गाजाको आवासीय भवनमा इजरायलको आक्रमण, २९ को मृत्यु

Share this news

गाजा — गाजा सिटीको पूर्वी भागमा रहेको एक आवासीय भवनमा इजरायली हवाई आक्रमण हुँदा कम्तीमा २९ जना प्यालेस्टिनीको मृत्यु भएको छ । आक्रमणमा परी कम्तीमा ४० जना घाइते भएको विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन् । स्थानीय अस्पतालका अनुसार मंगलबार बिहान अल–हवासी मस्जिदनजिकै शेजैया बस्तीमा आक्रमण गरिएको थियो ।

हमासद्वारा सञ्चालित नागरिक सुरक्षा निकायका अनुसार युद्धक विमानले यो क्षेत्रलाई निसाना बनाएको थियो । उद्धारकर्मीहरूले अझै पनि भग्नावशेषबाट शव खोजिरहेका छन् ।

इजरायली सेनाले भने आक्रमणको योजना बनाउने ‘वरिष्ठ हमास आतंककारी’लाई निसाना बनाइएको बताएका छन् । सेनाले आक्रमण गर्दा नागरिकहरूलाई क्षति नपुगोस् भनेर विशेष सावधानी अपनाइएको र ‘सटीक हतियार’ प्रयोग गरिएको पनि इजरायलको दाबी छ ।

साथै इजरायली सेनाले हमासलाई नागरिकहरूलाई मानव ढालका रूपमा प्रयोग गरेर अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको आरोप पनि लगाएको छ । प्रत्यक्षदर्शीका अनुसार घटनास्थल निकै खचाखच थियो । ‘टेन्ट, विस्थापित मानिसहरूले त्यो ठाउँ निकै खचाखच थियो । एकैपटक धेरै मिसाइलले हानिएको थियो, सार्पनेलका टुक्राहरू चारैतिर उडेको थियो, धूलो, ध्वंस र चिच्याहट मात्र सुनिन्थ्यो । साँच्चै एक नरसंहार जस्तै लागेको थियो,’ घटनास्थलमा रहेका २६ वर्षीय आयुब सलिमले एएफपी समाचार संस्थालाई बताएका छन् ।

इजरायली सेनाले यसअघि नै यो क्षेत्र खाली गर्न भनेको थियो, जसकारण शेजैयाका हजारौं बासिन्दाहरू आफ्नो घर छोडेर भागिसकेका थिए ।

मंगलबार बिहान नै गाजाको हमास–नियन्त्रित स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा मात्रै ३३ जना मारिएको जानकारी दिएको थियो । मार्च १८ देखि पुनः सुरु भएको इजरायली सैन्य आक्रमणमा हालसम्म १ हजार ४ सय ८२ जना मारिएको विभिन्न सञ्चारमाध्यमहरूले बताएका छन् ।

पछिल्लो तीन सातामा मात्रै ३ लाख ९० हजार मानिस विस्थापित भएका छन् । संयुक्त राष्ट्रसंघका अनुसार गाजाको दुईतिहाइ भूभाग अब ‘नो–गो जोन’ घोषित गरेर र खाली गर्न भनिएको छ ।

त्यस्तै इजरायलले खाना, औषधि र इन्धनको आपूर्ति रोकिदिएको कारणले अहिले गाजामा गम्भीर संकट उत्पन्न भएको छ । यसले मानवीय संकट पनि बढाएको संयुक्त राष्ट्रसंघले बताएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजा हाल मृत्यु क्षेत्रजस्तै भएको बताएका छन् । उनले इजरायली नाकाबन्दीलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको समेत बताएका छन् ।

तर इजरायली विदेश मन्त्रालयले गुटेरेसको भनाइ अस्वीकार गर्दै गाजामा मानवीय सहायता नरोकिएको बताएको छ । ‘युद्धविरामको ४२ दिनमा २५ हजारभन्दा बढी सहायता गाडी गाजामा प्रवेश गरेका छन् । तर हमासले ती सहायता वस्तुहरू आफ्ना युद्ध तयारीमा प्रयोग गरिरहेको छ,’ इजरायलले आरोप लगाएको छ ।

इजरायली सेनाले यो आक्रमण ७ अक्टोबर २०२३ मा हमासले इजरायलमा गरेको आक्रमणपछि सुरु गरेको हो । आक्रमणमा करिब १ हजार २ सय जनाको मृत्यु भएको थियो भने २ सय ५१ जनालाई बन्धक बनाइएको थियो ।


Share this news
आजको रोजाइ
न्यायपालिका हाम्रो पुराना कानूनहरूको संरक्षक हुनु पर्छ

न्यायपालिका हाम्रो पुराना कानूनहरूको संरक्षक हुनु पर्छ

बक्सिङ्गको राष्ट्रिय च्याम्पियनशिपमा जिल्लाले गौरव बढाएको छ

बक्सिङ्गको राष्ट्रिय च्याम्पियनशिपमा जिल्लाले गौरव बढाएको छ

सरकारी योजना सम्बन्धी सचेतना कार्यक्रम पुग्यो चुङथाङ

सरकारी योजना सम्बन्धी सचेतना कार्यक्रम पुग्यो चुङथाङ

ट्रम्पको आरोप– ‘शान्ति प्रस्तावमा हस्ताक्षर गर्न जेलेन्स्की अझै तयार छैनन्’

ट्रम्पको आरोप– ‘शान्ति प्रस्तावमा हस्ताक्षर गर्न जेलेन्स्की अझै तयार छैनन्’

जापानको उत्तरपूर्वमा ७.६ म्याग्निच्युडको भूकम्प, हजारौँ विस्थापित

जापानको उत्तरपूर्वमा ७.६ म्याग्निच्युडको भूकम्प, हजारौँ विस्थापित

कथा संग्रह ‘जीवनका अनुभूतिहरू’माथि आफ्नो मन्थन

कथा संग्रह ‘जीवनका अनुभूतिहरू’माथि आफ्नो मन्थन

अप्पर पजेङको नन्द गाउँमा आगोलाग्दा एक घर जलेर खरानी

अप्पर पजेङको नन्द गाउँमा आगोलाग्दा एक घर जलेर खरानी

एनएफ रेलवेको मुख्य प्रबन्धकलाई ज्ञापन

एनएफ रेलवेको मुख्य प्रबन्धकलाई ज्ञापन

भागोप्रमो खरसाङ टाउन कमिटीको सभा एवम् नियुक्ति पत्र वितरण

भागोप्रमो खरसाङ टाउन कमिटीको सभा एवम् नियुक्ति पत्र वितरण

भारतीय मानवाधिकार एशोसिएसनको एक प्रतिनिधि टोलीद्वारा महकुमा शाकससित चर्चा

भारतीय मानवाधिकार एशोसिएसनको एक प्रतिनिधि टोलीद्वारा महकुमा शाकससित चर्चा

आजको रोजाइ