आयुषको सिलगढीदेखी पैदल यात्रा महाकाल मन्दिरमा समापन 

Share this news

दार्जीलिङ,16 जुलाई(निसं): सिलगढीका युवा आयुष अधिकारीद्वारा गोरखनाथ सेना समुह विचारधाराको आरम्भ गर्दै गोर्खाल्याण्डको संवैधानिक मागलाई  पुन: दोहोर्‍याएको कुरा बताउँदै उनले समतलको सिलगढीको दार्जीलिङ मोडबाट दार्जीलिङ पहाडमा स्थित महाकाल मन्दिरसम्म लगभग 78 किलोमिटरको दुइदिनको पदयात्रा गर्दै  महाकाल मन्दिरमा पुगेर पैदल यात्रा समापन गरे। यस यात्रामा उनीसित भएका सहभागीहरूले यो यात्रा एकता, अनुशासन तथा शान्तिपूर्ण र लोकतान्त्रिक आन्दोलनप्रतिको प्रतिबद्धताको प्रतीक भएको बताएका छन्।
पैदल यात्रीहरुको भनाइ अनुसार, यस पैदल यात्रा विचारधाराको औपचारिक शुभारम्भ केशरिया आन्दोलनको क्रममा गरिएको थियो। उक्त पदयात्रामा आयुष अधिकारी, सन्दीप गोर्खा प्रधान, कल्पना छेत्री प्रधान, बिमल छेत्री, प्रशान्त गुरुङ, शिवम लगायत अन्य सहभागी थिए।
गत 14 जुलाईको दिन गोरखनाथ सेना नामक नयाँ सामाजिक अनि राजनीतिक विचारधाराको आरम्भ गर्दै गोर्खा समुदायको चिन्हारीको संरक्षण तथा भारतको सार्वभौम संघभित्र छुट्टै गोर्खाल्याण्ड राज्यको शान्तिपूर्ण, लोकतान्त्रिक र संवैधानिक प्राप्तिका लागि समर्पित वैचारिक अभियान भएको गोर्खा युवा नेता आयुष अधिकारीले बताएका छन्।
दार्जीलिङ आइपुगे पछि आयुष अधिकारीले भने, दशकौदेखि गोर्खा समुदायले स्थायी राजनीतिक समाधानका लागि संवैधानिक, लोकतान्त्रिक र कूटनीतिक बाटो अपनाउँदै आइरहेकोछ। गोरखनाथ सेना विश्वास, अनुशासन, एकता र सेवामा आधारित नयाँ वैचारिक जागरण हो। हामी गुरु गोरखनाथको आशीर्वाद प्राप्त गर्दै शान्तिपूर्ण, लोकतान्त्रिक र संवैधानिक माध्यमबाट गोर्खाल्याण्डको आन्दोलनलाई निरन्तर अघि बढाउनेछौँ।
उनले, गोरखनाथ सेना कुनै राजनीतिक दल वा सशस्त्र संगठन नभई वैचारिक आन्दोलन भएको स्पष्ट पार्दै यसले लोकतन्त्र, अहिंसा, संवैधानिक मूल्य तथा कानुनको शासनमा पूर्ण विश्वास राख्ने बताए। उनले गोर्खा युवाहरूलाई शान्तिपूर्ण र संवैधानिक माध्यमबाट न्याय, सम्मान र गोर्खा समुदायका आकांक्षाका लागि एकजुट हुन आह्वान गरे।

Share this news
आजको रोजाइ
प्रधान,उपप्रधान अन्यले भाजपामा सामेल

प्रधान,उपप्रधान अन्यले भाजपामा सामेल

सफलतामा सिभिक भोलिन्टियर धाविका प्रतिभा राई 

सफलतामा सिभिक भोलिन्टियर धाविका प्रतिभा राई 

विधायक नोमन राईको बीडीओ-सित शिष्टाचार भेट

विधायक नोमन राईको बीडीओ-सित शिष्टाचार भेट

अनुसन्धान आयोगलाई टाउन कमिटीद्वारा स्वागत 

अनुसन्धान आयोगलाई टाउन कमिटीद्वारा स्वागत 

अमर सुब्बाले दरापदेखि सिलगडीसम्म स्वास्थ्य जागरूकता दौड गर्ने

अमर सुब्बाले दरापदेखि सिलगडीसम्म स्वास्थ्य जागरूकता दौड गर्ने

फरेष्ट अफ माई लाइफ बस अनि चित्र बनाउन कार्यक्रम 

फरेष्ट अफ माई लाइफ बस अनि चित्र बनाउन कार्यक्रम 

सोनम वाङचुकको समर्थनमा फिल्म स्टारहरू बाहिर निस्केका छन्

सोनम वाङचुकको समर्थनमा फिल्म स्टारहरू बाहिर निस्केका छन्

पेट्रोलमा २०% इथेनल मिसाउने विरोधबीच, सरकारले २५% बनाउने ?

पेट्रोलमा २०% इथेनल मिसाउने विरोधबीच, सरकारले २५% बनाउने ?

ट्रष्ट साहित्य पुरस्कार वेदिका, पी लक्की, अर्जुन अनि रुबेनलाई 

ट्रष्ट साहित्य पुरस्कार वेदिका, पी लक्की, अर्जुन अनि रुबेनलाई 

शिक्षामन्त्री सस्मित पोखरेलसँग जापानी राजदूत मायदा तोरुको भेटवार्ता

शिक्षामन्त्री सस्मित पोखरेलसँग जापानी राजदूत मायदा तोरुको भेटवार्ता