भागोप्रमो चैतेपानी शाखाको सफाई अभियान आरम्भ

Share this news

खरसाङ, 12 जुलाई (निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा चौतेपानी शाखाद्वारा गाउँ सफाई अभियान आरम्भ गरिएको छ। जीटीएको 28 नम्बरह समष्टि अन्तर्गत चैतेपानी शाखाद्वारा शनिवार चैतेपानीको मुख्य सड़कदेखि गाउँ पस्ने बाटो किनारको घाँस-पात, झार-जंगलको सफाई गरियो। सफाई गर्ने क्रममा बन्द भएका नालीहरू खोलिने कार्य पनि गरियो। सफाईपछि सड़क किनार, नाली अनि वरिपरिको क्षेत्रमा ब्लिचिङ छर्किने कार्य पनि गरियो। प्राप्त जानकारी अनुसार सभासद् श्याम शेर्पाले ब्लिचिङ उपलब्ध गराएका थिए। कार्यक्रममा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा चैतेपानी शाखा सभापति सञ्चवीर राई, सचिव नवराज गजमेर, अन्य नेतृत्वहरू विराज राई, प्रशान्त शर्मा, प्रमोद सुब्बा, सञ्जय लोहागण, सुनिल रुचाल, लक्ष्मण शर्मा उपस्थित रहेका थिए भने यी नेतृत्वहरूको पहलमा यो कार्यक्रम सम्पन्न गरिएको थियो। कार्यक्रममा गाउँवासीको पनि राम्रो उपस्थिति थियोे। यस कार्यक्रम बारेमा गाउँवासी प्रशान्त शर्माले जानकारी गराउदै भने, बर्खायामा गाउँको बाटोमा धासँ-पात, झार-जंगल पलाएर मानिसहरूलाई हिँड़न निकै समस्या हुने गर्छ, सर्प र जंगली जनावारहरूको पनि डर हुन्छ, बाटोमा लेउ लागेर चिप्लो भएकोले लड़ने सम्भवना रहन्छ। विगतमा कतिपय मानिसहरू बाटोमा लड़ेर हड्डी भाँचिएको घटनाहरू पनि छन्। यसैले हामीले बाटो, नाली अनि वरिपरिको सफाई गर्ने नालाहरू खोल्न कार्य साथै बाटोमा ब्लिचिङ पाउडर छर्ने कार्य गरेका हौँ। यो कार्यक्रम जनसाधरणमा जागरुता फैलाउने उद्देश्यले पनि गरिएको हो, आफ्नो गाउँ-घर आफै सफा राख्नुपर्छ, विभागमा मात्रै भर पर्नु हुँदैन, कारण हामी आफैले सफा गर्‍यौँ भने हामीले मैला गर्नु हुँदैन भन्ने सोच हामीमा पलाउँछ। तिनले यो सफाई अभियान शनिवारदेखि आरम्भ भएको बताउदै कार्यक्रम निरन्तर जानेछ आइतवारदेखि फेरि युवा शक्तिकाहरूले निरन्तर कार्य गर्नेछन्। तिनले यस कार्यक्रममा सभासद् श्याम शेर्पा केही समयको लागि उपस्थिति प्रोत्साहन प्रदान गरेका थिए, सभासद्ले ब्लिचिङ पाउडर प्रदान सहयोग प्रदान गरेका थिए, यसको निम्ति सम्पूर्ण गाउँवासीको तर्फबाट धेरै धेरै धन्यवाद दिन्छौँ भने। तिनले ललिता छेत्री अनि सफाई कार्यक्रममा सहभागिता जनाउने सम्पूर्ण धन्यवाद दिए भनी प्रचारप्रसार सदस्य विरस राईले जानकारी गराएका छन्।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान