सुरभि परिवारको रजत जयन्तीको अवसरमा किड्स म्याराथनको आयोजना

Share this news

खरसाङ, (हनोक): खरसाङको वार्ड नम्बर 10 बुद्ध ग्राममा रहेको सुरभि परिवारको रजत जयन्तीको अवसरमा आज किड्स म्याराथनको आयोजना गरियो। सुरभि परिवार र जीटीएको सहयोगमा आयोजित उक्त म्याराथन कार्यक्रममा प्रमुख अतिथिको रुपमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापा उपस्थित रहेका थिए।

केटा र केटीहरू गरेर चारवटा वर्गमा आयोजित उक्त म्याराथन खरसाङको मन्टिभियट खेल मैदानबाट शुरु गरिएको थियो। यस म्याराथनलाई जीटीए प्रमुख अनित थापाको विशेष उपस्थितिमा क्षेत्रीय सभासद श्याम शेर्पा, खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधान, नारी शक्तिका खरसाङ महकुमा समिति सभापति सबिता कार्की, 28 नम्बर समष्टिको सभापति सुष्मा मुखिया, पूर्व पार्षदिका डोल्मा जिम्बा, सुरभि परिवारको सभापति रिता प्रधान आदिको बाहुलीबाट झण्डा देखाएर शुरु गरिएको थियो। यस अवसरमा खरसाङ महकुमा खेलकूद संघका सचिव निर्मल गुरुङ, खरसाङ स्टेडियम निर्माण समितिका सभापति छिरिङ खाईबा, उपाध्यक्ष सञ्जय छेत्री लगायत अन्यहरु पनि उपस्थित रहेका थिए। यस किड्स म्याराथनमा खरसाङ क्षेत्रका नानीहरुले उत्साहजनक सहभागिता जनाएका थिए।

उक्त म्याराथन अन्तर्गत 9 देखि 12 वर्ष उमेर समूहका बाल-बालिकाहरुलाई मन्टिभियट खेल मैदानबाट शुरु गरेर बाईपास रोड हुँदै पंखाबारी रोड भएर मोटर स्ट्याण्ड हुँदै पार्क लोकेशनबाट पुनः मन्टिभियट खेल मैदानसम्म 3 किलोमिटरको दौढ़ सम्पन्न गरिएको थियो भने 6 देखि 9 वर्षसम्मको बाल-बालिकाहरुलाई बाइपास रोडसम्म पुगेर मन्टिभियट खेल मैदानसम्म आयोजना गरिएको थियो। यस म्याराथनमा चारवटै वर्गमा प्रथम, दोस्रो र तेस्रो हुने बाल-बालिकालाई क्रमैले 5 हजार, 3 हजार र 2 हजार रुपियाँसहित मेडल, प्रमाण पत्र र टिसर्ट प्रदान गरियो। त्यसरी नै फिनिसिङ लाइनसम्म पुग्ने बाल-बालिकाहरुलाई मेडल , प्रमाण पत्र र टि सर्ट प्रदान गरिएको छ।

6 देखि 9 वर्षसम्मको बालिकाहरुको समूहमा प्रथम दिया थामी, दोस्रो दिव्यान्सी राई, तेस्रो रिद्धी तामाङ चयन भएका छन्‌‍। त्यसरी नै 6 देखि 9 वर्षसम्मको बालकहरुको समूहमा प्रथम टेरेन्स मोक्तान, दोस्रो कर्म वाङ्गेल तामाङ र तेस्रो एलेक्स थापा भएका छन्‌‍। यस क्रममा 9 देखि 12 वर्ष उमेर समूहको बालिकाहरुमा प्रथम सुहाना बानु, दोस्रो दिव्या आकांक्षा अधिकारी र तेस्रो स्वैपा साङ्मु तामाङ अनि बालकहरुको 10 देखि 12 वर्षको उमेर समूहमा कुशल राई, दोस्रो सेवन राई र तेस्रो रावन्त खवास भएका छन्‌‍। यसै कार्यक्रममा जीटीएको प्रमुख कार्यपाल अनित थापा र क्षेत्रीय सभासद श्याम शेर्पालाई सुरभि परिवारको तर्फबाट सम्वर्द्धना जनाइयो।

खरसाङको वार्ड नम्बर 10 को बुद्ध ग्राममा रहेको सुरभि परिवारको रजत जयन्तीको अवसरमा आयोजित किड्स म्याराथन विषयमा पत्रकारहरुसित कुराकानी गर्दै सभासद श्याम शेर्पाले वार्ड नम्बर 10 बुद्ध ग्राममा रहेको सुरभि परिवारको रजत जयन्तीको अवसरमा जीटीए प्रमुख अनित थापाको सहयोगमा किड्स म्याराथनको आयोजना गरिएको बताउँदै यो म्याराथन चारवटा वर्गमा आयोजना गरिएको जानकारी गराएका छन्‌‍। उनले यस किड्स म्याराथनको उद्देश्य नानीहरुमा शारीरिक रुपमा स्वास्थ्य राख्नु साथै खेलकूदप्रति आकर्षित गराउनु रहेको बताएका छन्‌‍। उनले अहिले नानीहरुको विन्टरको छुट्टी भएको छ र नानीहरुलाई मोबाइल फोनदेखि टाडा राख्नु साथै शारीरिक रुपमा स्वास्थ्य राख्नु र खेलकूदप्रति आकर्षित गराउनु रहेको बताएका छन्‌‍। उनले यस किड्स म्याराथनमा खरसाङ क्षेत्रका नानीहरुले उत्साहजनक रुपमा सहभागिता जनाएको पनि बताएका छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ