150 years of Vande Mataram
150 years of Vande Mataram

वन्दे मातरमको १५० वर्ष पुरा, मिरिकमा निकालियो रैली

Share this news

राष्ट्रिय गीत ‘वन्दे मातरम’को एक सय पचास वर्ष पुरा भएको अवसरमा आज देशव्यापी विविध कार्यक्रमहरुको आयोजना गरिएको छ। स्वतन्त्रता सेनानीहरुको प्रेरणाको मन्त्र बनेको गीतले ब्रिटिस उपनिवेशवाद विरुद्धको लडाईंमा अहम भूमिका निभाएको थियो। बंकिम चन्द्र च्याटर्जीले लेखेको गीत, उनैको उपन्यास आनन्दमठमा समावेश छ। भारत स्वतन्त्र भएपछि यस गीतलाई राष्ट्रिय गीतको दर्जा दिइएको छ। उक्त गीतको स्मरणमा आज मिरिकमा पनि एक रैलीको आयोजन गरियो। रैली कृष्णनगर परिसरबाट शुरु भएर मिरिक खण्ड विकास कार्यालयसम्म पुगेको थियो। रैलीमा स्थानीयहरुसहित एसएसबीका जवानहरु सहभागी बनेका थिए। रैलीको क्रममा भाजपा नेता राजेन मुखियाले मिडियालाई सम्बोधन गर्दै वर्तमान समयमा गीतको महत्वबारे प्रष्ट पारे। उनले स्वतन्त्रता सेनानीहरुको योगदानलाई स्मरण गर्न अनि जन गणमा गीतको औचित्य बुझाउन रैलीको आयोजना गरिएको जानकारी दिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड