मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

Share this news

पेशोक, 3 दिसम्बर(निसं): लामाहट्टा क्लस्टर अधिनस्थ तीनवटा ग्राम पञ्चायतहरु क्रमैले लामाहट्टा, सिंग्रीताम अनि मानेडाँडाका जम्म 216 जना मौरी पालक उद्यमीहरुलाई मौरीको डुँड् प्रदान गरिएको सिंग्रीताम ग्राम पञ्चायतका कृषि औं प्राणी संपदा विभागीय संचालक धिरज राईले दर्पणलाई जानकारी दिएका छन् । उक्त अवसरमा नै मौरीको डुँड् प्रदान संगै बीट अनि जाजँरको बीउँ पनि प्रदान गरिएको धिरज राईको भनाईछ।
सोयल कञ्जरभेसन विभागका निर्देशक पीएन बस्नेतको विशेष उपस्थितिमा उक्त मौरीको डुँडसँगै बीट अनि गाजँरको वीज आदि प्रदान गरिएको बताइएको छ, भने यस अवसरमा लामाहट्टा ग्राम पञ्चायत प्रधान मञ्जु वाईबा, कृषि प्राणी संपदा विभागीय सञ्चालक ल्हमु शेर्पा, सारिका राई, प्रगती तामङ, किसन बीके, आदिको पनि उपस्थितिमा लामाहट्टा फाट्कमा प्रदान गरिएको थियो। यता सिंग्रीताम अनि मानेडाँडा ग्राम पञ्चायत क्षेत्रका मौरी पालकहरुलाई सात माईल फाट्कमा सिंग्रीताम ग्राम पञ्चायत प्रधान निमेष मंग्रान्ती, उपप्रधान प्रविन राई थिए भने मानेडाँडा ग्राम पञ्चायत उपप्रधान नथिनियल लेप्चा, आदिको उपस्थितिमा  प्रदान गरिएको जानकारी गराएका छन् । उद्यमी मौरी पालकहरुले डुँड् प्राप्त गरे पछि खुशी व्यक्त गर्दै सोयल कञ्जरभेसन विभाग साथै सम्बन्धित ग्राम पञ्चायत  प्रति आभार व्यक्त गरेका छन्।

Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न