पहाड़को साँघुरो सड़कमा अत्याधिक ठूला वाहनहरू

Share this news

पहाड़ममा अहिले ठूला-ठूला वाहनहरू आइरहेका छन्‌‍। पहाड़को साँघुरो सड़कमा आउने यस्ता वाहानहरूको कारण यातयात जामको समस्या सृजना हुने गरेको पाइएको छ। पहाड़को साँघुरो सड़कमा यस्ता ठूला-ठूला वाहन आउने गरेकोले दुर्घटनाको सम्भावना पनि बढ़ेर गएको मानिसहरूले गुनासो गरिरहेका छन्‌्‌‍। वर्तमानमा यस्ता ठूलो आकारको गाड़ीहरू पहाड़को साँघुरो सड़मा गुड़ने गरेको पाइएको छ भने यस्ता गाड़ीहरूको कारण यातायत जाम भइरहेको पनि देखिएको छ। विभिन्न माल-सामना लिएर आउने यस्ता गाड़ीका चालकहरूलाई पहाड़को सड़क र स्थानहरूको बारेमा सठीक जानकारी नरहेको कारण यस्ता वाहनको कारण जामको स्थिति सृजना हुने गरेको पाइएको छ।

अघिको समयमा पहाड़मा एक विशेष आकार र ओजनको गाड़ी समित ओजन लिएर चल्ने अनुमति थियो तर विगत केही समय यता रोहिणी रोड, राष्ट्रिय राजमार्ग 110 मा यो नियम लागु नभएको देखिएको छ। यसै गरी वर्तमानमा खरसाङ्को विभिन्न साँघुरो सड़कहरूमा ठूला ठूला ट्रकहरू पनि कुदिरहेको देखिएका छन्‌‍। अत्यधिक भारी सामन बोकेर चल्ने यस्ता भारी ट्रकहरूको कारण दुर्घटनाको सम्भावनाको साथै पैह्रोको सम्भावना रहने पनि कतिपयको गुनासो छ। पहाड़को साँघुरो सड़कमा यस्ता ठूलो आकार र भारी ओजनका गाड़ीहरूको चलाचलमा प्रतिबन्ध लगाउन पर्ने मानिसहरूको माग छ।

यस विषयमा खरसाङ ट्राफिक पुलिकका प्रभारी विकास चामलिङसित प्रश्न गर्दा तिनले भने- पहाड़मा विशेष गरेर एलपीजी ग्यासको सिलिण्डर बोग्ने गाड़ी अनि तेलको ट्याङ्करहरू ठूलो आकारका हुन्छन्‌‍, अन्य ठूलो गाड़ी माजदा ट्रकहरू कुद्छन्‌‍। कहिले काहीँ अन्य ठूलो गाड़ीहरू आउँछन्‌‍, ती गाड़ीहरूको राष्ट्रिय परमीट हुन्छ अथवा परमीट लिएरै आएका हुन्छन्‌‍।

Share this news
आजको रोजाइ
इण्डियन गोर्खा नारी जनशक्ति फ्रण्डको सभा खरसाङमा सम्मन्न भयो

इण्डियन गोर्खा नारी जनशक्ति फ्रण्डको सभा खरसाङमा सम्मन्न भयो

खरसाङमा 3 सय बेड क्षमताकाे अस्पताल आवश्यक

खरसाङमा 3 सय बेड क्षमताकाे अस्पताल आवश्यक

पहाड़को साँघुरो सड़कमा अत्याधिक ठूला वाहनहरू

पहाड़को साँघुरो सड़कमा अत्याधिक ठूला वाहनहरू

आईजीजेएफ अघि पनि विपक्षमा रहेर जनताको हितमा थियो अहिले पनि जनताको हितमा छ

आईजीजेएफ अघि पनि विपक्षमा रहेर जनताको हितमा थियो अहिले पनि जनताको हितमा छ

कतारका पूर्व अमिर शेख हमाद बिन खलिफा अल थानीको ७४ वर्षको उमेरमा निधन

कतारका पूर्व अमिर शेख हमाद बिन खलिफा अल थानीको ७४ वर्षको उमेरमा निधन

डाबग्रामको तेलीपाडामा निकास समस्याले जनजीवन प्रभावित, स्थानीयवासी सास्तीमा

डाबग्रामको तेलीपाडामा निकास समस्याले जनजीवन प्रभावित, स्थानीयवासी सास्तीमा

राजु विष्टले गरे जिल्ला विकास समन्वय एवम् निगरानी समिति (DISHA) को पहिलो बैठकको अध्यक्षता

राजु विष्टले गरे जिल्ला विकास समन्वय एवम् निगरानी समिति (DISHA) को पहिलो बैठकको अध्यक्षता

भारतद्वारा तटीय क्षेत्रहरूमा ठूलो व्यापार प्रवर्द्धनका लागि आधार तयार

भारतद्वारा तटीय क्षेत्रहरूमा ठूलो व्यापार प्रवर्द्धनका लागि आधार तयार

इमोसन क्लबद्वारा बाघधारा रोड क्षेत्रमा चलाइयो व्यापक सरसफाइ अभियान

इमोसन क्लबद्वारा बाघधारा रोड क्षेत्रमा चलाइयो व्यापक सरसफाइ अभियान

पखावजका साधक, लोकबाजाका संवाहक पण्डित निशान्त

पखावजका साधक, लोकबाजाका संवाहक पण्डित निशान्त

आजको रोजाइ