चेक बाउन्स मुद्दामा अभिनेता राजपाल यादवलाई झट्का, 3 महिने जेल सजाय कायम

Share this news

चेक बाउन्स मुद्दामा अभिनेता राजपाल यादवलाई झट्का, दिल्ली उच्च अदालतद्वारा तीन महिनाको जेल सजाय कायम बलिउड अभिनेता राजपाल यादवलाई चेक बाउन्ससम्बन्धी सातवटा मुद्दामा दोषी ठहर गर्दै दिल्ली उच्च अदालतले तीन महिनाको साधारण कैद सजाय कायम राखेको छ। न्यायाधीश स्वराणा कान्ता शर्माको इजलासले ट्रायल अदालत र सत्र अदालतको फैसला सदर गर्दै यादवले दायर गरेका पुनरावेदन निवेदनहरू खारेज गरेको हो। अदालतले सातवटै मुद्दामा तीन–तीन महिनाको सजाय सुनाए पनि सबै सजाय एकैसाथ (Concurrent) चल्ने आदेश दिएको छ। साथै, राजपाल यादवलाई प्रत्येक मुद्दामा उजुरीकर्तालाई करिब १ करोड ५ लाख रुपैयाँ क्षतिपूर्ति तिर्न र राज्यलाई २५ हजार रुपैयाँ जरिवाना बुझाउन पनि आदेश दिएको छ। यसअघि उनले बुझाइसकेको करिब २.२५ करोड रुपैयाँ अन्तिम रकममा समायोजन गरिने अदालतले स्पष्ट पारेको छ। यो मुद्दा सन् २०१० मा राजपाल यादवले आफ्नो निर्देशनमा बनेको फिल्म ‘अता पता लापता’ निर्माणका लागि लिएको ऋणसँग सम्बन्धित हो। ऋण तिर्नका लागि जारी गरिएका चेकहरू बैंकबाट अस्वीकृत भएपछि उनीविरुद्ध नेगोसिएबल इन्स्ट्रुमेन्ट्स ऐन अन्तर्गत चेक बाउन्सका मुद्दा दायर भएका थिए। समयमै रकम भुक्तानी नगर्दा ब्याज र अन्य शुल्क थपिँदै बक्यौता रकम झन्डै ९ करोड रुपैयाँ पुगेको बताइएको छ।अदालतले यादवलाई पटक–पटक भुक्तानी गर्ने अवसर दिइएको भए पनि उनले आफ्नो प्रतिबद्धता पूरा गर्न असफल भएको उल्लेख गरेको छ। फैसलामा अदालतले “कानुन कुनै अभिनेताको इच्छाअनुसार फेरबदल गर्न मिल्ने चलचित्रको स्क्रिप्ट होइन” भन्दै न्यायिक आदेशको पालना गर्नुपर्नेमा जोड दिएको छ।  यसैबीच, अदालतले यादवलाई माथिल्लो अदालतमा अपिल गर्ने अवसर दिन सजाय कार्यान्वयनमा दुई महिनाको समय दिएको छ। यदि निर्धारित अवधिभित्र अपिल दर्ता गरिएन भने अदालतको आदेशअनुसार तीन महिनाको कैद सजाय कार्यान्वयन हुनेछ।

Share this news
आजको रोजाइ
तेलंगानामा विभत्स हत्या: जमानतमा छुटेका आरोपीद्वारा ६ जना हत्या

तेलंगानामा विभत्स हत्या: जमानतमा छुटेका आरोपीद्वारा ६ जना हत्या

चेक बाउन्स मुद्दामा अभिनेता राजपाल यादवलाई झट्का, 3 महिने जेल सजाय कायम

चेक बाउन्स मुद्दामा अभिनेता राजपाल यादवलाई झट्का, 3 महिने जेल सजाय कायम

अजय देवगणको ‘धमाल ४’: डुबायो कमजोर हास्य र अत्यधिक सीजीआईले

अजय देवगणको ‘धमाल ४’: डुबायो कमजोर हास्य र अत्यधिक सीजीआईले

कालिम्पोङमा क्लुनी सिस्टरहरको आगमनको शताब्दी कार्यक्रम सम्पन्न

कालिम्पोङमा क्लुनी सिस्टरहरको आगमनको शताब्दी कार्यक्रम सम्पन्न

स्पेनमा भीषण डढेलो: कारमै जलेर ४को मृत्यु, पैदल भाग्दा ७ जनाले गुमाए ज्यान

हर्मुजमा जहाजमाथि आक्रमण रोक्न अमेरिकाको इरानलाई प्रतिबद्धता जनाउन दबाब

हर्मुजमा जहाजमाथि आक्रमण रोक्न अमेरिकाको इरानलाई प्रतिबद्धता जनाउन दबाब

निरन्तर टी-२० हारपछि भारतीय टोलीको प्रदर्शनबारे बीसीसीआईले गर्ने विस्तृत समीक्षा

निरन्तर टी-२० हारपछि भारतीय टोलीको प्रदर्शनबारे बीसीसीआईले गर्ने विस्तृत समीक्षा

गोपनीयतामाथिको चिन्ताबीच मेटाको एआई स्मार्ट चस्मा सुरक्षामा सुधार

गोपनीयतामाथिको चिन्ताबीच मेटाको एआई स्मार्ट चस्मा सुरक्षामा सुधार

विद्यालयको ७५ वर्षको उत्सवको बारेमा छलफल गर्न बैठक आयोजना

विद्यालयको ७५ वर्षको उत्सवको बारेमा छलफल गर्न बैठक आयोजना

प्रधानन्यायाधीशको विरोध प्रदर्शनमा सोनम वाङचुकको स्वास्थ्य बिग्रँदै

प्रधानन्यायाधीशको विरोध प्रदर्शनमा सोनम वाङचुकको स्वास्थ्य बिग्रँदै

आजको रोजाइ