आदि पत्रकार पादरी गङ्गाप्रसाद प्रधानको 174औं जयन्ती पालन

Share this news

बिजनबारी, 6 जुलाई(निसं): आदि पत्रकार तथा नेपाली साहित्य इतिहासका अग्रज, प्रथम सम्पादक,प्रथम नेपाली बाइबल अनुवादक, पादरी गङ्गाप्रसाद प्रधानको 174औं जन्म जयन्ती शुक्रबार रेलिङमा पालन गरियो।
स्थानीय हाउस अफ जोय तथा हाउस अफ फिस लोवर रेलिङमा आयोजना गरिएको कार्यक्रमको अवसरमा मनसुन फ्री क्याम्पको समापन समेत गरिएको थियो भने कार्यक्रममा वरिपरिका साहित्य अनुरागीसंगै इसाई धर्मवालम्बीहरुको विशेष रूपमा उपस्थित थियो।
कार्यक्रममा मुख्य रूपमा पादरी गगाप्रसाद प्रधानले गोर्खा समाजमा पुर्‍याएको योगदानलाई उपस्थिति सबैलाई जानकारी गराइयो भने आजको युवावर्गहरुमा प्रधान बिस्तारै अनजान हुदै गएको तथा यो सबैको कारण उनको योगदानलाई गोर्खा समाजले औपचारिक रूपमा मात्रै पालन गरेर युवाहरूमा पुर्‍याउन नसकेकोमा दु:ख प्रकट गरियो। यसका साथै सबैको जिम्मेवार प्रधान केन्द्रित विविध कार्यक्रमहरु गर्नुपर्नेमा जोड दिएको आयोजक समितिको पक्षमा अमित सिङ्गोकले जानकारी गराए।
उनले बताए, पादरी गङ्गाप्रसाद प्रधानले गोर्खा समाजलाई अतुलनीय योगदान पुर्याएका छन। उनले 18 वर्षको उमेरसम्म दार्जीलिङको गिङ कमानमा कोइला बोक्ने साथै चियाश्रमिकको रूपमा कार्य गरेका थिए भने आफ्नो जीवनको 19 वर्ष पुग्दा उनी प्रथमपटक स्कूलमा अक्षरहरू चिन्न भर्ना भएका थिए। शिक्षा आर्जन गरे पछि केही वर्ष शिक्षकको रूपमा पनि कार्य गरेका प्रधानले सन् 1901 सालमा एउटा प्रेसलाई किनेर द गोर्खा प्रेस- भनेर नयाँ नाम दिए पछि त्यस प्रेसबाट पहिलो गोर्खे खबर कागत समाचार पत्रिका प्रकाशित गरेका थिए। जुन
‘गोखें खबर कागत’ दार्जीलिङको ने सबैभन्दा जेठो मासिक समाचार पत्रिका मानिन्छ। यसका साथै पादरी गङ्गाप्रसाद प्रधान 1914 सालमा प्रथमपल्ट बाइबललाई नेपालीमा अनुवाद गरे अरू धेरै किताबहरू पनि प्रकाशीत गरे। जाति, भाषा, साहित्य अनि शिक्षमा उनको योगदान अहम छ।



Share this news
आजको रोजाइ
जलाधार महोत्सव पर्यावरणीय उत्तरदायित्वको महत्त्व

जलाधार महोत्सव पर्यावरणीय उत्तरदायित्वको महत्त्व

गाउँलाई पुच्का खुवाउने परिश्रमी भाष्कर राई 

गाउँलाई पुच्का खुवाउने परिश्रमी भाष्कर राई 

बिक्रम थापा बने अरुणाचल प्रदेशमा आयोजित ब्रुट विजेता

बिक्रम थापा बने अरुणाचल प्रदेशमा आयोजित ब्रुट विजेता

घलेगाउँ विशाल राईको घरमा आगलागी 

घलेगाउँ विशाल राईको घरमा आगलागी 

हिमालय इनिशिएटिवको एक्शन फर माउन्टेन एण्ड पिपल्स कार्यक्रम

हिमालय इनिशिएटिवको एक्शन फर माउन्टेन एण्ड पिपल्स कार्यक्रम

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने