चालकहरू झुक्किन्दैछन्

Share this news

खरसाङ्को अस्पताल मोड़मा चालकहरू झुक्किन्दैछन्‌‍। विशेष सिलगढ़ी संलग्न क्षेत्र अनि बाहिरबाट आएका गाड़ी चालक अनि दुईचक्के सवारहरू यस स्थानमा झुक्किएर वन्‌‍-वेको उल्लङ्घन गर्दै राष्ट्रिय राजमार्ग 110 भएर बजार पस्ने गरेको पाइन्छ। यसरी झुक्किएर वन-वेको उल्लङ्घन गर्दै बजार तर्फ पसेका गाड़ीहरूलाई मानिसहरूले अथवा विपरित दिशाबाट आएका गाड़ी चालकहरूले फर्काउने गरेका छन्‌‍।

यस स्थानबाट वन्‌‍-वेको उल्लङ्घन गर्दै बजार तर्फ पसेका गाड़ीहरूको कारण विगतको समयमा दुर्घटना समेत भइरहेको छ भने वन्‌‍-वेको उल्लङ्घन गर्दै राष्ट्रिय राजमार्ग भएर बजार पसेका गाड़ीहरूको कारण जामको स्थिति पनि सृजना हुने गरेको छ। आगामी दिनमा पनि दुर्घटना हुने सम्भावना देखिएको छ। दार्जीलिङ तर्फबाट आएका गाड़ीहरू अस्पताल मोड़बाट वर्द्धवान रोड भएर वन्‌‍-वे जान पर्ने नियम छ। अस्पताल मोड़को यस स्थानमा एउटा एउटा ट्राफिक बुथ बसाउन पर्ने मानिसहरूको माग छ। यस स्थानमा एउटा ट्राफिक बुथ अथवा ट्राफिकहरू बस्नलाई छाजन भएको स्थान निर्माण अति आवश्य रहेको छ अथवा यस स्थानमा वन्‌‍-वे लेखिएको ठूलो साईन बोर्ड लगाउन पर्ने आवश्यकता देखिएको छ।

Share this news
आजको रोजाइ
सुकुम्बासी समस्या समाधानका लागि साझा दृष्टि निर्माण गर्न सार्वजनिक महत्वको प्रस्ताव

सुकुम्बासी समस्या समाधानका लागि साझा दृष्टि निर्माण गर्न सार्वजनिक महत्वको प्रस्ताव

पद्मश्री उपाध्यायको निधनमा भारतीय गोर्खा परिसंघ असम राज्य समितिद्वारा एक साताको शोक घोषणा

पद्मश्री उपाध्यायको निधनमा भारतीय गोर्खा परिसंघ असम राज्य समितिद्वारा एक साताको शोक घोषणा

बाबुबासा ग्राम सुधार समिति, सिलगढ़ीद्वारा २१२ औॅं भानु जयन्ती समारोह पालन 

बाबुबासा ग्राम सुधार समिति, सिलगढ़ीद्वारा २१२ औॅं भानु जयन्ती समारोह पालन 

अखिल भातीय नेपाली अनुसूचित सङगठनको सिलगढीमा सभा

अखिल भातीय नेपाली अनुसूचित सङगठनको सिलगढीमा सभा

खरसाङ सुपर लीग 2026

खरसाङ सुपर लीग 2026

प्राज्ञिक थलोलाई दलीय राजनीतिमुक्त बनाउने र सुशासन कायम गर्ने साझा प्रतिबद्धता व्यक्त

प्राज्ञिक थलोलाई दलीय राजनीतिमुक्त बनाउने र सुशासन कायम गर्ने साझा प्रतिबद्धता व्यक्त

चालकहरू झुक्किन्दैछन्

चालकहरू झुक्किन्दैछन्

डिजिटल राशन कार्ड निस्क्रिय बन्दैछ

डिजिटल राशन कार्ड निस्क्रिय बन्दैछ

सोनादा पेट्रोल पम्पदेखि नालीचौर,घले गाउँ जाने बाटो छैन,कामै नगरी बील कसरी पास भयो ?

सोनादा पेट्रोल पम्पदेखि नालीचौर,घले गाउँ जाने बाटो छैन,कामै नगरी बील कसरी पास भयो ?

एक शताब्दीको सेवा यात्रा: धन्य आनमारी जाहुवेको पाइलामा क्लुनी सिस्टरहरू।

एक शताब्दीको सेवा यात्रा: धन्य आनमारी जाहुवेको पाइलामा क्लुनी सिस्टरहरू।

आजको रोजाइ