आईजीजेएफ अघि पनि विपक्षमा रहेर जनताको हितमा थियो अहिले पनि जनताको हितमा छ

Share this news

तृणमूल कांग्रेस सरकारको शासनकालमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका प्रमुख अनित थापाको नेतृत्वमा रहेको जीटीएको शासनकालमा एउटा प्रमुख विपक्षीको रूपमा जनहितमा कार्य गरेको अनि अहिले भागोप्रमोका सभासद्हरूले जीटीएबाट राजीनादिए पछि पनि विपक्षीको धर्म निर्वाह गर्दै जनहितमा बोलिरहेको एवं कार्य गरिरहेको इण्डियन गोर्खा जनशक्ति फ्रन्टका प्रमुख संयोजक अजय एडवर्डले बताएका छन्‌‍।

खरसाङस्थित एउटा होटलमा आयोजित सभाको अवधिमा अजय एडवर्डले बताए अनुसार, वर्तमानमा विभिन्न दलसंगै ती दलका प्रतिनिधिहरूद्वारा भाजपामा समर्थन जनाउने वा जाने क्रम जारी रहेको छ। इण्डियन गोर्खा जनशक्ति फ्रन्टबाट पनि कतिपय प्रतिनिधिहरू भाजपामा सामेल भएका छन्‌‍। सबै नै भाजपामा गठबन्धन रहेपछि वा भाजपालाई समर्थन गरेपछि गोर्खा जातिको कुरो कसले उठाउने, कसले एउटा विपक्षीको धर्म पालन गर्दै जनहितमा बोल्ने? यहाँ त राशनमा गहुँ बद्ली आटा दिनपर्छ भन्नेसम्म छैन। अर्थात्‌‍ यस्तो परिस्थितिमा जातिको मुद्दा एवं मानिसहरूले भोग्दै गरेको मूलभूत समस्याको उठान कसले गर्ने? आईजीजेएफले विगतमा पनि विपक्षीको कार्य गरेको थियो भने अहिले पनि विपक्षमा रहेर जनहितमा कार्य गरिरहेको छ।

यद्यपि केन्द्र अनि राज्यमा आएको नयाँ भाजपा सरकारप्रति पनि आईजीजेएफ पार्टीले पनि आशा सचेको छ। भाजपाले गोर्खा जातिको हितमा अवश्य नै सकारात्मक सोंच राखेको छ। एडवर्डले यो पनि जनाए कि जीटीए रद्द गर्नु वा नगर्नु सरकारको हातमा रहेको छ। पत्रकारहरूद्वारा तिनलाई सरकारद्वारा जीटीएको भार सुम्पने सम्भावना रहेको बारेमा सोधिएकोमा तिनले भने- आईजीजेएफलाई जीटीएको सत्ताको कुनै लोभ-लालच छैन। जीटीए मात्र होइन, यदि सत्ताको लोभ भएको भए तिनीहरू ठूलो दलको छत्रछाया रहेर सांसद वा मन्त्री बन्न तर्फ लाग्थेँ होला, तर जनताले तिनको पार्टीको 8 जना सभासद गत चार वर्ष अघि जीटीए चुनाव मार्फत जनताको प्रतिनिधिको रूपमा दिएका छन्‌‍। सोही अनुरूप जनताको हितमा, भ्रष्टाचारको विरुद्धमा एवं जनताले भोग्दै गरेको विभिन्न समस्याको विरुद्धमा बोलिरहेका छौँ। आउँदो दिनमा पनि जनताको निम्ति नै कार्य गर्नेछौँ। अजय एडवर्डले यो पनि जनाए कि सभवत: दशैँपछि हुने पहाड़को सबै नगरपालिका चुनावमा आईजीजेएफले भाग लिनेछ। आईजीजेएफले नगरपालिका मार्फत्‌‍ जनहितमा गर्नपर्ने कार्यहरूको एउटा भिजन पनि बनाइसकेको छ। नगरपालिका पैसा कमाउने ठाउँ होइन, नगरपालिका जनतालाई सेवा प्रदान गर्ने ठाउँ हो भनी अजय एडवर्डले बताए।

Share this news
आजको रोजाइ
इण्डियन गोर्खा नारी जनशक्ति फ्रण्डको सभा खरसाङमा सम्मन्न भयो

इण्डियन गोर्खा नारी जनशक्ति फ्रण्डको सभा खरसाङमा सम्मन्न भयो

खरसाङमा 3 सय बेड क्षमताकाे अस्पताल आवश्यक

खरसाङमा 3 सय बेड क्षमताकाे अस्पताल आवश्यक

पहाड़को साँघुरो सड़कमा अत्याधिक ठूला वाहनहरू

पहाड़को साँघुरो सड़कमा अत्याधिक ठूला वाहनहरू

आईजीजेएफ अघि पनि विपक्षमा रहेर जनताको हितमा थियो अहिले पनि जनताको हितमा छ

आईजीजेएफ अघि पनि विपक्षमा रहेर जनताको हितमा थियो अहिले पनि जनताको हितमा छ

कतारका पूर्व अमिर शेख हमाद बिन खलिफा अल थानीको ७४ वर्षको उमेरमा निधन

कतारका पूर्व अमिर शेख हमाद बिन खलिफा अल थानीको ७४ वर्षको उमेरमा निधन

डाबग्रामको तेलीपाडामा निकास समस्याले जनजीवन प्रभावित, स्थानीयवासी सास्तीमा

डाबग्रामको तेलीपाडामा निकास समस्याले जनजीवन प्रभावित, स्थानीयवासी सास्तीमा

राजु विष्टले गरे जिल्ला विकास समन्वय एवम् निगरानी समिति (DISHA) को पहिलो बैठकको अध्यक्षता

राजु विष्टले गरे जिल्ला विकास समन्वय एवम् निगरानी समिति (DISHA) को पहिलो बैठकको अध्यक्षता

भारतद्वारा तटीय क्षेत्रहरूमा ठूलो व्यापार प्रवर्द्धनका लागि आधार तयार

भारतद्वारा तटीय क्षेत्रहरूमा ठूलो व्यापार प्रवर्द्धनका लागि आधार तयार

इमोसन क्लबद्वारा बाघधारा रोड क्षेत्रमा चलाइयो व्यापक सरसफाइ अभियान

इमोसन क्लबद्वारा बाघधारा रोड क्षेत्रमा चलाइयो व्यापक सरसफाइ अभियान

पखावजका साधक, लोकबाजाका संवाहक पण्डित निशान्त

पखावजका साधक, लोकबाजाका संवाहक पण्डित निशान्त

आजको रोजाइ