दिपेन खवासद्वारा मलेसियामा सम्पन्न स्कोर म्यारथन 2025 मा अंशग्रहण

Share this news

खरसाङ, 13 जुलाई (निसं): खरसाङ एथलेटिक क्लबका अध्यक्ष एवं पश्चिम बंगाल विद्युत वितरण कम्पनी लिमिटेड दार्जीलिङ्का अधिक्षक अभियन्ता दिपेन खवासले मलेसियामा सम्पन्न स्कोर म्यारथन 2025 दौढ़मा अंशग्रहण गरेका छन्‌‍। एआईए भाइटलिटीले आयोजना गरेको उक्त म्यारथन दौढ़मा विश्वका विभिन्न देशका 33 हजार धावकहरूले अंशग्रहण गरेका थिए। आइतवार बिहान सम्पन्न भएको उक्त म्याथन दौढ़को 42 किनलो मिटर वर्गको दौढ़मा अंशग्रहण गर्दै दिपेन खवास 18 औँ स्थानमा रहेका जानकारी प्राप्त भएको छ। तिनीसंगै उक्त म्याराथन दौढ़मा दिपेन्द्र सुब्बाले 21 किलो मिटर वर्गमा अंशग्रहण गरेका थिए, तिनी 22 औँ स्थानमा रहे दार्जीलिङ्का समीर अहमदले 42 किलो मिटर वर्गमा अंशग्रहण गरेका थिए तिनी 23 औँ स्थानमा रहे। यी सबै सहभागीहरूले अन्तर्राष्ट्रिय स्तरको म्यारथनमा अंशग्रहण गरेका थिए। खरसाङ एथलेटिक क्लबका वरिष्ठ सदस्य एवं गोर्खाल्याण्ड बडिबिल्डिङ एसोसिएशनका अध्यक्ष सञ्जय छेत्रीले जानकारी दिए अनुसार दिपेन खवास उक्त म्यारथन दौढ़मा अंशग्रहण गर्नको निम्ति खरसाङबाट 11 जुलाईको दिन मलेसियाको निम्ति प्रस्थान गरेका थिए। स्मरण गराइन्छ खरसाङ एथलेटिक क्लबका सदस्यहरूले हालैमा ग्रमीण युथ स्पोर्ट्स डेभलपमेन्ट अकादामीद्वारा अन्तर्राष्ट्रिय योगा दिवसको अवसरमा खोरीबारीमा आयोजित 8 किलो मिटर खुल्ला योगा म्यारथन दौढ़मा पनि अंशग्रहण गरेका थिए। उक्त खुल्ला योगा म्यारथन दौढ़मा क्लबका अध्यक्ष दिपेन खवास, सचिव सन्दीप तामाङ, कोषाध्यक्ष कपील सुब्बा, वरिष्ठ सदस्य सञ्जय छेत्री अनि अर्का वरिष्ठ सदस्य 66 वर्षीय भूषण देवालले अंशग्रहण गरेका थिए। यसरी खरसाङ एथलेटिक क्लबले खेलकुदलाई अघि बढ़ाउन अनि खेलकुदको क्षेत्रमा पहाड़का खेलाड़ीहरूलाई सहभागी गराउनको निम्ति कार्य गरिरहेको छ।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न