खरसाङ,मिरिक र कालेबुङ नगरपालिका चुनाव झट्टै हुनुपर्ने मागमा भाजपाको डेपुटेशन

Share this news

दार्जीलिङ, 3 जूलाई(निसं): भाजपा(भारतीय जनता पार्टी) दार्जीलिङ जिल्लाको प्रतिनिधिहरु क्रमैले जिल्ला अध्यक्ष कल्याण देवान, महासचिव,राजु राई, कुमार चामलिङ, सुमन प्रधान, राजीब राई,सनम लामा,आरबी लामा, बिनय प्रसाद, अनुप राई अनि एमके जिम्बाको नेतृत्वमा दार्जीलिङ,खरसाङ र कालेबुङ महकुमा शासकहरुलाई बेग्लाबेग्लै हिसाबले भेटवार्ता गर्दै स्मारक पत्र चढाएको छ। प्रतिनिधिहरुले तीनवटै महकुमा अन्तर्गतका खरसाङ,मिरिक र कालेबुङ नगरपालिका चुनाव अविलम्ब गराउनुपर्ने माग राख्दै लामो समयसम्म प्रशासकको अधिकारमा नगरपालिकाहरु सञ्चालन गर्नु जनताको संवैधानिक अधिकारको हनन् भएको प्रतिवाद जनाइयो। ती तीनवटा नगरपालिकामा गत तीनवर्ष अघि नै चुनाव हुनुपर्ने थियो। तर टिएमसी सरकारले प्रशासकहरु नियुक्ति गरी नगरका जनताको अधिकारलाई उपेक्षा गरिरहेका छन्। प्रशाशक बोर्डले नगरको कुनै अहंम विषयमाथि निर्णय गर्ने अधिकार छेन। नगरपालिकाभित्रका जनता धेरै सरकारी सौलियतहरुदेखि बञ्चित छन्।नगरपालिका प्रशासकहरुले पक्षपात नीति चलाइरहेका छन्। जनताको चाहना बमोजिम सरकारले चाँडोभन्दा चाँडो थाँतीमा रहेको नगरपालिकाहरुका चुनाव गराउनुपर्छ। नगरवासी जनता पनि आफ्नो गणतान्त्रिक अधिकारको रक्षा गर्न सचेत बन्नुपर्छ। यही आह्वान भाजपाले गरेको भाजपा दार्जीलिङ जिल्ला समिति महासचिव सुजेन्द्र राईले जानकारी दिए।



Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न