एसआर एफसी रेलिङ च्याम्पियन्स ट्रफीको दोस्रो चरणमा 

Share this news

 रेलिङ,1 जनवरी (निसं):एसआर एफसी रेलिङ च्याम्पियन्स ट्रफीको दोस्रो चरणमा प्रवेश गरेको छ।
रेलिङ युनाइटेड एसोसिएशनको सभापति सन्तोष गुरूङको अध्यक्ष्यतामा सम्पन्न खेलको प्रमुख अतिथि प्रहरी प्रमुख डीआईबी दार्जीलिङ इन्सपेक्टर भुषण छेत्री, विशिष्ठ अतिथिहरूमा उपप्रमुख डीआईबी दार्जीलिङ एरोन छेत्री ,दार्जीलिङ जिल्ला केन्द्रीय सहकारी ब्याङ्क लिमिटेडका अध्यक्ष केशवराज पोखरेल लगायत अन्यहरूको उपस्थितिमा सम्पन्न रेलिङ च्याम्पियन्स ट्रफीको सुरूवाती खेल आयुष एफसी सिलगढी बनाम एसआर एफसीको माझमा भएको भिडन्तमा 1 को विरूद्ध 5 गोल गरेर एसआर एफसी सुके सिमाना क्वार्टर फाइनलमा प्रवेश गरेको छ भने आजको प्लेयर्स अफ द म्याच प्रितम लेप्चा एसआर एफसीका खेलाडीलाई प्रदान गरियो। विभिन्न रंगारंग कार्यक्रमको साथमा सम्पन्न खेलको मनोरञ्जन लिन दर्शकहरूको बाक्लो उपस्थितिमा सम्पन्न खेलको विशिष्ट अतिथिहरू रेलिङ दङ्गे ग्राम पञ्चायत कृषि उन्नयन सहकारी समितिका अध्यक्ष काजीमान गुरूङ, रेलिङ ग्राम पञ्चायतका प्रधान सारिका राई,पञ्चायत समिति सदस्याद्वय अनुपा राई, लक्ष्यन्दा सुब्बा आदि।
 रेलिङ च्याम्पियन्स ट्रफीको छैटौं संस्कारणमा उत्कृष्ट खेलाडीहरूले भरिएका दलहरू दार्जीलिङ, सिक्किम, कालेबुङ, सिलगढी अनि छिमेकी राष्ट्र नेपालसंगै क्षेत्रिय दल मिलाएर 16 वटा दलहरूले सहभागीता जनाएका रेलिङ च्याम्पियन्स ट्रफी प्रतियोगिताको फाइनल खेल आगामी 25 जनवरीको दिन विभिन्न रंगारंग कार्यक्रमको साथमा आयोजना गरिने उक्त प्रतियोगिताको विजेता दललाई आकर्षक ट्रफी सहित नगद 3 लाख अनि उपविजेता दललाई ट्रफी सहित नगद 2 लाखको पुरस्कार प्रदान गरिने सुरूवाती खेलको निर्णायकहरूमा मुख्य निर्णायक रेश्मी क्षेत्री सहयोगी बन्दना लिम्बु, बिर्मान मुखिया एसिस्टेन रेफ्री टिलक राई रहेको थियो।

Share this news
आजको रोजाइ
रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

आजको रोजाइ