खरसाङ सुपर लीग 2025 दुवै खेल बराबरीमा समाप्त

Share this news

खरसाङ, 8 जुलाई (निसं)ः खरसाङ फुटबल एसोसिशन अनि जीटीएको खेल अनि युवा मामिला विभागको संयुक्त आयोजनामा सम्पन्न भइरहेको खरसाङ सुपर लीग 2025 फुटबल टुर्नामेन्टको चौथो दिनको खेल सम्पन्न भएको छ। खरसाङ शहरदेखि चार किलो मिटरको दुरीमा अवस्थित गोथल्स मेमोरियल स्कूलको खेल मैदानमा सम्पन्न भइरहेको यो टुर्नामेन्टको चौथो दिनको प्रथम खेल प्रिमियर डिभिजन अन्तर्गत खेलियो। यस खेलमा जेआर 32 अनि आईटीआई टुङमाझ भिड़न्त भएको थियो, खेलमा दुवै दलको प्रदर्शन बराबरीको देखियो। दुवै दलका खेलाड़ीहरूले एक-अर्काको गोल पोष्टमा गोल गर्ने धेरै प्रयास गरे तर दुवै दलका रक्षा पङ्तिका खेलाड़ीहरूले विपक्षको आक्रमणलाई डटेर सामना गरे। तथापि दुवै दलका खेलाड़ीहरूले विपक्षको रक्षा पङ्तिका खेलाड़ीहरूलाई छक्काउदै आ-आफ्नो दलको तर्फबाट 2-2 गोल गर्न सफल बने। यस प्रकार यो लीग खेल 2-2 गोलको बराबरीमा समाप्त भयो। चौथो दिनको दोस्रो खेल च्याम्पियन डिभिजन अन्तर्गत सम्पन्न भयो। जसमा सन्त मेरिज फुटबल क्लब अनि तिनधारे बोईज क्लबमाझ भिड़न्त भएको थियो। यस खेलमा दुवै दलको प्रदर्शन उस्ता-उस्तै देखियो भने दुवै दलको रक्षा पङ्तिका खेलाड़ीहरूलाई लन्ड्याउदै दुवै दलका अग्र पङ्तिका खेलाड़ीहरूले आ-आफ्नो दलको तर्फबाट 5-5 गोल गरे। यस प्रकार यो खेल 5-5 गोलको बराबरीमा समाप्त भयो। चौथो दिनको खेलको सञ्चालन हिल्स रेफेरीस एसोसिएशनका रेफेरीहरू प्रमोद प्रधान, नितेश देवान, सौरभ शंकरले गरेका थिए भने फोर्थ अफिसियलमा सञ्चय थापा रहेका थिए। खरसाङ फुटबल क्लबका सचिव सुदीप राईले बताए अनुसार यस टुर्नामेन्टको प्रिमियर डिभिजनमा जम्मा 5 वटा फुटबल टीमले अंश ग्रहण गरेका छन्। यी 5 वटा दलले एक-अर्को दलसित खेलिसकेपछि जुन दलले गोलको आधारमा सबैभन्दा अधिक अङ्क प्राप्त गर्छ त्यही दल विजेता घोषित गरिनेछ। च्याम्पियनशीप डिभिजनमा जम्मा 8 वटा दलले अङ्शग्रहण गरेका छन्। यी 8 वटा दललाई 4-4 दल गरेर दुईवटा पूलमा विभाजन गरेर खेलाइएको छ। 4-4 दलले आफ्नो पूलमा रहेका सबै दलसित एक-अर्कामा भिड़न्त गरिसकेपछि जुन दलले सबैभन्दा अधि अङ्क प्राप्त गर्छ, ती दललाई आगामी 20 जुलाईको दिन फाइनल खेल खेलाइने छ। फाइनलका विजेता तल च्याम्पियन हुनेछ।


Share this news
आजको रोजाइ
खरसाङ सुपर लीग 2025 को बिहीवारको खेलमा युकेएफसी अनि त्रिशुली सङ्घ विजय

खरसाङ सुपर लीग 2025 को बिहीवारको खेलमा युकेएफसी अनि त्रिशुली सङ्घ विजय

जुनु गौतमको पिरतीको भाका गीतको रेकर्डिङ्ग

जुनु गौतमको पिरतीको भाका गीतको रेकर्डिङ्ग

PMMSY जागरूकतासङ्गै राष्ट्रिय माछा किसान दिवस

PMMSY जागरूकतासङ्गै राष्ट्रिय माछा किसान दिवस

राष्ट्रिय माछा किसान दिवस २०२५: राज्यस्तरीय वेबिनार

राष्ट्रिय माछा किसान दिवस २०२५: राज्यस्तरीय वेबिनार

गुरु पूर्णिमा पर्वमा स्वामीजीप्रतिको श्रद्धा र भक्ति

गुरु पूर्णिमा पर्वमा स्वामीजीप्रतिको श्रद्धा र भक्ति

कहिले पनि आफ्नो किताबको विमोचन नगराउने भूमिका नलेखाउने जीबी बलका दुई किताब प्रकाशित

कहिले पनि आफ्नो किताबको विमोचन नगराउने भूमिका नलेखाउने जीबी बलका दुई किताब प्रकाशित

तृणमूल कंग्रेस श्रमिक सङ्गठन जिल्ला अध्यक्षको पदमा उपेन्द्र छेत्री नियुक्त

तृणमूल कंग्रेस श्रमिक सङ्गठन जिल्ला अध्यक्षको पदमा उपेन्द्र छेत्री नियुक्त

????????????

गाई पालकहरूको संख्या घट्ने क्रम जारी

स्ट्रीट लाईट सुचारु गर्न पर्ने अनि बाँदरको समस्या समाधान गर्नु पर्ने आवाजको माग

स्ट्रीट लाईट सुचारु गर्न पर्ने अनि बाँदरको समस्या समाधान गर्नु पर्ने आवाजको माग

मंगनका नवनियुक्त पदाधिकारीहरूलाई स्वागत

मंगनका नवनियुक्त पदाधिकारीहरूलाई स्वागत

आजको रोजाइ