खरसाङमा सांस्कृतिक पर्व असार पन्ध्र पालन

Share this news

खरसाङ, 29 जून (निसं)ः खरसाङका मानिसहरूले असार 15 दहीचिउरा अनि अन्य स्वदिष्ट खानेकुरो खाएर पालन गरेका छन्। असार 15 विक्रम सम्वतको असार महिनाको 15 गते पालन गरिन्छ। आइतवार असार 15 को अवसरमा खरसाङका धेरै मानिसहरूले बिहानै उठेर आफ्नो घरमा अघिबाटै ल्याइएको दही, चिउरा, अनि भान्सामा स्वदिष्ट खानेकुरो तयार गरेर परिवारको साथमा असाल 15 पालन गरेका छन्। मानिसहरूले यो पर्व पालन गर्दै आफ्ना छिमेकी, इष्टमित्रहरूको साथमा पनि दहीचिउरा अनि आफूले तयार पारेको मिठो खानेकुरो आदानप्रदान गरेको पनि देखिएको छ। आइतवार बिहानैदेखि सामाजिक सञ्जाल फोसबुकमा मानिसहरूले दहीचिउरा अनि आफ्नो घरमा तयार गरिएका स्वदिष्ट पकवान, फलफूलको फोटो अपलोड गरेर आफ्ना साथीभाई, शुभचिन्तक अनि आफन्तजनमा असार 15 को शुभकामना आदानप्रदान गरेका थिए। असार 15 को अघिल्लो दिन शनिवार खरसाङको विभिन्न दोकानहरूबाट चिउरा अनि दही राम्रोसित बिक्री भएको थाहा लागेको छ। कतिपय दोकानहरूमा बेलुकाको समयमा चिउरा सकिएको थियो भने दही कतिपय दोकानमा सधैँको भन्दा अधिक बिक्री भएको थियो। असारको 15 नेपाली भाषी समाजमा दहीचिउरा खाएर पालन गरिने परम्परा रहेको छ भने यस दिन धान रोपाईको व्यस्त दिन पनि मानिन्छ। अघिको समयमा नापाली भाषीहरूको प्रमुख पेशा खेतीपाती थियो। मानिसहरूले असारको 15 लाई धान रोपाई आरम्भको शुभ दिन मान्ने चलन पनि छ। यस दिन खेतमा सबै मिलेर धान रोपाई गर्दै व्यस्त रहने र व्यस्ताको समयमा दहीचिउरा खाने चलन रहेको पाइएको छ। असारको 15 मा धान रोपाई गर्दै हिलो खेल्ने, हिलो छेपाछेप गर्ने, जुहारी गीत, हाक्पारे गीत गाउँदै नाचगान गर्ने चलन पनि रहेको बताइन्छ। खरसाङ लगायत दार्जीलिङ पहाड़को धेरै स्थानमा अहिले धान रोप्न छोड़िएको छ। तथापि कतिपय स्थानमा अझ पनि धानको खेती गरिन्छ। धानको खेती गरिने गाउँबस्तीहरू बुङकुलुङ, दुधे, रोहिणी, बाघमारा बस्ती आदि स्थानमा धान रोपाई गर्दै असार 15 पालन गरिएको खबर छ। नेपाल एउटा कृषि प्रधान देश मानिन्छ, नेपाल सरकारले असार 15 लाई धान दिवसको रुपमा 2004 मा नै घोषणा गरिरहेको छ। नेपाली भाषीहरूको सांस्कृतिक पर्व असार 15 खरसाङका धेरै मानिसहरूले दहीचिउरा अनि अन्य स्वदिष्ट खानेकुरो खाएर एकअर्कासित शुभकामाना आदानप्रदान गर्दै असार 15 सांस्कतिक पर्वलाई पालन गर्ने प्रक्रियालाई यथावत राखेका छन्।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ