खरसाङका दुई खेलाड़ी राज्यस्तरीय जुडो प्रतियोगितामा

Share this news

खरसाङ, (मोहन प्रसाद): मार्शल आर्ट्स अनि फिट्नेस अकादमी खरसाङ्का दुई जुडो खेलाड़ी कलकत्तामा आयोजन हुनेे 52 औँ पश्चिम बंगाल राज्य जुडो च्याम्पियनशिप 2025 जुनियर सिनियक मेन-वुमनमा आफ्नो अंशग्रहण गर्न गइरहेको जानकारी अकादमीमा चेयरम्यान सन्दीप प्रधानले दिएका छन्‌‍। खरसाङ्मा पत्रकारहरूसित बोल्दै सन्दीप प्रधानले जनाए अनुसार, धेरै समयपछि राज्य सरकारको सम्बन्धित विभागद्वारा मान्यता प्राप्त राज्य जुडो च्याम्पयनशिपमा भाग लिन खरसाङबाट दुई खेलाड़ीहरू कृष्ण छेत्री अनि लेनिन्‌‍ राई कलकत्ता गइरहेका छन्‌‍। सन्दीप प्रधानले थप जनाए अनुसार, तिनले पाएको जानकारी अनुसार 1970 को दशकसम्म दार्जीलिङ पहाड़मा जुडो खेल्ने कतिपय खिलाड़ीहरू रहेका थिए। पछि कराते खेलको लोकप्रियता बढ़ेर गयो, जुडोलाई लिएर तिनको अकादमीले खोजी गर्दा तिनले थाह पाए कि दार्जीलिङ जिल्ला जुडो एसोसिएशन, सिलगड़ीको रंगपानीमा रहेको पाइयो। एसोसिएशनसित चर्चा-परिचर्चा गरेपछि अकादमीले गत केहि समयदेखि पहाड़मा पुन: जुडोलाई लिएर प्रशिक्षण कार्य गरिरहेको थियो। जुडो विषयमा धेरै कम मानिसलाई ज्ञान भएको हुनाले केही युवा-युवतीले तिनको अकादमीबाट प्रशिक्षण प्राप्त गरिरहेका छन्‌‍। यसरी तिनको अकादमीको दुई खेलाड़ीहरू आगामी 8 अगस्तदेखि 10 अगस्तसम्म कलकत्ताको खुदीराम अन्सुल्न केन्द्र भवनमा आयोजना हुने 52 औँ पश्चिम बंगाल राज्य जुडो च्याम्पियनशिप 2025 भाग लिन गइरहेका छन्‌‍। प्रधानले थप जनाए अनुसार, जुडो एउटा ओलम्पिकमा मान्यता प्राप्त खेल हो अनि सरकारद्वारा पनि मान्यता प्राप्त रहेको छ। यस खेलमा आफ्नो उत्कृष्ट प्रदर्शन दिने खेलाड़ीहरूको निम्ति सरकारबाट पनि धेरै सुविधाहरू प्रदान गरिन्छ। यस खेलको माध्यमले युवा-युवतीहरूले आफ्नो उज्जवल भविष्य बनाउन सक्ने छन्‌‍ भनी तिनले जनाए। तिनले थप जनाए अनुसार, तिनको अकादमीले चाँडै धनुकाँड़ अनि फेन्सिङ खेल माथि पनि प्रशिक्षण दिने योजना बनाई सकेको छ। वर्तमानमा दुई खेलाड़ीहरूलाई राज्य स्तरको प्रतियोगितामा तयारीको निम्ति प्रशिक्षण चलिरहेको छ।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान