धोबी तलाउ क्षेत्रबाट फोहोर र प्लास्टिकजन्य वस्तुहरू संकलन

Share this news

खरसाङ, (निसं): शेर्पा एसोसिएशन, शेर्पा वेलफेयर संस्था अनि धोबी तलाउ ग्राम समितिले संयुक्त रुपमा सफाई कार्यक्रम सम्पन्न गरेका छन्‌‍। यस सफाई कार्यक्रम खरसाङ नगरपालिकाको वार्ड नम्बर 1 अन्तर्गत रहेको धोबी तलाउ अनि वरिपरिको क्षेत्रमा सम्पन्न गरिएको बताइएको छ। सफाई कार्यक्रमको साथमा वृक्ष रोपाइ कार्यक्रम पनि सम्पन्न गरिएको थियो। कार्यक्रममा शेर्पा एसोसिएशन अनि संस्थाका युवाहरूको साथमा ग्राम समिति सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। सफाई अभियान अन्तर्गत धोबी तलाव क्षेत्र, यसको वरपरको क्षेत्रको सफाई गरेर फोहोर, प्लास्टिकजन्य वस्तुहरू संकलन गरिएको थियो। दोस्रो चरणमा वृक्ष रोपाइ गरिएको थियो। शेर्पा एसोसिएसनका अध्यक्षले कार्यक्रममा बोल्दै शहीद दिवसको अवसरमा शहीदप्रति श्रद्धाञ्जली मात्र नभई समाज र प्रकृतिप्रति हाम्रो उत्तरदायित्व स्मरण गराउने अवसर हो यो। अरण्य सप्ताह पालन गर्दै हामीले सफाई र रोपाइ कार्यक्रम मार्फत हरित सन्देश प्रवाह गरेका छौँ भने। खरसाङ नगरपालिका वार्ड नम्बर 1 मा पर्ने चिनियाँहरूको कपुर रहेको घाटमा पनि सरसफाइ साथै वृक्ष रोपाइ गरियो। शहीद दिवस र अरण्य सप्ताहको संयुक्त अवसरमा शेर्पा एसोसिएसन, शेर्पा वेलफेयर संस्था तथा धोबी तलाव ग्राम समितिले संयुक्त रुपमा यो कार्यक्रम सम्पन्न गरेको हो भनी जानकारी दिइएको छ।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ