नागपञ्चमी, रिखी डोरी, कुशे औँसीको महत्व घट्दै जाँदैछ

Share this news

खरसाङ, (निसं): वर्तमानमा नागपञ्चमी, कुशे औँसी लगायत अन्य धार्मिक, सांस्कृतिक परम्पराहरूको महत्व घट्दै गइरहेको छ। अघिको समयमा खरसाङ बजार अनि गाउँ-बस्ती क्षेत्रमा नागपञ्चमीको दिन बिहानैदेखि नाग टाँस्ने बाहुन (पुरोहित) हरूको आगमन प्रत्येक घरमा हुन्थ्यो भने वर्तमानमा धेरैले नाग टाँस्न छोड़िसकेका छन्‌‍। अघिको समयमा नगपञ्चमीको दिन एउटा खुशीको दिनको रुपमा लिइन्थ्यो। नागपञ्चमीलाई दशैँ आएको सूचकको रुपमा हेरिन्थ्यो, बाल-बालिका, किशोर-किशोरी, युवा-युवतीहरूमा यस दिनले खुशी ल्याउने गर्थ्यो। वर्तमानमा त्यस्तो छैन, वर्तमानमा धेरैलाई नागपञ्चमीको त्यस्तो खालै रहँदैन भन्ने धेरैको मत छ। केही वर्ष अघिसम्म घर-घरमा पुजारीहरू नाग टाँस्न आउने गरेकाले नागपञ्चमीको बारेमा थाहा लाग्ने गर्थ्यो, वर्तमानमा पुजारीहरू नाग टाँस्न आउन छेड़ेकाले धेरैले नागपञ्चमीको ख्लाय नरहनेको गरेको बताएका छन्‌‍। कतिपय विद्यालयका विद्यार्थीहरूलाई यस विषयमा प्रश्न गर्दा यस बारेमा जानकारी नरहेको बताए भने कतिपयले बिहान घरमा गाउँका पुजारी नाग टाँस्न आएकाले थाहा लागेको बताए। खरसाङ्को धेरै क्षेत्रमा यो वर्ष नाग टाँस्नलाई पुरोहितहरू नआएको थाहा लागेको छ। डुमाराम बस्तीकी आशामाया राईले भनिन्‌‍, यो वर्ष नाग टाँस्नलाई कोही पनि पुरोहित आएनन्‌‍। दुई वर्ष अघिसम्म घनश्याम बाजे प्रत्येक वर्ष नाग टाँस्न आउथे, तिनी पनि अहिले बिरामी छन्‌‍। पोहोर साल एकजना पुजारी नाग टाँस्न आएका थिए, यो वर्ष त कोही पनि आएनन्‌‍। अघिको समयमा चार-पाँच जना पुरोहित नाग टाँस्नको निम्ति आउँथे। नागपञ्चमी आएपछि दशैँ नजिक आएको बुझिन्थ्यो। हामी त साना छँदा नागपञ्चमी आएपछि रमाउँथ्यौँ, दशैँ नजिक आयो, दशैँमा नयाँ लुगा लगाउन पाइन्छ, टिका लगाउन जान पाइन्छ भनेर शुखी लाग्थ्यो, अहिले त्यस्तो छैन। गड्डी लाईनकी एक वृद्धाले पनि यो वर्ष नाग टाँस्नको निम्ति एक जना मात्र पुरोहित आएको ती पनि गोर्खा पुरोहित नरहेर अर्कै जातिका पुरोहित रहेको बताइन्‌‍। तिनले भनिन्‌‍, अघिको समयमा नाग टाँस्नलाई धेरै जना पुजारी आउने गर्थे अहिले सबैले छोड़िसके, पुरोहितहरू त अहिले पनि छन्‌‍ तर यसरी संस्कार-संस्कृति र पर्वहरू पालन गर्न छोड़िसके। तल्लो डुमाराम बस्ती निवासी सुदन सिंहले भने, वर्तमानमा नाग टाँस्ने पुरोहितहरू आउन छोड़े, वर्तमानमा पुरोहितहरू पनि कम छन्‌‍। हाम्रोमा एकै जना पुरोहित नाग लिएर आएका थिए। तिनले हातैमा नाग दिएर गए, हामी आफैले टाँस्यौँ। हामी बालकदेखि किशोर अवस्थासम्म नागपञ्चमी आएपछि रमाउने गर्थ्यौँ। नागपञ्चमीलाई दशैँ आएको सूचक सम्झन्थ्यौँ। अहिलेका नानीहरूलाई त नागपञ्चमीको बारेमा थाहा पनि छैन। तिनले यसरी संस्कार, संस्कृति र परम्पराहरू छोड़िन्दै, तोड़िन्दै गएकोमा दुःख प्रकट गरे। डाउहिल रोडका एक व्यक्तिले वर्तमानमा पुरोहितहरू आफ्नो यजमानहरूकोमा मात्र नाग टाँस्न, कुशे औँशीमा कुश, साउन पूर्णिमामा रिखी डोरी लिएर जाने गर्छन्‌‍। सबै कहाँ जाँदैनन्‌‍ भनी बताए। हिन्दु पञ्चाङ्ग अनुसार साउन महिनाको शुक्ल पक्षको पाँचौँ दिन नागपञ्चमी पालन गरिन्छ, यस दिन नागको पूजा गरिन्छ। नागपञ्चमी एक श्रद्धा र विश्वासको पर्व हो। हिन्दु धर्म परम्परा अनुसार यस दिन आठ प्रकारको अष्ट नागको पूजा गर्ने गरिन्छ। यस दिनमा नागको साथै नाग धारण गर्ने भगवान भोलेनाथको पूजा आराधना पनि गरिन्छ। नागपञ्चमी नेपाल, भारतमा रहेका नेपाली भाषी हिन्दु, कतिपय बौद्ध, भारतका हिन्दुहरूले पालन गर्ने गरेका छन्‌‍। तथापि नेपाली भाषीहरूमा नागपञ्चमीको छुट्टै विशेषता छ र यसलाई केही अलग तरिकाले पालन गरिने गरिन्छ।


Share this news
आजको रोजाइ
नाट्य संस्था ‌जागृति परिवार‌को 52 औं स्थापना पालन

नाट्य संस्था ‌जागृति परिवार‌को 52 औं स्थापना पालन

मार्गरेट्स होप चियाबारीको नयाँ बस्तीमा आगलागीमा घर जलेर स्वाहा, एकजनाको घटनास्थलमै मृत्यु

मार्गरेट्स होप चियाबारीको नयाँ बस्तीमा आगलागीमा घर जलेर स्वाहा, एकजनाको घटनास्थलमै मृत्यु

आकाशवाणी खरसाङ्मा सम्मान अनि बिदाई समारोह सम्पन्न

आकाशवाणी खरसाङ्मा सम्मान अनि बिदाई समारोह सम्पन्न

खरसाङको गोर्खा दुःख निवारक सम्मेलन भवनले काँचुली फेर्ने भयो

खरसाङको गोर्खा दुःख निवारक सम्मेलन भवनले काँचुली फेर्ने भयो

इनिगो किक्‌‍ बक्सिङमा खरसाङका खेलाड़ीहरूले 8 स्वर्ण पदक जिते

इनिगो किक्‌‍ बक्सिङमा खरसाङका खेलाड़ीहरूले 8 स्वर्ण पदक जिते

ड्रग्स रोकथामको लागि सचेतना कार्यक्रम आयोजित

ड्रग्स रोकथामको लागि सचेतना कार्यक्रम आयोजित

संगीतकार विकास सिंह लोहारलाई सम्मानसहित बिदाइ

संगीतकार विकास सिंह लोहारलाई सम्मानसहित बिदाइ

आइजीजेएफद्वारा बोनस मुद्दामा दोहोराएर ज्ञापन

आइजीजेएफद्वारा बोनस मुद्दामा दोहोराएर ज्ञापन

पहिलो आमा सम्मान दिवस २०२५ मनाउन बैठक

पहिलो आमा सम्मान दिवस २०२५ मनाउन बैठक

शाङ्कालाङ फलामे पूलः जोङ्गुको लागि महत्वपूर्ण

शाङ्कालाङ फलामे पूलः जोङ्गुको लागि महत्वपूर्ण