तीनधारे, (निसं)ः गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापाको तर्फबाट ख्रीष्ट येशूको जन्मोत्सव क्रिसमसको अवसरमा तीनधारे महानदी समष्टिका विभिन्न चर्चहरुमा क्रिसमसको केक वितरण गरिएको छ। जीटीए प्रमुख अनित थापाद्वारा प्रदान गरिएको केक तीनधारे महानदी समष्टिको विभिन्न स्थानहरुमा रहेको चर्चहरुमा वितरण गरिएको छ। यस क्रममा महानदी, घुम्ती कमान, जंगपाना, सिविटार, घैयाबारी, कालीमाट्टी, जोगमाया, तीनधारे, नयाँ कमान, दुई नम्बर, सिपाहीधुरा, नरबुङ, मालुटार आदि क्षेत्रमा रहेका चर्चहरुमा केक वितरण गरिएको छ। उक्त क्रिसमस केकहरु भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सभापति राजीव थापाको अगुवाईमा सबै चर्चहरुमा वितरण गरिएको छ। उक्त केकसहित थापाद्वारा क्रिसमसको शुभकामना व्यक्त गरिएको छ। उक्त केक प्राप्तिपछि विभिन्न चर्चका पास्टर र अगुवाहरुले क्रिसमसको अवसरमा प्रार्थना पनि गरिदिएका थिए।








