GNLF Committee Meeting Darjeeling
GNLF Committee Meeting Darjeeling

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा खर्साङ ब्राञ्च कमिटी अन्तर्गत सोनादा–पचेङ समष्टिको अप्पर सोनादामा एक महत्वपूर्ण साङ्गठनिक सभा सम्पन्न भएको छ। अन्तरे राईको अध्यक्षतामा सम्पन्न उक्त सभाले संगठनको सुदृढीकरण तथा विस्तारलाई केन्द्रमा राखेर विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ। सभालाई शुद्ध तामाङले सञ्चालन गरेका थिए भने गोरामुमो सोनादा–पचेङ समष्टिका अध्यक्ष भुपेन गुरुङ तथा सोनादा टाउन कमिटीका अध्यक्ष रुस्तम छेत्रीको विशेष उपस्थिति रहेको थियो। उपस्थित नेताहरूले संगठनलाई अझ सशक्त र जनमुखी बनाउँदै आगामी दिनमा जनसम्पर्क तथा जनसेवामूलक गतिविधिहरूलाई तीव्रता दिने विषयमा जोड दिएका थिए। सभाले सर्वसम्मतिले पुरानो शाखा कमिटी विघटन गरी नयाँ कार्यसमिति गठन गर्ने प्रस्ताव पारित गरेको थियो।

त्यस अनुसार नवगठित अप्पर सोनादा शाखा कमिटीको अध्यक्षमा पेम्बा तामाङ, उपाध्यक्षमा राजेन शेर्पा, सचिवमा राजेन तामाङ, सह–सचिवमा मिलन राई तथा कोषाध्यक्षमा दिनेश साम्पाङ चयन भएका छन्। साथै, १० जना कार्यकारिणी सदस्यहरू समेत सर्वसम्मतिले चयन गरिएको जानकारी दिइएको छ। नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई खदा ओढाएर बधाई तथा शुभकामना व्यक्त गर्दै समष्टि अध्यक्ष भुपेन गुरुङले पार्टीको सिद्धान्त, नीति तथा अनुशासनलाई आत्मसात् गर्दै जाति र माटोको हितका निम्ति समर्पित भएर कार्य गर्न आह्वान गरे। उनले संगठनको एकता, समर्पण र जनविश्वास नै गोरामुमोको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गरे।

यसै अवसरमा सन् १९८६ को ऐतिहासिक गोर्खाल्याण्ड आन्दोलनमा सोनादा क्षेत्रबाट महत्वपूर्ण योगदान पुर्‍याएका वरिष्ठ योद्धा अन्तरे राईलाई विशेष सम्मान प्रदान गरिएको थियो। गोरामुमो सोनादा–पचेङ समष्टिका प्रतिनिधिहरूले उहाँलाई खदा ओढाएर सम्मान व्यक्त गर्दै आन्दोलन तथा समाजप्रतिको उहाँको योगदानप्रति कृतज्ञता प्रकट गरेका थिए। साथै, उपस्थित कार्यकर्ताहरूले उहाँबाट आशिर्वाद ग्रहण गर्दै आन्दोलनको आदर्श र संघर्षको विरासतलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए।सभाको समापन संगठनलाई तल्लो तहसम्म थप सुदृढ बनाउँदै गोर्खा समाजको हक, अधिकार र पहिचानका सवालमा एकजुट भएर अघि बढ्ने संकल्पसहित गरिएको थियो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ