GJM Memorandum Submission
GJM Memorandum Submission

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

Share this news

गाेर्खा जनमुक्ति माेर्चा मिरिक महकुमा समितिले बिहीबार मिरिक खण्ड विकास कार्यालयमा एउटा ज्ञापन पत्र बुझायाे।ज्ञापन दिने माेर्चा टाेलीमा गाेजमुमाे मिरिक महकुमा अध्यक्ष रूपेस राई, सचिव सचिन गुरूङ, गाेजमुमाे सियाेक गाेपालधारा ओकेटी समष्टि अध्यक्ष याेगेस गाेले, मिरिक थर्बु डुप्टिन समष्टि अध्यक्ष मुकुल घिमिरे, टाउन कमिटि अध्यक्ष उमेष बिष्ट, महकुमा समिति प्रवक्ता अर्पण राई, माेर्चा नेताहरू लाडुप घिसिङ, अभिषेक श्रेष्ठ,संजीव लामा आदि प्रमुख थिए। मिरिक खण्ड विकास कार्यालयमा ज्ञापन बुझाएपछि संचार माध्यमशीत बाेल्दै महकुमा प्रवक्ता अर्पण राईले ग्राम पन्चायत क्षेत्रमा सरकारबाट हुने जनमुखी कार्य,सरकारी सहयाेग र सहुलियतबारे खण्ड विकास अधिकारीसित चर्चा भएकाे बताए। राईले ग्राम पन्चायत क्षेत्रमा कुनै पनि विकासकाे कार्य गरिन्दा पारादर्शी ढंगमा गरिनु पर्ने अनि भुक्तभोगीहरूकाे समस्याकाे समधान सही ढंगमा गरिनुपर्ने निवेदन गरिएकाे बताए।

राईले खण्ड विकास अधिकारीसित गत ४ अक्टाेबरमा आएकाे भल पैह्राे विषयमा चर्चा गर्दै कतिपय पिडितहरूले हालसम्म सरकारी सहयाेग पाउन नसकेकाे अनि सडक,पुल आदि निर्माण हुन नसकेकाे विषयमा चर्चा हुन साथै आगमी पानीकाे माैसममा सतर्कताबारे पनि चर्चा भएकाे जानकारी गराए।तिनले एसआरआईमा नाम छुटेकाहरूकाे नाम हाल्नुपर्ने विषयमा पनि चर्चा भएकाे जानकारी गराँउदै वर्तमानमा उपभोक्ताहरूले भाेग्न परेकाे खाना पकाउने ग्यास सिलिन्डरको बिषयमा पनि चर्चा भएकाे बताए। खण्ड विकास अधिकारीशीत अन्नपूर्ण भण्डार याेजना विषयमा पनि चर्चा भएकाे अनि अन्नपूर्णकाे रकम सबै याेग्य भारतीय महिलाहरूले पाउने जसकाेलागि फारम खण्ड विकास कार्यालय अनि ग्राम पन्चायतले उपलब्ध गराँउने खण्ड विकास अधिकारीले जनाएकाे बताए। भेटमा खण्ड विकास अधिकारी समक्ष जनप्रतिनिधिहरूलाई राखेर एउटा सभा राखेर विविध विषयमा छलफल गरिदिने पनि माेर्चा टाेलीले अनुराेध गरेकाे बताए। सबै कुराे सुनेपछि खण्ड विकास अधिकारीले सकरात्मक आश्वसन दिएकाे प्रवक्ता अर्पण राईले बताए।

Share this news
आजको रोजाइ
लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

राशन कार्डबाट नाम हटाइएको विषयमा जानकारी लिन खाद्य तथा वितरण विभाग पुगे उपभोक्ता

राशन कार्डबाट नाम हटाइएको विषयमा जानकारी लिन खाद्य तथा वितरण विभाग पुगे उपभोक्ता

‘हामीलाई यसमा नतान्नुहोस्’: विद्यार्थीमाथि बल प्रयोगबारे दर्ता याचिकामा दिल्ली उच्च अदालतको टिप्पणी

‘हामीलाई यसमा नतान्नुहोस्’: विद्यार्थीमाथि बल प्रयोगबारे दर्ता याचिकामा दिल्ली उच्च अदालतको टिप्पणी

आजको रोजाइ