अजय देवगणको ‘धमाल ४’: डुबायो कमजोर हास्य र अत्यधिक सीजीआईले

Share this news

बलिउड अभिनेता अजय देवगण अभिनीत बहुप्रतीक्षित कमेडी फिल्म ‘धमाल ४’ ले दर्शकमाझ ठूलो अपेक्षा बोकेर प्रदर्शनमा आए पनि समीक्षकहरूबाट मिश्रितदेखि नकारात्मक प्रतिक्रिया पाएको छ। द इन्डियन एक्सप्रेस ले फिल्मको समीक्षा गर्दै कमजोर कथा, फितलो हास्य, अत्यधिक कम्प्युटर ग्राफिक्स (सीजीआई) र दोहोरिने शैलीका कारण फिल्मले दर्शकलाई हँसाउन असफल भएको उल्लेख गरेको छ। निर्देशक इन्द्र कुमारले पुरानै ‘धमाल’ शैलीलाई नयाँ रूपमा प्रस्तुत गर्ने प्रयास गरे पनि पटकथा कमजोर बनेको समीक्षामा उल्लेख छ। फिल्ममा हास्य सिर्जना गर्न पुराना जोक्स, अतिरञ्जित एक्सन दृश्य र अत्यधिक सीजीआई प्रयोग गरिएको छ, जसले कथालाई अझ कृत्रिम र अविश्वसनीय बनाएको टिप्पणी गरिएको छ। फिल्ममा अजय देवगण, अरशद वारसी, रितेश देशमुख, जावेद जाफरी, सञ्जय मिश्रा र रवि किशनलगायत कलाकारको अभिनय रहे पनि बलियो पटकथा र प्रभावशाली संवादको अभावले उनीहरूको क्षमता पूर्ण रूपमा प्रयोग हुन नसकेको समीक्षकको भनाइ छ। विशेषगरी रवि किशनले निर्वाह गरेको पात्र केही हदसम्म मनोरञ्जनात्मक देखिए पनि समग्र फिल्मलाई उकास्न पर्याप्त नभएको उल्लेख गरिएको छ।समीक्षाअनुसार फिल्मको कथा खजाना खोज्ने पुरानै सूत्रमा आधारित छ, जसमा पात्रहरू लगातार अविश्वसनीय परिस्थिति र दृश्यमा फस्छन्। तर हास्य सिर्जना गर्ने उद्देश्यले राखिएका अधिकांश दृश्य जबर्जस्ती जस्तो लाग्ने र दर्शकलाई स्वाभाविक रूपमा हँसाउन नसक्ने बताइएको छ। यद्यपि सामाजिक सञ्जालमा भने फिल्मले मिश्रित प्रतिक्रिया पाएको छ। केही दर्शकले पुरानो ‘धमाल’को सम्झना दिलाउने भन्दै मनोरञ्जनात्मक मानेका छन् भने धेरैले कमजोर लेखाइ, फितलो कमेडी र अनावश्यक दृश्य प्रभावको आलोचना गरेका छन्।  ‘धमाल ४’ को पोस्ट–क्रेडिट दृश्यमार्फत ‘धमाल ५’ निर्माण हुने संकेतसमेत दिइएको छ। यद्यपि चौथो श्रृंखलाप्रति आएको मिश्रित प्रतिक्रियाका कारण आगामी सिक्वेलले दर्शकको विश्वास पुनः जित्न कथा र प्रस्तुतीकरणमा उल्लेखनीय सुधार गर्नुपर्ने विश्लेषण गरिएको छ।

Share this news
आजको रोजाइ
चेक बाउन्स मुद्दामा अभिनेता राजपाल यादवलाई झट्का, 3 महिने जेल सजाय कायम

चेक बाउन्स मुद्दामा अभिनेता राजपाल यादवलाई झट्का, 3 महिने जेल सजाय कायम

अजय देवगणको ‘धमाल ४’: डुबायो कमजोर हास्य र अत्यधिक सीजीआईले

अजय देवगणको ‘धमाल ४’: डुबायो कमजोर हास्य र अत्यधिक सीजीआईले

कालिम्पोङमा क्लुनी सिस्टरहरको आगमनको शताब्दी कार्यक्रम सम्पन्न

कालिम्पोङमा क्लुनी सिस्टरहरको आगमनको शताब्दी कार्यक्रम सम्पन्न

स्पेनमा भीषण डढेलो: कारमै जलेर ४को मृत्यु, पैदल भाग्दा ७ जनाले गुमाए ज्यान

हर्मुजमा जहाजमाथि आक्रमण रोक्न अमेरिकाको इरानलाई प्रतिबद्धता जनाउन दबाब

हर्मुजमा जहाजमाथि आक्रमण रोक्न अमेरिकाको इरानलाई प्रतिबद्धता जनाउन दबाब

निरन्तर टी-२० हारपछि भारतीय टोलीको प्रदर्शनबारे बीसीसीआईले गर्ने विस्तृत समीक्षा

निरन्तर टी-२० हारपछि भारतीय टोलीको प्रदर्शनबारे बीसीसीआईले गर्ने विस्तृत समीक्षा

गोपनीयतामाथिको चिन्ताबीच मेटाको एआई स्मार्ट चस्मा सुरक्षामा सुधार

गोपनीयतामाथिको चिन्ताबीच मेटाको एआई स्मार्ट चस्मा सुरक्षामा सुधार

विद्यालयको ७५ वर्षको उत्सवको बारेमा छलफल गर्न बैठक आयोजना

विद्यालयको ७५ वर्षको उत्सवको बारेमा छलफल गर्न बैठक आयोजना

प्रधानन्यायाधीशको विरोध प्रदर्शनमा सोनम वाङचुकको स्वास्थ्य बिग्रँदै

प्रधानन्यायाधीशको विरोध प्रदर्शनमा सोनम वाङचुकको स्वास्थ्य बिग्रँदै

लङ्भ्यु चियाबारीका अनशनरत श्रमिकसँग एचपीडब्ल्यु नेतृत्वको भेट

लङ्भ्यु चियाबारीका अनशनरत श्रमिकसँग एचपीडब्ल्यु नेतृत्वको भेट

आजको रोजाइ