साउथफिल्डमा पहिलो मुख्यमन्त्री बीसी रोयको जन्मोत्सव पालन

Share this news

दार्जीलिङ, 2 जुलाई(निसं): मंगलबार स्थानीय साउथफिल्ड कलेजद्वारा बिधान चन्द्र रोयको जन्म दिवस पालन गरियो। पश्चिम बंगाल राज्यको पहिलो मुख्यमन्त्री बीसी रोयकै सोचमा दार्जीलिङ पहाडमा सर्वप्रथम लरेटो कलेज नाममा वर्तमानको साउथफिल्ड कलेजको स्थापना भएको थियो। आज उनको जन्म दिवसमा कलेजका विद्यार्थीवर्ग, प्राध्यापक प्राध्यपिकागण साथै अशिक्षण कर्मचारीवर्गको उपस्थितिमा एउटा कार्यक्रमको आयोजना गरेर कलेजले बी सी रोयलाई स्मरण गरे। उनले तत्कालीन समयमा महिला कलेजको स्थापना गरेर दार्जीलिङका महिलालाई शिक्षाप्रति आकर्षित गरेका थिए। कार्यक्रममा कलेजका प्राचार्य डा. अनुराधा राईले उनको योगदानबारे अवगत गराए। स्मरण रहोस, डा. विधानचन्द्र रोयको जन्म तत्कालीन बेङ्गल प्रेसीडेन्सीका पटनामा 1 जुलाई 1882 सालमा भएको थियो। उनी एकजना डाक्टर सर्जन साथै राजनीतिज्ञ थिए। उनले बंगालमा धेरै शैक्षिक संस्था अनि सहरहरूको निर्माणमा आफ्नो योगदान पुऱ्याएका थिए। बङ्गालको सल्टलेक, कल्याणी, दुर्गापुर आदि सहरहरू बसाउनमा उनको महत्वपूर्ण योगदान रहेको थियो साथै वर्तमान समयको साउथफिल्ड कलेज पुरानो लरेटो कलेजको स्थापनामा पनि डा. बीसी रोयको योगदान अतुलनीय रहेको छ भनी जन्म दिवस समारोहमा जनाइयो।






Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न