खरसाङ्को अस्पताल मोड़मा चालकहरू झुक्किन्दैछन्। विशेष सिलगढ़ी संलग्न क्षेत्र अनि बाहिरबाट आएका गाड़ी चालक अनि दुईचक्के सवारहरू यस स्थानमा झुक्किएर वन्-वेको उल्लङ्घन गर्दै राष्ट्रिय राजमार्ग 110 भएर बजार पस्ने गरेको पाइन्छ। यसरी झुक्किएर वन-वेको उल्लङ्घन गर्दै बजार तर्फ पसेका गाड़ीहरूलाई मानिसहरूले अथवा विपरित दिशाबाट आएका गाड़ी चालकहरूले फर्काउने गरेका छन्।
यस स्थानबाट वन्-वेको उल्लङ्घन गर्दै बजार तर्फ पसेका गाड़ीहरूको कारण विगतको समयमा दुर्घटना समेत भइरहेको छ भने वन्-वेको उल्लङ्घन गर्दै राष्ट्रिय राजमार्ग भएर बजार पसेका गाड़ीहरूको कारण जामको स्थिति पनि सृजना हुने गरेको छ। आगामी दिनमा पनि दुर्घटना हुने सम्भावना देखिएको छ। दार्जीलिङ तर्फबाट आएका गाड़ीहरू अस्पताल मोड़बाट वर्द्धवान रोड भएर वन्-वे जान पर्ने नियम छ। अस्पताल मोड़को यस स्थानमा एउटा एउटा ट्राफिक बुथ बसाउन पर्ने मानिसहरूको माग छ। यस स्थानमा एउटा ट्राफिक बुथ अथवा ट्राफिकहरू बस्नलाई छाजन भएको स्थान निर्माण अति आवश्य रहेको छ अथवा यस स्थानमा वन्-वे लेखिएको ठूलो साईन बोर्ड लगाउन पर्ने आवश्यकता देखिएको छ।












