GNLF women's wing
GNLF women's wing

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

Share this news

गोरखा राष्ट्रिय मुक्ति मोर्चाको सहयोगी संस्था गोरखा राष्ट्रिय नारी संगठन (गोरनास) को खरसाङ शाखा समिति औपचारिक रूपमा गठन गरिएको छ। संगठन गठन सम्बन्धी महत्वपूर्ण बैठक शाखा अध्यक्ष श्रीमती सुधा सुब्बाको अध्यक्षतामा सम्पन्न भएको छ। तीनधारा-सुकुना, पंखबारी-गिद्धपहार, खरसाङ र तुङ-सोनाडा लगायत चार समुदायका प्रतिनिधिहरू उपस्थित थिए। बैठकमा सर्वसम्मतिले नयाँ कार्यकारी समिति गठन गरिएको थियो, जसको उद्देश्य संस्थालाई अझ सशक्त, गतिशील र जनमुखी बनाउनु थियो।नवगठित समितिको अध्यक्षमा श्रीमती सुधा सुब्बा निर्वाचित भएकी छिन्।

उपाध्यक्षमा श्रीमती संगीता सुब्बा, श्रीमती उमा लामा र सुश्री प्रेरणा राई निर्वाचित भएकी छिन्। त्यसैगरी, श्रीमती माया गुप्ता महासचिव, श्रीमती झोमा क्षेत्री र श्रीमती कुमारी बल सहसचिव, श्रीमती निमा ल्हामु शेर्पा (दुर्गी), श्रीमती मुन्ना तामाङ सहकोषाध्यक्ष र सुश्री फुर्वा तामाङ प्रेस तथा प्रकाशन प्रमुखमा निर्वाचित भए। बैठकले संस्थालाई मार्गदर्शन प्रदान गर्न एक सल्लाहकार बोर्ड पनि गठन गरेको छ। सल्लाहकार बोर्डमा श्रीमती हेमा लामा, श्रीमती अमृता क्षेत्री, सुश्री कमला राई, श्रीमती प्रणित गुरुङ, श्रीमती शान्ति लामा, श्रीमती रुफिना लामा, श्रीमती अनिता तामाङ र श्रीमती रत्ना प्रधान रहेका छन्। श्रीमती बिमला तामाङ, श्रीमती कंचन तामाङ, सुश्री कल्पना योन्जन, श्रीमती सरिता तामाङ, श्रीमती रेणु, श्रीमती गंगा शर्मा, श्रीमती मुनु थापा र श्रीमती निशा सुब्बा रहेका छन्।

पदेन सदस्यहरूमा श्रीमती कुमारी शर्मा, श्रीमती देवी सुब्बा, श्रीमती सुधा सेवा, श्रीमती सरस्वती राई, श्रीमती चम्पा क्षेत्री र श्रीमती शिला प्रधान रहेका छन्। बैठकले ३२ सदस्यीय गोर्खा राष्ट्रिय नारी संगठन खरसाङ शाखा समिति गठनको औपचारिक घोषणा गर्‍यो। तल्लो तहमा संगठन विस्तार गर्ने, महिला सशक्तिकरण सम्बन्धी कार्यक्रमहरूलाई प्राथमिकता दिने र पार्टीको संगठनात्मक अभियानलाई अझ सुदृढ बनाउने प्रतिबद्धता पनि व्यक्त गरियो। बैठकको अन्त्यमा, नवगठित समितिका सबै पदाधिकारी र सदस्यहरूलाई सफल कार्यकालको शुभकामना दिँदै संगठनलाई एकताबद्ध, सक्रिय र जनउत्तरदायी तरिकाले अगाडि बढाउन आग्रह गरियो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ