Bijanbari to host multi-faceted literary event

बिजनबारी बहुआयामिक साहित्यिक कार्यक्रमको हुने

Share this news

बिजनबारी,11 जुलाई(निसं): शब्द साधना मञ्च पुलबजार र साहित्य अकादेमी, नयाँ दिल्लीको संयुक्त आयोजनामा बिजनबारी भेगमा पहिलोपटक बहुआयामिक साहित्यिक कार्यक्रमको आयोजना हुने भएको छ। शब्द साधना मञ्च, पुलबजार र साहित्य अकादेमी, नयाँ दिल्लीको संयुक्त आयोजनामा बिजनबारी भेगमा पहिलोपटक नेपाली साहित्यलाई केन्द्र गरि एक भव्य र बहुआयामिक साहित्यिक कार्यक्रमको आयोजना हुने भएको छ। आउँदो 19 जुलाईको दिन पुलबजारको सार्वजनिक भवन, अप्पर लाइनमा हुने कार्यक्रममा नेपाली भाषाका स्थापित तथा नवप्रतिष्ठित लेखकहरूद्वारा कार्यपत्र प्रस्तुति तथा विचार आदानप्रदान गरिने आयोजक समितिले जनाएको छ। यसका साथै यस्तो प्रतिष्ठित एवं स्तरीय कार्यक्रम पुलबजारमा पहिलोपटक आयोजना हुन लागेको हो बताइएको छ।
मुख्य रूपमा कार्यक्रम दुई सत्रमा हुने बताइएको छ। जसमा पहिलो सत्र साहित्य मञ्च बिहान 10 बजे सुरु हुनेछ भने साहित्य मञ्च कार्यक्रममा चारजना लेखकहरूले नेपाली साहित्यका विविध पक्षमा आफ्नो अध्ययन प्रस्तुत गर्नेछन्।
कार्यक्रमको स्वागत भाषण साहित्य अकादेमी नेपाली परामर्श समितिकी सदस्य आशा मुखिया लामाले दिनेछिन् भने अध्यक्षता शब्द साधना मञ्चका सभापति भक्त कुमार सुब्बाले गर्नेछन्। यसैगरी कार्यक्रममा विनुपा राईले नेपाली कवितामा लैङ्गिकता र तृतीय प्रकृतिको परिचय यस्तै कर्ण विरहले भारतीय नेपाली गजलमा स्वरूप र प्रयोग, कमल भट्टराईले बाल साहित्यको समग्र अध्ययन अनि डा. महेश दाहालले समकालीन तथा उत्तरआधुनिक कविता विश्लेषणमाथि आ आफ्नो कार्यपत्र प्रस्तुत गर्नेछन्। यस्तै कार्यक्रमको दोस्रो सत्रमा एम पथिकसँग विशेष भेटघाट केन्द्रित रहनेछ। जसमा प्रख्यात साहित्यकार एम पथिकसँग विशेष भेटघाट र अन्तरक्रिया हुनेछ। नेपाली साहित्यको योगदानमा महत्त्वपूर्ण स्थान राख्ने पथिकसँगको यो सजीव संवाद कार्यक्रमको अर्को आकर्षण हुने समेत आयोजक समितिले जनाएको छ। यसका साथमा सम्पूर्ण साहित्यप्रेमी, लेखक, विद्यार्थी तथा दार्जिलिङ क्षेत्रका बौद्धिक समुदायलाई कार्यक्रममा उपस्थित भई नेपाली साहित्यको समृद्ध बहस र चिन्तनमा सहभागी हुन हार्दिक निमन्त्रणा गरेको आयोजक समितिको पक्षमा कवि कर्ण विरहले गरेका छन।याद रहोस् शब्द साधना मंच गत मार्च महिनामा पुलबजार क्षेत्रबाट शुरु गरिएको साहित्यिक सस्थान हो भने सस्थाले छोटो अवधिमा साहित्य संबंधित धेरै महत्त्वपूर्ण कार्यहरु गरिसकेको छ।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान