पुरानो सिनेमा हल तर्फबाट बर्खाको भल अझ पनि सड़क हुँदै बजारमा

Share this news

खरसाङ,  (मोहन प्रसाद):बगिरहेको छ। खरसाङ पुरानो सिनेमा हल नजिक संग्लग्न क्षेत्रको थुनिएको र पुरिएको नाला पर्णरूपमा खोलिनु अझै पनि बाँकी नै रहेको छ। यसको कारण बर्खाको पानी साथै अन्य संलग्न नाला-झोड़ाबाट ओभर फ्लो भएर बग्ने पानी अहिले पनि सड़कमा बग्ने गरिरहेको छ। फलस्वरुप, राजमार्ग किनारमा रहेका घर-दोकानमा बर्खाको भल पसेर मानिसहरूले असुविधा भोग्नु परिरहेको रहेको छ भनी स्थानीय मानिसहरूले बताएका छन्‌‍। पत्रकारहरूसित बोल्दै स्थानीय निवासी सुदन सिंहले बताए अनुसार, गत वर्ष खरसाङ नगरपालिकाद्वारा खरसाङस्थित पुरानो सिनेमा हल नजिकको बन्द भएको झोड़ालाई खोल्ने कार्य गरिएको थियो भने रेलवे क्वाटरको मुनिलो भागमा रहेको पुरानो नालालाई पनि खोल्ने कार्य गरिएको थियो। पुरानो नाला लामो दूरीसम्म खोल्ने कार्य भए तापनि उक्त नालालाई झोड़ासम्म खोल्ने कार्य नभएको तिनले बताए । तिनले यो पनि जनाए कि उक्त नाला विभिन्न पानीको पाइपले जाम भएको छ। वर्खाको पानी नालामा बग्ने ठाउँ नै छैन्‌‍ अनि सड़कमा बगिरहेको छ। बर्खामा सड़कमा बग्दै गरेको भललाई नाला तर्फ लैजानको निम्ति त्यहीँ सड़क किनारमा रहेको रेलवे लाइनको स्लीपरको मुनिबाट पानी बग्ने ठाउँ प्रबन्ध गरेको खण्डमा, खरसाङ बजार क्षेत्रमा भल बग्ने थिएन एवं घर दोकानमा पानी पस्ने थिएन। तर खेदको कुरो यो छ कि शोसल मिडिया मार्फत्‌‍ साथै समाचार पत्र मार्फत्‌‍ उक्त विषयमा तिनले धेरै पल्ट सम्बन्धित निकायको ध्यान आकर्षण गर्ने प्रयास गर्दा पनि अहिले पनि उक्त विषयमा कुनै पनि सम्बन्धित अधिकारी अघि नआएको तिनले जनाए । तिनले थप जनाए अनुसार, सन्त पावल चर्च परिसरदेखि खरसाङ्को पुरानो सिनेमा हल नजिकसम्म रेलवे लाइनको किनारमा पुरानो नाला रहेको छ, जो धेरै दशक देखि बन्द रहेको छ। उक्त क्षेत्रबाट पनि सड़क किनार हुँदै भल बजारमा बग्ने गरिरहेको छ। जसले गर्दा सबै वर्गका मानिसहरूले समस्या भोग्नु परिरहेका छन्‌‍। मीडिया मार्फत तिनले एकपल्ट पुन: सम्बन्धित निकायहरूको ध्यान आकर्षण गराएको पनि तिनले बताए । सुदन सिंह बाहेक कतिपय अन्य स्थानीयहरूले पनि राजमार्गमा बग्ने भलको सठीक व्यवस्थापन विगतको दशकहरू झैं रेलवेसित मिलेर गर्नु पर्ने बताएको छन्‌‍। स्थानीय मानिसहरूले विगत वर्ष यहाँको झोड़ामा अड़किएको फोहोर-मैला निकालेर सिमेन्टको बोरहरूमा हालेर बरको फेदमा राखिएको र त्यो अहिलेसम्म नउठाइएको पनि गुनासो गरे।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान