बेटन स्कुल भानु सम्मानशीत भानु जयन्ती पालन

Share this news

दार्जीलिङ,15 जुलाई(निसं): बेटेन उच्चत्तर माध्यमिक विद्यालयमा आदिकवि भानुभक्त आचार्यको सम्मान गर्दै कार्यक्रम उल्लासपूर्वक सम्पन्न गरियो।
कार्यक्रमको संचालन वरिष्ठ शिक्षक भानु तामाङले गरेक थिए। विद्यालयका प्रधानाध्यापकले स्वागत मन्तव्य दिँदै भानु जयन्तीको महत्वमा प्रकाश पारे।भानुभक्त आचार्यको जीवन परिचय र भानु जयन्तीको ऐतिहासिक तथा सांस्कृतिक औचित्यबारे शिक्षक अमृत योञ्जनले मन्तव्य व्यक्त गर्नुभयो। कार्यक्रमको प्रारम्भमा छात्र-छात्राहरुले स्कुल गीत र स्वागत गीत प्रस्तुत गर्दै वातावरणलाई सांस्कृतिक र भावनात्मक बनाएका थिए। त्यसपछि विद्यार्थीहरुले रामायण पाठ गरे भने नवौं कक्षाकी छात्रा सलोनी मोथेले पाठ गरिएको श्लोकहरुको अर्थ सरल र प्रभावशाली रूपमा प्रस्तुत गरिन्।
सांस्कृतिक नृत्यसँगै विभिन्न जातीय तथा परम्परागत गीतहरुको प्रस्तुति कार्यक्रमको आकर्षण बने। कार्यक्रमको उद्देश्य र महत्वमाथि सह-शिक्षक आवाज राईले प्रेरणादायी मन्तव्य राख्नुभयो। शिक्षिकाहरुले भानुभक्त आचार्यद्वारा रचित रामायणको एक श्लोक सामूहिक रूपमा वाचन गर्दै साहित्यिक वातावरण सिर्जना गर्नुभयो। कार्यक्रमको समापन सह-शिक्षिका जया गुरुङद्वारा धन्यवाद ज्ञापनसहित गरियो।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न