मिनी स्टेडियम निर्माण घोषणामा सिमित नहोस:गोजमुमो

Share this news

रिम्बिक, 8 जूलाई(निसं): गोर्खा जनमुक्ति मोर्चा(गोजमुमो) केन्द्रीय प्रतिनिधि नरेन्द्र काम्बाङले हालै रिम्बिक-लोधोमा समष्टिका सभासद नोर्देन शेर्पाले लोधोमा खेल मैदानमा मिनि स्टुडियम बनाउने गरेको घोषणालाई स्वागत गरे। तथापि, उनले सभासदले यस्ता घोषणा गत 2022 सालदेखि गर्दै आएको तर हालसम्म कार्य नभएको पनि उजागर गरे। काम्बाङले एक प्रेस बिज्ञप्ति मार्फत भने अनुसार, सभासद शेर्पाले यो घोषणा गत 2022 सालको विन्टर कपको पहिलो संस्करण देखि भनेका हुन। उनीले गरिएका घोषणाहरुले यो चोटि कार्यनयन पाउनेमा आशा जताएपनि चुनावी र राजनीतिक रोटी सेक्ने अनि जनतालाई झुकाउने विकास मुखी प्रतिबद्धता गरेर सत्तामा अडिरहने कोशिस गलत प्रमाण हुने बताए। काम्बङले सभासद शेर्पाले ज
जीटीए -को क्षमता भन्दा परका कुराहरुमा गरेका प्रतिबद्धताहरु जनता अनि गाँउलेहरुले स्पष्ट बुझेको बताए। बिमलकालिन जिटिए अनि तत्कालीन सभासद प्रकाश गुरुङसाथै  रामाम हाईडल बिधुत परियोजनाले दिएको तीन करोड मध्ये 42 करोड रुपियाँद्वारा यो खेल मैदान लोधोमावासी एंव क्षेत्रलाई विकास मुखी उपहार स्वरुप निर्माण गरिएको उल्लेख बिज्ञप्तिमा गरिएको छ। यसका साथै काम्बाङले गत 2017  सालदेखि यता जीटीए-ले खेल मैदानमा घाँस सम्म उखेल्ने काम नगरेको आरोप लगाएका छन्।

Share this news
आजको रोजाइ
जीर्ण बाटोमा लड़ेर एक महिला गम्भीर घाइते

जीर्ण बाटोमा लड़ेर एक महिला गम्भीर घाइते

शान्तिलाई एक मौका दिउँ थीमको साथमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

शान्तिलाई एक मौका दिउँ थीमको साथमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

भानु जयन्तीको लागि प्रतिभा छनोट कार्यक्रम

भानु जयन्तीको लागि प्रतिभा छनोट कार्यक्रम

सिक्किम पर्यावरण पर्व जुलाई १-१४सम्म पालन

सिक्किम पर्यावरण पर्व जुलाई १-१४सम्म पालन

खरसाङमा खेल मैदानको अभाव पुरा हुने कुरोमा आशावादी संघहरू

खरसाङमा खेल मैदानको अभाव पुरा हुने कुरोमा आशावादी संघहरू

कविता- हाम्रा भानुलाई ईमेल

कविता- हाम्रा भानुलाई ईमेल

खरसाङ सुपर लीग 2025 केएफसी अनि घुम्ती एफसी विजय

खरसाङ सुपर लीग 2025 केएफसी अनि घुम्ती एफसी विजय

नयाँ फलामको पूल निर्माणः नयाँ आशा

नयाँ फलामको पूल निर्माणः नयाँ आशा

आजको भेटघाट भयो रमाइलो

आजको भेटघाट भयो रमाइलो

गोर्खा जनपुस्तकालयद्वारा भानु जयन्तीमा अन्तर विद्यालय रामायण पाठ प्रतियोगिता आयोजना गरिने

गोर्खा जनपुस्तकालयद्वारा भानु जयन्तीमा अन्तर विद्यालय रामायण पाठ प्रतियोगिता आयोजना गरिने