Warning: Trying to access array offset on false in /var/www/html/wordpress/wp-content/plugins/elementor-pro/modules/dynamic-tags/tags/post-featured-image.php on line 39

सालिगअघि अपशब्द लेख्ने कुत्त्वहरूलाई पक्राउ गरी कार्वाहीको माग

Share this news

दार्जीलिङ,22 जुलाई (निसं):21औं शताब्दीमा पनि समाजमा असभ्य व्यक्तिहरू रहेको कुरो दार्जीलिङ मलरोड परिसरमा रहेको मास्टर मित्रसेन थापाको सालिग अघि अंग्रेजी भाषामा लेखिएको अपशब्द-ले पुष्टि गरेको छ। मास्टर मित्रसेन थापा साहित्य कला संस्थाले उक्त घटनाको कड़ा निन्दा गर्दै घोर प्रतिवाद जनाउँदै यस्ता असामजिक कुतत्वहरूलाई चाँड़ो पक्राउ गरेर कार्वाही गरिनुपर्ने माग गरेको छ। संस्थाको पक्षमा बोल्दै सन्त रोबर्ट स्कूलका शिक्षक अमित थापाले भने, आजको युगमा पनि यस्ता कुतत्वहरू रहेछ भन्ने जान्नमा आयो। हिजो राति वा आज बिहान सालिग अघि यसरी अपशब्द लेखिएको हो। यसले हामी दुःखी छौं। मास्टर मित्रसेन थापाको सालिग अघि अपशब्द लेखिएको सुनेपछि आफूहरू उक्त ठाउँमा गएर हेरेको बताउँदै उनले भने, उक्त ठाउँमा मास्टर मित्रसेन थापाबाहेक अरू | सालिगहरू पनि राखिएको छ। आज मास्टर मित्रसेन थापाको सालिग अघि लेख्यो भने भोलि अन्य जगातिर पनि लेखिएला। कस्तो कुराको सन्देश दिइरहेको छ। दार्जीलिङ एक पर्यटन स्थल हो। देश-विदेशबाट पर्यटकहरू आएर मलरोड घुम्ने गर्छन्। त्यो ठाउँ भीआईपी क्षेत्र पनि हो। त्यहाँबाट राजभवन नजिकै छ अनि त्यहाँ २४ घण्टा नै पुलिस प्रशासन भएको जस्तो हामीलाई लाग्छ। थापाले अघि भने, त्यति हुँदा हुँदै पनि त्यहाँ त्यस्तो कुराको समय लिएर यस्तो नराम्रो शब्दहरू निखिदिएको छ। के उद्देश्य हो, त्यो हामी जान्दैनौं। जुन उद्देश्यले त्यो उचित भएको छैन। हामी कड़ा शब्दमा यसको भर्त्सना जनाउँछौं। निन्दा गर्छौँ। उनले पुलिस प्रशासन, दार्जीलिङ नगरपालिका अनि जीटीए-का अधिकारीहरूलाई यस्तो कुकार्य हुन नहुने अपिल गर्दै सालिग अघि अपशब्द लेख्नेहरूलाई पक्राउ गरी कार्वाही गरिनुपर्ने माग गरे। अमित थापाले भने, दार्जीलिङकै एउटा नराम्रो सन्देश हामीले दिइरहेका छौं जस्तो हामीलाई लागिरहेको छ। यस्ता लेख्ने व्यक्तिहरू कदापि सजनहरू होइनन्। उनीहरू राम्रो व्यक्तिहरू होइनन्। यस्तो कुकार्य रोक्न सबै अघि आउनुपर्छ। अरू सालिगहरू पनि छ। सबै संघ संस्थाहरू सजक भएर बस्ने स्थिति दार्जीलिङ देख्दैछौं। यसले हाम्रो समाजमा असभ्य व्यक्तिहरू पनि छन् भन्ने कुरा उजागर भएको छ।


Share this news
आजको रोजाइ
आश्रम पाडा स्थित नवनिर्मित किरणचन्द्र भवनको उद्धाटन

आश्रम पाडा स्थित नवनिर्मित किरणचन्द्र भवनको उद्धाटन

होलङ बस्तीमा राज्य सरकारको तर्फबाट राहत वितरण

होलङ बस्तीमा राज्य सरकारको तर्फबाट राहत वितरण

मुख्यमन्त्रीले १२ औं ग्यालेटसब रिन्पोछेको गरे दर्शन

मुख्यमन्त्रीले १२ औं ग्यालेटसब रिन्पोछेको गरे दर्शन

आइजीजेएफद्वारा थर्बु नन्दलाल गाउँकाे शिविरमा राहत वितरण

आइजीजेएफद्वारा थर्बु नन्दलाल गाउँकाे शिविरमा राहत वितरण

पीडितहरूलाई राज्य र क्षेत्रीय सरकारले हेपेको छः लामा

पीडितहरूलाई राज्य र क्षेत्रीय सरकारले हेपेको छः लामा

तृणमूल छात्र परिषद अध्यक्ष सैनब चक्रवर्तीलाई स्वागत

तृणमूल छात्र परिषद अध्यक्ष सैनब चक्रवर्तीलाई स्वागत

बिरपाडा र कामाख्यागुड़ीमा रेलको ओभरब्रीजको मागमा ज्ञापन

बिरपाडा र कामाख्यागुड़ीमा रेलको ओभरब्रीजको मागमा ज्ञापन

एसडीएफ र सीएपीका समर्थकहरू एसकेएममा सामेल

एसडीएफ र सीएपीका समर्थकहरू एसकेएममा सामेल

क्यारिङ्ग ह्यान्डले बिनय प्रधानलाई निका पारी फर्कायो घर

क्यारिङ्ग ह्यान्डले बिनय प्रधानलाई निका पारी फर्कायो घर

विधायक संजीत खरेलले बिहानै सुने क्षेत्रवासीको समस्या

विधायक संजीत खरेलले बिहानै सुने क्षेत्रवासीको समस्या