150 years of Vande Mataram

वन्दे मातरमको १५० वर्ष पुरा, मिरिकमा निकालियो रैली

Share this news

राष्ट्रिय गीत ‘वन्दे मातरम’को एक सय पचास वर्ष पुरा भएको अवसरमा आज देशव्यापी विविध कार्यक्रमहरुको आयोजना गरिएको छ। स्वतन्त्रता सेनानीहरुको प्रेरणाको मन्त्र बनेको गीतले ब्रिटिस उपनिवेशवाद विरुद्धको लडाईंमा अहम भूमिका निभाएको थियो। बंकिम चन्द्र च्याटर्जीले लेखेको गीत, उनैको उपन्यास आनन्दमठमा समावेश छ। भारत स्वतन्त्र भएपछि यस गीतलाई राष्ट्रिय गीतको दर्जा दिइएको छ। उक्त गीतको स्मरणमा आज मिरिकमा पनि एक रैलीको आयोजन गरियो। रैली कृष्णनगर परिसरबाट शुरु भएर मिरिक खण्ड विकास कार्यालयसम्म पुगेको थियो। रैलीमा स्थानीयहरुसहित एसएसबीका जवानहरु सहभागी बनेका थिए। रैलीको क्रममा भाजपा नेता राजेन मुखियाले मिडियालाई सम्बोधन गर्दै वर्तमान समयमा गीतको महत्वबारे प्रष्ट पारे। उनले स्वतन्त्रता सेनानीहरुको योगदानलाई स्मरण गर्न अनि जन गणमा गीतको औचित्य बुझाउन रैलीको आयोजना गरिएको जानकारी दिए।


Share this news
आजको रोजाइ
एक वर्षे राष्ट्रियस्तरीय समारोहको औपचारिक शुभारम्भ

एक वर्षे राष्ट्रियस्तरीय समारोहको औपचारिक शुभारम्भ

जीटीआर गठन भए जनजाति र छैटौं अनुसूचीमाथि काम गर्ने

जीटीआर गठन भए जनजाति र छैटौं अनुसूचीमाथि काम गर्ने

भाजपा सिक्किमद्वारा वन्दे मातरम्’को १५०औं वार्षिकी पालन

भाजपा सिक्किमद्वारा वन्दे मातरम्’को १५०औं वार्षिकी पालन

निःशुल्क कानुनी सहायता तथा जनचेतना कार्यक्रम सम्पन्न

निःशुल्क कानुनी सहायता तथा जनचेतना कार्यक्रम सम्पन्न

अन्तर्राष्ट्रिय हिमालयन रन एण्ड ट्रेक 9 नाेभेम्बरदेखि हुने

अन्तर्राष्ट्रिय हिमालयन रन एण्ड ट्रेक 9 नाेभेम्बरदेखि हुने

बुढीखोप सबमाविको ७५औं प्लेटिनम जुबिलीमा सीएम

बुढीखोप सबमाविको ७५औं प्लेटिनम जुबिलीमा सीएम

वन्दे मातरमको १५० वर्ष पुरा, मिरिकमा निकालियो रैली

वन्दे मातरमको १५० वर्ष पुरा, मिरिकमा निकालियो रैली

जल जीवनसंग सम्बन्धित सबै कामहरू देखरेख कमिटिले हेर्ने

जल जीवनसंग सम्बन्धित सबै कामहरू देखरेख कमिटिले हेर्ने

अस्तव्यस्त बनेको सियोक, गोदाम धुराको स्थिति सुध्रेको छैन

अस्तव्यस्त बनेको सियोक, गोदाम धुराको स्थिति सुध्रेको छैन

बुढीखोप सिनियर सेकन्डरी स्कूलको प्लेटिनम जुबली कार्यक्रम

बुढीखोप सिनियर सेकन्डरी स्कूलको प्लेटिनम जुबली कार्यक्रम