वैकल्पिक राजमार्ग निर्माणसित जोडिएका विविध सम्भावनाहरू

Share this news

मिनरल स्प्रीङ 11 जुलाई(निसं): दार्जीलिङ शहरलाई जाम मुक्त राख्न तथा शहरमा देखिने जामको समस्यालाई कम गर्न एउटा अति नै महत्वपूर्ण पहलको रुपमा प्रस्तावित वैकल्पिक राजमार्ग निर्माणको योजनाले आकार लिइरहेको विषयले सबैलाई उत्साहित तुल्याएको छ ‌। केन्द्रीय परिवहन एवं राजमार्ग मन्त्रालय राज्य मन्त्री अजय टामटाद्वारा दार्जीलिङ लोकसभा समष्टिका सांसद राजु विष्टलाई उक्त योजना सम्बन्धित प्रेषित पत्र त्यस पश्चात् दार्जीलिङका यातायात सम्बन्धित विभिन्न योजनागत विषयलाई लिएर सांसदको केन्द्रीय परिवहन मन्त्री नीतिन गडकारीसितको भेटवार्ता आदिले अनि वैकल्पिक राजमार्ग निर्माणसित सम्बन्धित डीपीआरको कार्य अघि बढिरहेको जानकारीले गर्दा भुक्तभोगी जनसाधारणले चाँडै उक्त योजना कार्य रूपमा परिणत हुनेछ भनी ठूलो आशा राखिएको बताउँछन्। प्रस्तावित योजनाले साकार रूप लिएको खण्डमा उक्त सडक मार्गले भेट्ने स्थानहरूको पनि उद्धार भएर जानेछन् भनी प्रस्तावित योजना क्षेत्रमा पर्ने मानिसहरूको भनाई छ। प्रस्तावित वैकल्पिक राजमार्ग निर्माणलाई लेबोङ, दवाईपानी, टिस्टा भनी सम्बोधन गरिए पनि यो योजना अन्तर्गत विभिन्न स्थानहरु समेटिएको छ। लेबोङदेखि पाँच छ किलोमीटर तल झरेपछि शुरू हुने तेर्सो सडकले यात्रालाई सहज र सुगम बनाउनको साथै वाहनहरूलाई इन्धन खपतमा समेत सहयोग पुग्ने संभावना रहन्छ ।यो प्रस्तावित सडक योजनाले लेबोङ देखि ओह्रालोको विभिन्न क्षेत्र तथा गाउँहरू लगायत यता मिनरल स्प्रीङ, दवाईपानी बस्ती, तकदाह चियाबारी, माने डाँडा बस्ती, ग्लेनवर्ण चियाबारी, सुम्बुङ आदि क्षेत्रलाई स्पर्श गर्दै टिस्टासम्म पुग्ने भएको औ उल्लेखित स्थानहरूको सडक सम्पर्क बनिने भनिएको सडक मार्गसित रहेको हुनाले उक्त योजनाले समग्र क्षेत्रलाई नै जोड्ने निश्चित छ भने उक्त योजनाले एउटा ठूलो क्षेत्रलाई नै लाभ पुग्ने छ।कमान, बस्ती हुँदै सडक मार्ग अघि बढ्ने भएको औं तलतिर रूङदुङ खोला साथै ठूल्ठूला मैदान तथा टारहरू अवस्थित हुनाले गर्दा यी स्थानहरूमा पर्यटन व्यवसाय विकसित गर्न सकिने प्रशस्त सम्भावनाहरु रहेको छ। यसको अतिरिक्त स्थानीयहरू आफैले पनि पर्यटन तथा अन्य व्यावसायहरु अप्नाएर जीविकोपार्जन गर्न सक्नेछन् भने प्रस्तावित वैकल्पिक राजमार्ग निर्माणले मूर्त रुप लिएको खण्डमा रोजगारको बाटो खोलिने पनि सम्भावना रहेको छ। केन्द्रीय परिवहन मन्त्री एवं मन्त्रालय समेतले पदक्षेप लिइसकेको वैकल्पिक राजमार्ग निर्माण कार्यले चाँडै व्यवाहारिक रुप लिएको हेर्ने चाहना रहेको स्थानीयहरूको मत छ।

Share this news
आजको रोजाइ
मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

आजको रोजाइ