Sonada Road Project Scam
Sonada Road Project Scam

सोनादा पेट्रोल पम्पदेखि नालीचौर,घले गाउँ जाने बाटो छैन,कामै नगरी बील कसरी पास भयो ?

Share this news

सोनादा पेट्रोल पम्पदेखि नालीचौर अनि नालीचौर देखि घले गाउँसम्म रोड निर्माणको लागि जारी गरेको 2 करोड 92 लाख 10 हजार 7 सय 36 रूपियाँ शक्ति कन्सट्रक्सन कम्पनीले कामै नगरी पचाई सकेको इण्डियन गोर्खा जनशक्ति फ्रण्टका भरत तामाङले दावी गरेका छन्।सोनादा पच्याङ समष्टि अन्तर्गत सोनादा पेट्रोल पम्पदेखि नालीचौर अनि नालीचौरदेखि घले गाउँसम्मको बाटो निर्माणको लागि सम्बंधित विभागले 2 करोड 92 लाख 10 हजार 7 सय 36 रूपियाँ राशी जारी गरेको थियो अनि यो बाटो निर्माणको काम शक्ति कन्सट्रक्शन कम्पनीले गरेको थियो।

जीटीए तथा सम्बंधित विभागले पहाडको विभिन्न क्षेत्रहरूमा रोड निर्माण आदि जस्ता कार्यहरू गरेको छन् ती क्षेत्रहरूको इण्डियन गोर्खा जनशक्ति फ्रण्टले निरक्षण गर्दै आईरहेको छ। यसैक्रममा आज इण्डियन गोर्खा जनशक्ति फ्रण्टको भरत तामाङले सोनादा पच्याङ समष्टिको सोनादा पेट्रोल पम्पदेखि नालीचौर अनि नालीचौरदेखि घले गाउँसम्मको रोड निर्माणको निरक्षण गर्न पूगेका थिए। त्यस अवधि उनीहरूले एउटा ढुंगा समेत नउठाई रोड निर्माणको लागि जारी गरेको पैसा डाकर समेत नलिई पचाई सकेको तामाङले बताएका छन्। दार्जीलिङ पहाडको धेरैवटा क्षेत्रहरूमा शक्ति कन्सट्रक्शन कम्पनीले काम गरेका छन्।

सम्बंधित विभागले रोड निर्माण आदि जस्ता निर्माणहरूको निम्ति 2 करोडदेखि अढाई करोड रूपिया जति रूपियाहरू जारी गरेका थिए तर कामै नगरी यी राशीहरू शक्ति कन्सट्रक्शन कम्पनीले पचाई सकेको तामाङले बताएका छन्। शक्ति कन्सट्रक्शन कम्पनीले कागजमा सबै काम भएको छ अनि सबै कामहरूको बिल पनि पास गरी सकेको छ। सोनादा पेट्रोल पम्पदेखि नालीचौर अनि नालीचौरदेखि घले गाउँको बाटो निर्माणको लागि एउटा ढुंगासम्म उठाएको छैन तर 2 करोड 92 लाख 10 हजार 7 सय 36 रूपिया पचाई सकेको छ।प्रत्येक समष्टिहरूमा शक्ति कन्सट्रक्शन कम्पनीले कामहरू गरेको उल्लेख छ जसमा 60 देखि 80 करोड रूपिया काम नै नगरी शक्ति कन्सट्रक्शन कम्पनीले पचाई सकेको भरत तामाङले बताएका छन्।

तिनले अघि काम नगरी पैसा पचाउनेहरू विरूद्ध सम्बंधित विभागले कारवाही गर्नु पर्छ, यो कम्पनी झूठो हो भने यस्ता झूठो कम्पनीहरूको बिल पास गराउने तपाईंहरू हो,जनताको पैसा सित्तैमा खानु पाउँदैन।कुनै पनि कम्पनीले टेण्डर हालेर बिल आफै हाल्दैन, बिल पास गराउने विभागीय अधिकारीहरू हुन्छ,विभागीय अधिकारीहरूले काम नै नगरी बिल कसरी पास गराए?भन्दै इण्डियन गोर्खा जन शक्ति फ्रण्टको भरत तामाङले प्रश्न तेर्साएका छन्।

Share this news
आजको रोजाइ
बाबुबासा ग्राम सुधार समिति, सिलगढ़ीद्वारा २१२ औॅं भानु जयन्ती समारोह पालन 

बाबुबासा ग्राम सुधार समिति, सिलगढ़ीद्वारा २१२ औॅं भानु जयन्ती समारोह पालन 

अखिल भातीय नेपाली अनुसूचित सङगठनको सिलगढीमा सभा

अखिल भातीय नेपाली अनुसूचित सङगठनको सिलगढीमा सभा

खरसाङ सुपर लीग 2026

खरसाङ सुपर लीग 2026

प्राज्ञिक थलोलाई दलीय राजनीतिमुक्त बनाउने र सुशासन कायम गर्ने साझा प्रतिबद्धता व्यक्त

प्राज्ञिक थलोलाई दलीय राजनीतिमुक्त बनाउने र सुशासन कायम गर्ने साझा प्रतिबद्धता व्यक्त

चालकहरू झुक्किन्दैछन्

चालकहरू झुक्किन्दैछन्

डिजिटल राशन कार्ड निस्क्रिय बन्दैछ

डिजिटल राशन कार्ड निस्क्रिय बन्दैछ

सोनादा पेट्रोल पम्पदेखि नालीचौर,घले गाउँ जाने बाटो छैन,कामै नगरी बील कसरी पास भयो ?

सोनादा पेट्रोल पम्पदेखि नालीचौर,घले गाउँ जाने बाटो छैन,कामै नगरी बील कसरी पास भयो ?

एक शताब्दीको सेवा यात्रा: धन्य आनमारी जाहुवेको पाइलामा क्लुनी सिस्टरहरू।

एक शताब्दीको सेवा यात्रा: धन्य आनमारी जाहुवेको पाइलामा क्लुनी सिस्टरहरू।

इबोलाको कारण अमेरिकाले कङ्गोमा हुने नागरिकलाई स्वदेश फर्किन नदिने

इबोलाको कारण अमेरिकाले कङ्गोमा हुने नागरिकलाई स्वदेश फर्किन नदिने

अनिल मेनन पहिलो अन्तरिक्ष यात्रामा प्रस्थान गर्दै, 8 महिना अनुसन्धान गर्ने

अनिल मेनन पहिलो अन्तरिक्ष यात्रामा प्रस्थान गर्दै, 8 महिना अनुसन्धान गर्ने

आजको रोजाइ