बाबुबासा ग्राम सुधार समिति, सिलगढ़ीद्वारा २१२ औॅं भानु जयन्ती समारोह पालन 

Share this news

बाबुबासा ग्राम सुधार समिति, चम्पासरी, सिलगढ़ीद्वारा स्थानीय श्री दुर्गा मन्दिर प्रांगणमा २१२ औॅं भानु जयन्ती समारोह पालन गर्यो।कार्यक्रमको अध्यक्षता बाबुबासा ग्राम सुधार समितिका अध्यक्ष श्री आर.के पोखरेलले गर्नु भयो। श्री प्रदीप खतिवड़ाद्वारा संचालन गरिएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रसिद्ध साहित्यकार तथा साहित्य अकाडेमी पुरस्कार प्राप्त डा. जीवन राणा उपस्थित हुनुहुन्थ्यो भने विशिष्ट अतिथिको रुपमा सर्वश्री मुना बराल,बलराम राई, कृष्ण प्रसाद निरौला, कृष्ण कुमार पौड्याल तथा कर्णल केशव राईको सहभागिता रहेको थियो। कार्यक्रमको थालनि दीप प्रज्वलन साथै भानुको तस्वीरमा पुष्पार्पणद्वारा भएको थियो।स्वागत भाषण बाबुबासा ग्राम सुधार समितिकी सचिव श्रीमती सुषमा गुरुडले गर्नुभयो।स्वागत गायन दुर्गा मातृ समितिले गरेका थिए ।यस कार्यक्रममा बालबालिकाको राम्रो सहभागिता रहेको थियो।यसै क्रममा रामायण पाठ श्री निश्चल पोख्रेल र काव्यलोक गुरुड,आधुनिक नृत्य सुश्री राजवी बस्नेत र कृतिका सिंह,कविता पाठ श्री चित्रांश घिमिरे,बालकृष्ण घिमिरे र निश्चय पोखरेल,शताब्दी तामाड(लोकधुन) साथै आदिकवि भानुभक्त आचार्य बारे सुश्री द्वीपन्युन्ता खतिवड़ाले वक्तव्य प्रदान गरिन।कार्यक्रममा दुर्गा मातृशक्तिकी श्रीमती तिलोत्तमा शर्माको सक्रियतामा मातृशक्तिकै सर्वश्री गोमा क्षेत्री, सुशिला शर्मा,सिता शर्मा(रामायण पाठ), अम्बिका क्षेत्री,निरु क्षेत्री,जयन्ती शर्मा,गंगा शर्मा (संगिनी),सिमा क्षेत्री र सुशिला शर्मा(मारुनी नृत्य) द्वारा कार्यक्रमको शोभावर्धन गरेका थिए।यस पश्चात सर्वश्री नीरा भट्टराई,प्रदीप कुमार शर्मा,संजीव श्रीमलले पनि कविता वाचन गर्नु भयो।सर्वश्री सुरेश गौतम, विजेन्द्र प्रधान,रुपक खवास,भानु क्षेत्री,डी.के क्षेत्री, अनुपमा क्षेत्री र विमला शर्माले गीत प्रस्तुत गर्नु भयो।कार्यक्रममा दशौ र बाह्रौ श्रेणीको बोर्ड परीक्षामा उत्कृष्ट प्रतिशत: हासिल गर्ने विद्यार्थीवर्गलाई पुरस्कार एवम् सम्मान प्रदान गरियो।सम्मान प्राप्त गर्नेमा सर्वश्री दिपांशु चाम्लिङ्ग (राई) अभिज्ञान शर्मा (पौड्याल),दशौं श्रेणी तथा सुश्री अनुश्रुति शर्मा (पौड्याल) र प्रशिका क्षेत्री बाह्रौँ श्रेणी। आफ्नो वक्तव्यमा कर्णल केशव राईले भानुभक्त समग्र नेपालीलाई भाषाद्वारा एक सुत्रमा बाध्ने युगपुरुष भएको ठहर गर्नु भयो।वहाले घासी तथा रघुनाथ भट्टलाई भुल्नु हुदैन भन्ने कुरामा जोड़ दिनु भयो। प्रमुख अतिथिको वक्तव्य डा० जीवन राणाले राख्दै नानीहरुलाई शुरुवात देखिनै आफ्नो भाषा-संस्कृतिको परिचय गराउदै त्यसप्रति आकृष्ट गराउने वातावरण सृजना गर्नु पर्छ भन्नु भयो।यस पछि सभाध्यक्षको सम्भाषणमा कार्यक्रममा सहभागिता जनाउने सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्नु भयो। धन्यवाद ज्ञापन उपाध्यक्ष श्री दिपेन्द्र खतिवड़ाले गर्नु भयो।सम्पूर्ण सहभागीहरुलाई पारितोषिक साथै चिया चमेना पछि कार्यक्रमको समापन भएको थियो।कार्यक्रम व्यवस्थापनमा केप्टैन बलराम रोकाको मुख्य भुमिका रहेको थियो।

Share this news
आजको रोजाइ
भारतीय गोर्खा परिसंघले आफ्नी असम राज्य संस्थापक अध्यक्षा पद्मश्री गीता उपाध्यायप्रति उच्चतम श्रद्धाञ्जली अर्पण गर्‍यो

भारतीय गोर्खा परिसंघले आफ्नी असम राज्य संस्थापक अध्यक्षा पद्मश्री गीता उपाध्यायप्रति उच्चतम श्रद्धाञ्जली अर्पण गर्‍यो

प्रम मोदीले दिल्लीमा ₹३३ हजार ५००करोड विकास आयोजना आरम्भ गर्दै

प्रम मोदीले दिल्लीमा ₹३३ हजार ५००करोड विकास आयोजना आरम्भ गर्दै

बंगालमा १० करोड वृक्षरोपण गर्ने, नरिवलका बिरुवा रोप्न मुख्यमन्त्रीको जोड

बंगालमा १० करोड वृक्षरोपण गर्ने, नरिवलका बिरुवा रोप्न मुख्यमन्त्रीको जोड

विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरोकारवालासँग छलफल

विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरोकारवालासँग छलफल

सुकुम्बासी समस्या समाधानका लागि साझा दृष्टि निर्माण गर्न सार्वजनिक महत्वको प्रस्ताव

सुकुम्बासी समस्या समाधानका लागि साझा दृष्टि निर्माण गर्न सार्वजनिक महत्वको प्रस्ताव

पद्मश्री उपाध्यायको निधनमा भारतीय गोर्खा परिसंघ असम राज्य समितिद्वारा एक साताको शोक घोषणा

पद्मश्री उपाध्यायको निधनमा भारतीय गोर्खा परिसंघ असम राज्य समितिद्वारा एक साताको शोक घोषणा

बाबुबासा ग्राम सुधार समिति, सिलगढ़ीद्वारा २१२ औॅं भानु जयन्ती समारोह पालन 

बाबुबासा ग्राम सुधार समिति, सिलगढ़ीद्वारा २१२ औॅं भानु जयन्ती समारोह पालन 

अखिल भातीय नेपाली अनुसूचित सङगठनको सिलगढीमा सभा

अखिल भातीय नेपाली अनुसूचित सङगठनको सिलगढीमा सभा

खरसाङ सुपर लीग 2026

खरसाङ सुपर लीग 2026

प्राज्ञिक थलोलाई दलीय राजनीतिमुक्त बनाउने र सुशासन कायम गर्ने साझा प्रतिबद्धता व्यक्त

प्राज्ञिक थलोलाई दलीय राजनीतिमुक्त बनाउने र सुशासन कायम गर्ने साझा प्रतिबद्धता व्यक्त

आजको रोजाइ