खरसाङ सुपर लीग 2025 केएफसी अनि घुम्ती एफसी विजय

Share this news

खरसाङ, 11 जुलाई (निसं):अ खरसाङ फुटबल एसोसिएशन अनि गोर्खाल्याण्ड क्षेत्रीय प्रशाशनको खेल अनि युवा मामिला विभागको संयुक्त आयोजनामा सम्पन्न भइरहेको खरसाङ सुपर लीग फुटबल टुर्नामेन्ट 2025 को छैटौँ दिनको खेल सम्पन्न भएको छ। खरसाङ शहरदेखि 4 किलो मिटरको दुरीमा अवस्थित गोथल्स मेमोरियल स्कूलको खेल मैदानमा सम्पन्न भइरहेको यस टुर्नामेन्टको शुक्रवार सम्पन्न पहिलो खेल प्रिमियर डिभियन अन्तर्गत केएफसी अनि आईटीआई टुङ एफए माझ सम्पन्न भयो। यस खेलमा दुवै दलका खेलाड़ीहरूले विपक्षको गोल पोष्टमा गोल गर्ने धेरै प्रयास गरेका थिए। लगतार प्रयासको फलस्वरुप केएफसीका खेलाड़ीहरूले 4 गोल गरे। विपक्षी दल आईटीआई टुङका खेलाड़ीहरूले आफ्नो लगतार प्रयासको फलस्वरुप 2 गोल गर्न सके। यस प्रकार यो खेल केएफसीले 2 गोलको विरुद्ध 4 गोलले जित्यो। दोस्रो खेल च्याम्पियन डिभिजन अन्तर्गत घुम्ती एफसी अनि तीनधारे बोईजमाझ सम्पन्न भयो। यस खेलमा घुम्ती एफसी अनि तीनधारे बोईजका खेलाड़ीहरूको प्रदर्शन लगभग उस्ता-उस्तै देखियो। आफ्नो अग्र पंक्तिका खेलाड़ीहरूको लगतार विपक्षी दलको गोल पोष्टमा प्रहारको फलस्वरुप घुम्ती एफसीले तीन गोल गर्‍यो। तीनधारे बोईजका खेलाड़ीहरूले पनि विपक्षको गोल पोष्टमा गोल छिराउनको निम्ति समय-समयमा निकै राम्रो प्रयास गरेका थिए। लगतार प्रयासको फलस्वरुप तीनधारे बोईजका खेलाड़ीहरूले 2 गोल छिराए। यस प्रकार यो खेल घुम्ती एफसीले 2 गोलको विरुद्ध 3 गोलले जितेको छ। शुक्रवारको खेलको सञ्चालन हिल्स रेफेरीस एसोसिएसनका रेफेरीहरू सुरेन गुरुङ, नितेश देवान, रेबिका प्रधान, केवान राईले गरेका थिए भने फोर्थ अफिसियलमा सञ्जय थापा अनि प्रतीक प्रधान थिए। खरसाङ फुटबल क्लबका सचिव सुदीप राईले बताए अनुसार यस टुर्नामेन्टको प्रिमियर डिभिजनमा जम्मा 5 वटा फुटबल टीमले अंश ग्रहण गरेका छन्। यी 5 वटा दलले एक-अर्को सबै दलसित खेलिसकेपछि गोलको आधारमा जुन दलले सबैभन्दा अधिक अङ्क प्राप्त गर्छ त्यही दल विजेता घोषित गरिनेछ। च्याम्पियनशीप डिभिजनमा जम्मा 8 वटा दलले अङ्शग्रहण गरेका छन्। यी 8 वटा दललाई 4-4 दल गरेर दुईवटा पूलमा विभाजन गरेर खेलाइएको छ। 4-4 दलले आफ्नो पूलमा रहेका सबै दलसित एक-अर्कामा भिड़न्त गरिसकेपछि जुन दुई दलले सबैभन्दा अधि अङ्क प्राप्त गर्छ, ती दललाई आगामी 20 जुलाईको दिन फाइनल खेल खेलाइने छ। फाइनलका विजेता दल च्याम्पियन हुनेछ। टुर्नामेन्टका विजेता दलहरूलाई नगत राशिका साथै ट्रफी प्रदान गरिनेछ।


Share this news
आजको रोजाइ
जीर्ण बाटोमा लड़ेर एक महिला गम्भीर घाइते

जीर्ण बाटोमा लड़ेर एक महिला गम्भीर घाइते

शान्तिलाई एक मौका दिउँ थीमको साथमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

शान्तिलाई एक मौका दिउँ थीमको साथमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

भानु जयन्तीको लागि प्रतिभा छनोट कार्यक्रम

भानु जयन्तीको लागि प्रतिभा छनोट कार्यक्रम

सिक्किम पर्यावरण पर्व जुलाई १-१४सम्म पालन

सिक्किम पर्यावरण पर्व जुलाई १-१४सम्म पालन

खरसाङमा खेल मैदानको अभाव पुरा हुने कुरोमा आशावादी संघहरू

खरसाङमा खेल मैदानको अभाव पुरा हुने कुरोमा आशावादी संघहरू

कविता- हाम्रा भानुलाई ईमेल

कविता- हाम्रा भानुलाई ईमेल

खरसाङ सुपर लीग 2025 केएफसी अनि घुम्ती एफसी विजय

खरसाङ सुपर लीग 2025 केएफसी अनि घुम्ती एफसी विजय

नयाँ फलामको पूल निर्माणः नयाँ आशा

नयाँ फलामको पूल निर्माणः नयाँ आशा

आजको भेटघाट भयो रमाइलो

आजको भेटघाट भयो रमाइलो

गोर्खा जनपुस्तकालयद्वारा भानु जयन्तीमा अन्तर विद्यालय रामायण पाठ प्रतियोगिता आयोजना गरिने

गोर्खा जनपुस्तकालयद्वारा भानु जयन्तीमा अन्तर विद्यालय रामायण पाठ प्रतियोगिता आयोजना गरिने