Himalayan Literature Festival Nepal
Himalayan Literature Festival Nepal

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

Share this news

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले कृत्रिम बौद्धिकता, प्रविधि र एल्गोरिदमद्वारा निर्देशित वर्तमान विश्वमा पनि साहित्य मानव सभ्यता, संवेदना र जीवन–जगत बुझ्ने सबैभन्दा सशक्त माध्यमका रूपमा कायम रहेको बताउनुभएको छ।  काठमाडौँमा आयोजित ‘हिमालयन लिट्रेचर फेस्टिभल एन्ड राइटर्स वर्कसप २०२६’ लाई सम्बोधन गर्नुहुँदै सञ्चारमन्त्री तिमिल्सिनाले साहित्यले मानिसलाई आत्मचिन्तन, संवेदना र मानवीय सम्बन्धसँग जोडिराख्ने महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो। “एल्गोरिदम, डाटा र तीव्र गतिले आकार दिइरहेको विश्वमा मानिसहरू अझै कविता किन लेख्छन् ? कथा किन सुनाइरहन्छन् ? किनकि साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सबैभन्दा सशक्त माध्यम हो,” उहाँले भन्नुभयो।फेस्टिभलको यस वर्षको विषयवस्तु समसामयिक र सान्दर्भिक रहेको उल्लेख गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले विश्व राजनीति, अर्थतन्त्र र प्रविधिमा तीव्र परिवर्तन भइरहे पनि मानिस अझै जीवन जगतको अर्थ, सम्मान, पहिचान र नयाँ आशाको खोजीमै रहेको बताउनुभयो। “सूचना प्रविधिको युगमा हामी पहिलेभन्दा धेरै जोडिएका छौँ, तर एकअर्कालाई बुझ्ने क्षमतामा भने उति प्रगति गर्न सकेका छैनौँ।

यही कारण साहित्य अपरिहार्य बन्छ। साहित्यले तीव्र गतिमा दौडिरहेको संसारलाई केही समय रोक्न बाध्य बनाउँछ,” उहाँले भन्नुभयो।  लेखक, कवि र अनुवादकहरूको भूमिकाबारे चर्चा गर्दै उहाँले साहित्य सिर्जना मानवता जोगाउने सामूहिक अभियान रहेको पनि धारणा राख्नुभयो। आफूले करिब एक दशक नेपाली साहित्य र संगीतमा केन्द्रित रेडियो कार्यक्रम सञ्चालन गरेको अनुभव सुनाउँदै उहाँले साहित्य र संगीतले राजनीति, भूगोल र सामाजिक विभाजनभन्दा पर पुगेर सम्बन्ध विस्तार गर्न सक्ने उल्लेख गर्नुभयो। आफ्नो साहित्यिक यात्राबारे चर्चा गर्दै मन्त्री तिमिल्सिनाले सन् २००६ मा नेपाली गजल सङ्ग्रह प्रकाशित गरेको अनुभव सुनाउनुभयो। उहाँका अनुसार कविता त्यस्तो माध्यम हो, जसले तथ्यांक, नीति र औपचारिक भाषणले व्यक्त गर्न नसक्ने सत्यलाई अभिव्यक्त गर्न सक्छ। सोही कार्यक्रममा नेपालको भाषिक र सांस्कृतिक विविधताबारे चर्चा गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले नेपालमा बोलिने प्रत्येक भाषाले आफ्नै विश्वदृष्टि बोकेको उल्लेख गर्नुभयो ।

“हरेक समुदायका कथा, लोकसाहित्य, मिथक र स्मृतिहरूले हाम्रो साझा पहिचानलाई समृद्ध बनाएका छन्,” उहाँले भन्नुभयो ।  आधुनिक सञ्चार प्रणाली र सामाजिक सञ्जालको विकासअघि पनि कथावाचन, लोकगीत र मौखिक परम्पराले समाजलाई जोडेर राखेको उल्लेख गर्दै उहाँले साहित्य मानव सभ्यताको विकाससँगै निरन्तर परिष्कृत हुँदै आएको बताउनुभयो ।  नेपाली साहित्यिक परम्पराबारे बोल्दै उहाँले भानुभक्त आचार्यदेखि महाकवि लक्ष्मीप्रसाद देवकोटासम्मका स्रष्टाले स्थानीय यथार्थलाई सार्वभौमिक मानवीय चिन्तनसँग जोडेको बताउनुभयो । अहिलेको पुस्ताका लेखक, पत्रकार, अनुवादक र सर्जकहरूले पनि यही परम्परालाई समकालीन चुनौतीसँग जोड्दै अघि बढाइरहेको उहाँको भनाइ थियो । मन्त्री तिमिल्सिनाले समाज निर्माणका लागि पूर्वाधार, संस्था र अर्थतन्त्रजत्तिकै कल्पना, भाषा, संस्कृति र स्मृतिको पनि आवश्यकता पर्ने उल्लेख गर्नुभयो । “सरकारले पूर्वाधार निर्माण गर्न सक्छ, संस्थाले प्रणाली बनाउन सक्छ र अर्थतन्त्रले समृद्धि दिन सक्छ। तर लेखक, कलाकार, कवि र कथाकारहरूले राष्ट्रको भित्री जीवन निर्माण गर्छन्,” उहाँले भन्नुभयो । साहित्यिक मेला तथा अन्तर्राष्ट्रिय सर्जकहरु जमघट हुने मञ्चहरूले विचारलाई सीमापार पुर्‍याउने र सिर्जनात्मक संवादलाई विस्तार गर्ने धारणा सञ्चारमन्त्री तिमिल्सिनाले राख्नुभयो । अन्तर्राष्ट्रिय साहित्यकारहरूको काठमाडौँ भेलाले नेपालको हिमाल, संस्कृति, भाषा र कथालाई विश्व समुदायसम्म पुर्‍याउन सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ