कालिम्पोङमा क्लुनी सिस्टरहरको आगमनको शताब्दी कार्यक्रम सम्पन्न

Share this news

दार्जीलिङको सिङमारिस्थित सन्त माइकल उच्चतर माध्यमिक विद्यालयमा शुक्रबार, कालिम्पोङमा क्लुनी सिस्टरहरको आगमनको शताब्दीको अवसरमा विशेष कार्यक्रम तथा कार्यशाला प्रदर्शनीको भव्य आयोजना गरियो। कार्यक्रम धन्य अन्मारी जावहे (Blessed Anne-MarieJavouhey) को प्रेरणादायी जीवन र सेवाप्रति समर्पित थियो। कार्यक्रम अन्तर्गत कक्षा ५ देखि १२ सम्मका विद्यार्थीहरूले विभिन्न विषयवस्तुमा आधारित सृजनात्मक तथा अनुसन्धानत्मक प्रस्तुतिहरू प्रदर्शन गरे। कक्षा ५, ६ र ७ का विद्यार्थीहरूले धन्य आनमारी जावेको बाल्यकाल, पारिवारिक जीवन, आध्यात्मिक विकास तथा प्रारम्भिक सेवा यात्रालाई आकर्षक चित्र नमुना र प्रस्तुति मार्फत जीवन्त रुपमा प्रस्तुत गरेका थिए।

कक्षा आठका विद्यार्थीहरूले उहाँको धार्मिक बुलाहट, क्लुनी सङ्घको स्थापना, शिक्षा स्वास्थ्य तथा सामाजिक सेवामा पुर्‍याउनुभएको अतुलिनीय योगदानलाई विविध परियोजना,पोस्टर तथा प्रस्तुतिकरण मार्फत उजागर गरेका थिए। कक्षा ८ का विद्यार्थीहरूले धन्य आममारीको जीवन र आदर्श माथि केन्द्रित कथा, नाटक निबन्ध तथा कविता सृजना गरी उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। उनीहरूको सृजनशीलता, भाषिक दक्षता र आध्यात्मिक चेतनाले उपस्थित सबैलाई प्रभावित बनाएको थियो। कक्षा ९ का विद्यार्थीहरूले सुन्दर प्रकारले मोडल बनाएर आनमारी जावहेको अफ्रिकन मिसन प्रस्तुत गरेका थिए।

त्यसैगरी कक्षा १० का विद्यार्थीहरूले कालेम्पोङ, दार्जीलिङ, सिक्किम, नेपाल तथा अरुणाचल प्रदेशमा क्लुनी सिस्टरहरूको शिक्षा स्वास्थ्य समाजिक सेवा र मिसन कार्यसम्बन्धी तथ्याङ्क सङ्कलन गरी एक व्यवस्थित साङ्ख्याकीय सर्वेक्षण तयार गरेका थिए। उक्त अनुसन्धान समाज तथा क्लुनी संस्थाको इतिहासका लागि महत्वपूर्ण दस्तावेजको रुपमा प्रस्तुत गरिएको थियो।

विद्यार्थीहरूको मेहनत अनुसन्धान क्षमता सृजनाशीलता तथा टोलीगत कार्यको उत्कृष्ट प्रदर्शनीले कार्यक्रमलाई अत्यन्त प्रभावकारी र ऐतिहासिक बनाएको थियो। शिक्षक अभिभावक अतिथिगण तथा उपस्थित सबैले प्रदर्शनीको उच्च प्रशंसा गर्दै विद्यार्थीहरूको प्रयासको सराहना गरेका थिए।

यस शताब्दी समारोहले धन्य अन्मारी जावेको जीवन विश्वास सेवा त्याग र मानवताप्रतिको समर्पणलाई नयाँ पुस्तासम्म पुर्याउने महत्त्वपूर्ण अवसर प्रदान गरेको छ। साथै क्लुनी सिस्टरहरूले विगत एक दशकदेखि शिक्षा स्वास्थ्य तथा सम्पूर्ण क्षेत्रमा पुर्‍याउनुभएको योगदान को कदर गर्दै विद्यालयले विशेष यो कार्यक्रमको आयोजना गरेको थियो भनेर विद्यालयको प्रधान अध्यापिका सिस्टर निशा राईले जानकारी गराइन्। यस कार्यक्रममा सिस्टर रोजालिया राई मुख्य अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। सिस्टर रोजालिया राई मुख्य अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। विशेषत सोसाइटीका पूर्व प्रोभिन्सियल सिस्टर रेचल क्षेत्री, Bethany School का प्रधानाध्यापिका सिस्टर. मारी क्लेर राई, सिस्टर छुङ्कु साथै कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरूका अभिभावकहरूको पनि विशेष उपस्थिति रहेको विद्यालयका सहशिक्षक ब्रुनो भैरुडले जानकारी गराएका छन्।

Share this news
आजको रोजाइ
अजय देवगणको ‘धमाल ४’: डुबायो कमजोर हास्य र अत्यधिक सीजीआईले

अजय देवगणको ‘धमाल ४’: डुबायो कमजोर हास्य र अत्यधिक सीजीआईले

कालिम्पोङमा क्लुनी सिस्टरहरको आगमनको शताब्दी कार्यक्रम सम्पन्न

कालिम्पोङमा क्लुनी सिस्टरहरको आगमनको शताब्दी कार्यक्रम सम्पन्न

स्पेनमा भीषण डढेलो: कारमै जलेर ४को मृत्यु, पैदल भाग्दा ७ जनाले गुमाए ज्यान

हर्मुजमा जहाजमाथि आक्रमण रोक्न अमेरिकाको इरानलाई प्रतिबद्धता जनाउन दबाब

हर्मुजमा जहाजमाथि आक्रमण रोक्न अमेरिकाको इरानलाई प्रतिबद्धता जनाउन दबाब

निरन्तर टी-२० हारपछि भारतीय टोलीको प्रदर्शनबारे बीसीसीआईले गर्ने विस्तृत समीक्षा

निरन्तर टी-२० हारपछि भारतीय टोलीको प्रदर्शनबारे बीसीसीआईले गर्ने विस्तृत समीक्षा

गोपनीयतामाथिको चिन्ताबीच मेटाको एआई स्मार्ट चस्मा सुरक्षामा सुधार

गोपनीयतामाथिको चिन्ताबीच मेटाको एआई स्मार्ट चस्मा सुरक्षामा सुधार

विद्यालयको ७५ वर्षको उत्सवको बारेमा छलफल गर्न बैठक आयोजना

विद्यालयको ७५ वर्षको उत्सवको बारेमा छलफल गर्न बैठक आयोजना

प्रधानन्यायाधीशको विरोध प्रदर्शनमा सोनम वाङचुकको स्वास्थ्य बिग्रँदै

प्रधानन्यायाधीशको विरोध प्रदर्शनमा सोनम वाङचुकको स्वास्थ्य बिग्रँदै

लङ्भ्यु चियाबारीका अनशनरत श्रमिकसँग एचपीडब्ल्यु नेतृत्वको भेट

लङ्भ्यु चियाबारीका अनशनरत श्रमिकसँग एचपीडब्ल्यु नेतृत्वको भेट

स्पेन बेल्जियमलाई २-१ ले जितेर फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुग्यो

स्पेन बेल्जियमलाई २-१ ले जितेर फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुग्यो

आजको रोजाइ