी रेलिङ च्याम्पियन्स ट्रफीको दोस्रो चरणमा
रेलिङ,1 जनवरी (निसं):एसआर एफसी रेलिङ च्याम्पियन्स ट्रफीको दोस्रो चरणमा प्रवेश गरेको छ। रेलिङ युनाइटेड एसोसिएशनको सभापति सन्तोष गुरूङको अध्यक्ष्यतामा सम्पन्न खेलको प्रमुख अतिथि प्रहरी प्रमुख डीआईबी दार्जीलिङ इन्सपेक्टर भुषण छेत्री, विशिष्ठ अतिथिहरूमा उपप्रमुख डीआईबी दार्जीलिङ एरोन छेत्री ,दार्जीलिङ जिल्ला केन्द्रीय सहकारी ब्याङ्क लिमिटेडका अध्यक्ष केशवराज पोखरेल लगायत अन्यहरूको उपस्थितिमा सम्पन्न

सुरभि परिवारको रजत जयन्तीको अवसरमा किड्स म्याराथनको आयोजना
खरसाङ, (हनोक): खरसाङको वार्ड नम्बर 10 बुद्ध ग्राममा रहेको सुरभि परिवारको रजत जयन्तीको अवसरमा आज किड्स म्याराथनको आयोजना गरियो। सुरभि परिवार र जीटीएको सहयोगमा आयोजित उक्त म्याराथन कार्यक्रममा प्रमुख अतिथिको रुपमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापा उपस्थित रहेका थिए। केटा र केटीहरू गरेर चारवटा वर्गमा आयोजित उक्त म्याराथन
●खेलको मुख्य झलक र खेल विश्लेषण
अभिषेक शतक
मुम्बई जीती
नारिन लाख्नो के खिलाफ
मुम्बई केकेर के खिलाफ
साई सुदर्शन
