Constitution of India in Nepali: First and Chief Translator Shri Kuber Chandra Dahal
Constitution of India in Nepali: First and Chief Translator Shri Kuber Chandra Dahal

नेपाली भाषामा भारतको संविधान : प्रथम अनि प्रधान अनुवादक श्री कुबेरचन्द्र दाहाल

Share this news

*भवानी प्रधान ‘घामफूल*

यस वर्षको संविधान दिवसको अवसरमा २६ नोभेम्बर, २०२५-को दिन भारतको संसद भवनमा आदरणीय राष्ट्रपति श्रीमती द्रोपदी मुर्मुद्रारा भारतको आठौं अनुसूचीअन्र्तगत मान्यता पाएका नौवटा माषाहरूमध्ये हाम्रो नेपाली /गोर्खा भाषामा पनि अनुदित ‘भारतको संविधान’ को विमोचन गरियो। सम्पूर्ण भारतीय नेपाली/गोखांमापी गोर्खा सन्तानहरूका लागि यो अतिनै गर्वको विषय हो।

सन् १९९२ सालको २० अगस्तको दिन भारतको आठौं अनुसूचीमा हाम्रो नेपाली भाषाले मान्यता पाउनुको पछाडि हाम्रा अग्रजहरूको कतिको सङ्घर्ष, पीड़ा र बलिदान छ त्यसको एउटा छुट्टै इतिहास छ। तन, मन, धन मात्रै होइन, प्राण पनि अर्पण गरेर प्राप्त गरेको नेपाली / गोर्खा माषाको मान्यता दिलाउनुमा अहम् भूमिका निर्वाह गर्नुहुने ती सम्पूर्ण महान् महानुभावहरूप्रति कोटी-कोटी प्रणाम छ।

आफ्नै देश मारतभित्र सर्वे विदेशीको लाञ्छना भोगेर बाँचिरहेको हाम्रो जातिलाई नेपाली/गोर्खा भाषा भारतको संविधानको आठीं अनुसूचीमा अन्तर्मुक्त भएर भारतको सरकारी भाषाको रूपमा मान्यता पाउनु मनेको भारतको नेपाली /गोर्खाभाषी गोर्खाहरूका निम्ति धेरै ठूलो खुड्किला हो भन्नुमा दुई मत छैन तर ‘भाषा हाम्रो प्राण हो’ भनेर मट्टाइरहने हाम्रो जातिमा भाषा मान्यता प्राप्त भएपछि पनि भाषा प्रयोगमा सक्रियता, संयमता, सहभागिता र सचेतना नहुनु फूटबलको भाषामा भन्नु हो भने ‘सुसाइड गोल’ गर्नु बराबर हो।

सन् १९५० सालमा देशका निम्ति अङ्गिकार गरिएको भारतको संविधानलाई धेरैवटा आञ्चलिक भारतीय भाषाहरूमा अनुवाद गरिसके तापनि स्वभाषा प्रयोगमा दारिद्रताको परिचय दिने हाम्रो कुण्ठित समाजमा भारतको संविधान जस्तो बृहत्, व्यापक साथै जटिल विषयलाई हाम्रो भाषामा अनुवाद गर्ने जमर्को सर्वप्रथम स्वनामधन्य व्यक्तित्व सिक्किम निवासी श्री कुबेरचन्द्र दाहालले गान्तोकबाट सन् १९९१ मा गर्नुभएको हो। सिक्किमका तत्कालीन मुख्यमन्त्री तथा नेपाली भाषा सङ्ग्रामी स्व. नरबहादुर भण्डारीको सरकारले प्रकाशनको अभिभारा उठाएका थिए ।त्यस समयको प्रतिकुल परिस्थितिमा भारतभरि छरिएर बसेका

हाम्रा लाखों भारतीय नेपालीहरूले नसोचेको कुरालाई श्री कुबेरचन्द्र दाहालज्यूले धेरै चिन्तन-मनन गरिवरी गहिरो अध्ययनका साथ भारतको संविधानलाई कठोर अनि अथक परिश्रम गरेर पर्याप्त समयसहित अनुवाद गर्नुभएको हो। यथेष्ट स्रोत साथै संसाधनहरूको अभावहरू माझ संविधान जस्तो संवेदनशील विषयमाथि कलम कोर्नु चानचुने कुरा अवश्य पनि होइन। यो कुरा भुल्नु हुन्न कि श्री दाहाल दक्ष लेखक हुनुका साथै कानुनविद् पनि हुनुहुन्छ। उहाँले आफ्नो समयमा नेपाली भाषामा एमए गर्नु मात्रै होइन, एलएलबी पहाड़ पनि गर्नुभएको हो, जुन कुरा भारतको संविधान जस्तो बृहत् विषयलाई अनुबाद गर्दा आवश्यक पर्न जान्छ ।

श्री कुबेरचन्द्र दाहालज्यूको यही योग्यता, लगनशीलता र जातिप्रतिको समरणपनतालाई देखेर अनि भारतको संविधानको नेपाली अनुवाद‌को महत्त्वलाई बुझेर सिक्किमका तत्कालीन मुख्यमन्त्री तथा भाषा सड्यामी स्व. नरबहादुर भण्डारीको सरकारले प्रकाशकको जिम्मेवारी लिनुभएको हो। साथै सिक्किमका त्यसताकका राज्यपाललगायत धेरै विषय विषेशज्ञहरू अनि ख्यातिप्राम मानिसहरूले श्री कुबेरचन्द्र दाहालज्यूको मुग्धकण्ठले प्रशंसा गर्नुभएको हो।

श्री कुबेरचन्द्र दाहालज्यूको सन् १९९१ मा प्रकाशित भारतको संविधानको नेपाली अनुवादको प्रथम संस्करणले चौतर्फी चाचल्य छराएपछि अनुवाद पुस्तकको परिपूर्ति गर्न सन् १९९२ मा त्यसको दोस्रो संस्करण पनि छाप्नु परेको थियो। अझ कुराले फन्को त्यो समय मान्यो जब प्रथम संस्करण छापिएको अठ्ठाइस वर्षपछि सन् २०१० मा श्री कुबेरचन्द्र दाहालज्यूले संविधानको सबै संशोधित नयाँ घारा र उपधाराहरूलाई समावेश गर्नुभएर भारतको संविधानको नेपाली अनुवादको नयाँ संस्करण प्रकाशित गर्नुभयो। यसपल्ट यस संस्करणको प्रकाशक हुनुहुन्थ्यो दार्जीलिङका सांसद श्री राजु विष्टज्यू ।

तेस्रोपल्ट प्रकाशित मास्तको संविधानको नेपाली अनुवादले पनि प्रशंसाको पराकाष्ठा पार नगरेको होइन। श्री कुबेर दाहालज्यूको मारतको संविधान सिक्किम, दार्जीलिङ पहाड़, सिलगढी-तराई-डुवर्स, उत्तर-पूर्व भारत साथै भारतका विभिन्न प्रान्तहरूसम्म पुगिसकेको छ। विभिन्न सरकारी तथा गैरसरकारी संस्थानहरू, वर्तमान अनि पूर्वका विधायकगण, सांसद अनि मन्त्रीगण, मुख्यमन्त्री अनि राज्यपालगणलगायत समाजका विज्ञ बुद्धिजीवीगणले श्री कुबेरचन्द्र दाहालज्यूलाई भारतको संविधानको नेपाली भाषामा अनुवाद गर्नुभएर तीनपटक प्रकाशमा ल्याउनुभएकोमा आभार प्रकट मात्रै होइन यसले नेपाली अनुवाद साहित्यको सम्पद अझ धनी बनाइदिएको कुरा उल्लेख गर्नुभएको छ।

तर विडम्बनाको कुरा के छ भने यस वर्ष अस्ति २६ नोभेम्बर, २०२५-को दिन संविधान दिवसको शुभोपलक्ष्यमा भारतको संसद भवनमा आठों अनुसूचीअन्तर्गत मान्यता पाएका नौवटा क्षेत्रीय भाषाहरूमा मारतको संविधानको अनुवाद आदरणीय राष्ट्रपति श्रीमति द्रोपदी मुर्मुज्यूले विमोचन गर्नुभयो, जसमा नेपाली भाषामा पनि अनुवादित भारतको संविधान थियो । खुशीको यस क्षणमा दुःखको कुरा के थियो भने राष्ट्रपतिद्वारा विमोचन गरिएको भारतको संविधानको नेपाली भाषामा अनुवादित पुस्तकमा श्री कुबेरचन्द्र दाहालज्यूको कतै पनि कुनै पनि प्रकारले नाम उल्लेखित छैन। नेपाली भाषामा अनुवादित यस पुस्तकभित्र अनुवादकको नामावलीमा सिक्किमलगायत दार्जीलिङ पहाड़ साथ तराई डुवर्सका धेरैजना सहभागी लेखकगणको नाम समावेश भए तापनि श्री कुबेरचन्द्र दाहालज्यूको नाम कहीँ कतै कुनै पनि रूपमा उल्लेखित छैन। यो एउटा आश्चर्यजनक मात्रै नभएर उराठजनक पनि विषय हो। मलाई लाग्छ यो हाम्रो जातिको र समाजको विमारी विचारको उपज हो।

२६ नोभेम्बर, २०२५-को दिन संसद भवनमा राष्ट्रपतिद्वारा विमोचित भारतको संविधानको नेपाली अनुवादक टोलीलाई साधुवाद छ तर जसले मारतमा नेपाली भाषाले मान्यता नपाइकन नै आजभन्दा लगभग ३४ वर्ष अघि नै प्रथमपल्ट नेपाली भाषामा भारतको संविधान नेपालीमा अनुवाद गर्नुभयो, उहाँको नाम मारत सरकारले मान्यता दिएर संसद भवनभित्र राष्ट्रपतिद्वारा विमोचन गरिएको अनुवाद पुस्तकमा कुनै पनि रूपमा उल्लेख नहुनु यो श्री कुबेरचन्द्र दाहालज्यूप्रति अन्याय हो।

आजभन्दा तीन दशकअघि साधन र स्रोतको सीमितताभित्र बसेर श्री कुबेरचन्द्र दाहालज्यूले भारतको संविधानको विवेकपूर्ण सदुपयोग हाम्रो मातृभाषा नेपालीमा गर्नुभएको कुरालाई गहिराइपूर्वक विवेचना गरेर यसपालीको अनुवादकगणले श्री कुबेरचन्द्र दाहालज्यूप्रति अन्याय हुन दिनु हुँदैनथ्यो। किनकी बनाइसकेको गोरेटोमा थप ढुङ्गा जोड्नेभन्दा पहिलो पाइला चालेर गोरेटो तयार पारिदिने महान् हुन्छन्। श्री कुबेरचन्द्र दाहालज्यू कतै स्वार्थ समूह‌को खेलमा त चेप्टिनुभएन? तर श्रेय खोस्ने चक्रव्यूह‌मा जति नै चेप्ट्याउन खोजे पनि भारतको संविधानको नेपाली अनुवादको धरातलीय यथार्थमा श्री कुबेरचन्द्र दाहालज्यूको नाम नै प्रथम अनि प्रधान अनुवादकको रूपमा स्वीकारिन्छ। यत्तलाई कसैले पनि ‘नाइ’ मन्न सक्दैन ।


Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ