खरसाङ सुपर लीग 2026, तेस्रो संस्करणको मङ्गलवार दुईवटा खेल सम्पन्न गरियो। पहिलो खेल खरसाङ स्पोर्टिङ क्लब अनि युनाइटेड टुङ एफसीमाझ सम्पन्न भयो। यस खेलमा खरसाङ स्पोर्टिङ क्लबका खेलाड़ीहरूले 1 गोल गरे भने युनाइटेड टुङ एफसीका खेलाड़ीहरूले कुनै गोल गर्न सकेनन्। खरसाङ स्पोर्टिङ क्लबका खेलाड़ी रिपू राईले आफ्नो दलको तर्फबाट 1 गोल गरेका थिए। यस खेलमा युनाइटेड टुङ एफसीका खेलाड़ी चिसाङ् शेर्पालाई उत्कृष्ट खेलाड़ी चयन गरियो। तिनलाई खरसाङ फुटबल क्लबका सदस्य कार्यकारिणी समिति सदस्य छिरिङ शेर्पाको बाहुलीबाट प्रमाण पत्र प्रदान गरियो।
दोस्रो खेल युनाइटेड मकैबारी एफ सी अनि खरसाङ लिजण्डमाझ सम्पन्न गरियो। यस खेलमा युनाइटेड मकैबारी अफसीका खेलाड़ीहरू 3 गोल गर्न सफल बने भने खरसाङ लिडण्डका खेलाड़ीहरूले दुई गोल गरे। यस खेलमा मकैबारी एफसीका खेलाड़ी रेहान घिलिङले 1, रोनित तामाङले 1, पासाङ तामाङले 1 गोल गरे। खरसाङ लिजण्डका खेलाड़ी लवाङ तामाङ र दुर्गा छेत्रीले 1-1 गोल गरेका थिए। यस खेलको उत्कृष्ट खेलाड़ी युनाइटेड मकैबारी एफसीका खेलाड़ी रोनित तामाङलाई चयन गरी खरसाङ फुटबल क्लबका उपाध्यक्ष निमा लामाको बाहुलीबाट प्रमाण पत्र प्रदान गरियो।
खरसाङ फुटबल एसोसिएशनको आयोजनामा यहाँको गोथल्स मेमोरियल स्कूलको खेल मैदानमा सम्पन्न भइरहेको यस फुटबल टुर्नामेन्टको नियमित सञ्चालन हिल रेफेरीस एसोसिएसनका रेफरीहरूले गरिरहेका छन्। मङ्गलवारको खेलमा मुख्य रेफेरी नितेश देवान रहेका थिए, सहायक रेफेरी मनिश थापा अनि शिशिर राई, फोर्थ अफिसियल शौरभ शंकर अनि सञ्जय थापा रहेका थिए।












