सुखानीमा फेला पर्‍यो नयाँ प्रजातिको बैजनी कोइली चरा

Share this news

चितवन — नेपाल र मलेसियाका चरा विज्ञहरुको टोलीले पूर्वी नेपालको इलाम सुखानीमा नयाँ प्रजातिको चरा–बैजनी कोइली फेला पारेका छन् । नेपाल पन्छीविद् संघले बुधबार बिहान प्रेस विज्ञप्ती जारी गर्दै यस बारेमा जानकारी दिएको छ ।

गएको चैत २५ मा नेपालका चराविद् राजेन्द्र गुरुङसहितको टोलीले चरा अवलोकनको क्रममा समुन्द्र सतहबाट तीन सय मिटर उचाइमा रहेको सुखानी वन क्षेत्रका उक्त चरा फेला पारेको थियो ।

गुरुङको साथमा मलेसियकाका चरा विज्ञ एलेकजान्डर जोन एङ याङ र रोजर रोबर्ट राजा पनि रहेका थिए । साथै सो टोलीमा नेपाली चराविद् अनिश तिमिल्सिना पनि संलग्न थिए । बिहान ११ बजेतिर देखा परेको उक्त चरा ‘भ्वाइलेट कुक्कु’ भएको टोलीले प्रारम्भिक पहिचान गरेको थियो । थप पुष्टिका लागि उनीहरुले आफूले खिचेको चराका फोटो र भिडियो चैत २८ मा नेपाल बर्ड रेकर्ड कमिटीमा पठाएका थिए ।

रेकर्ड कमिटीले स्वदेशी विदेशी चराविज्ञहरुको राय लिएर उक्त चरा नेपालका लागि नयाँ भएको पत्ता लगाएको कमिटीका तर्फबाट डा. तुलसी सुवेदीले जनाएका छन् । अंग्रेजी नाम भ्याइलेट कुक्कु रहेको सो चराको वैज्ञानिक नाम क्राइसोककस साइन्थोरिङ्कस हो । योसँगै नेपालमा पाइने चराको प्रजातिको संख्या ८९९ पुगेको डा.सुवेदीको भनाइ छ ।

कुकुलिफर्म्स वर्गको कुकुलिडी परिवारमा पर्ने यो चरा भुटान, मलेसिया, सिङ्गापुर, बंगलादेश, ब्रुनाइ, चीन, भारत, इन्डोनेसिया, लाओस, फिलिपिन्स, म्यानमार, थाइल्याण्ड र भियतनाममा आवासीय रुपमा नै पाइने गरेको नेपाल पन्छीविद् संघले जनाएको छ । यसले भुटान, फिलिपिन्स र सिंगपुरमा प्रजनन् गर्ने पाइएको छ । विश्वमा यो चराका दुई उपप्रजाति सी. एक्स. साइन्थोरिङ्कस र सी. एक्स. एमिथिस्टिनस छन् । नेपालमा भेटिएको चरा सी. एक्स. साइन्थोरिङ्कस भएको नेपाल पन्छीविद् संघले जानकारी दिएको छ ।


Share this news
आजको रोजाइ
आश्रम पाडा स्थित नवनिर्मित किरणचन्द्र भवनको उद्धाटन

आश्रम पाडा स्थित नवनिर्मित किरणचन्द्र भवनको उद्धाटन

होलङ बस्तीमा राज्य सरकारको तर्फबाट राहत वितरण

होलङ बस्तीमा राज्य सरकारको तर्फबाट राहत वितरण

मुख्यमन्त्रीले १२ औं ग्यालेटसब रिन्पोछेको गरे दर्शन

मुख्यमन्त्रीले १२ औं ग्यालेटसब रिन्पोछेको गरे दर्शन

आइजीजेएफद्वारा थर्बु नन्दलाल गाउँकाे शिविरमा राहत वितरण

आइजीजेएफद्वारा थर्बु नन्दलाल गाउँकाे शिविरमा राहत वितरण

पीडितहरूलाई राज्य र क्षेत्रीय सरकारले हेपेको छः लामा

पीडितहरूलाई राज्य र क्षेत्रीय सरकारले हेपेको छः लामा

तृणमूल छात्र परिषद अध्यक्ष सैनब चक्रवर्तीलाई स्वागत

तृणमूल छात्र परिषद अध्यक्ष सैनब चक्रवर्तीलाई स्वागत

बिरपाडा र कामाख्यागुड़ीमा रेलको ओभरब्रीजको मागमा ज्ञापन

बिरपाडा र कामाख्यागुड़ीमा रेलको ओभरब्रीजको मागमा ज्ञापन

एसडीएफ र सीएपीका समर्थकहरू एसकेएममा सामेल

एसडीएफ र सीएपीका समर्थकहरू एसकेएममा सामेल

क्यारिङ्ग ह्यान्डले बिनय प्रधानलाई निका पारी फर्कायो घर

क्यारिङ्ग ह्यान्डले बिनय प्रधानलाई निका पारी फर्कायो घर

विधायक संजीत खरेलले बिहानै सुने क्षेत्रवासीको समस्या

विधायक संजीत खरेलले बिहानै सुने क्षेत्रवासीको समस्या