शिश महल पछिल्तिर थुप्रिएको प्लास्टिक अनि फोहोर एक समस्या

Share this news

खरसाङ , 3 जुलाई (निसं)ः खरसाङ बजारको वार्ड नम्बर 12 गड्डी लाईन नजिक शीश महल अनि कुमाई स्टुडियोको माझको जग्गामा धेरै समयदेखि फोहोर-मैला थुप्रिएर बसेको छ। यस स्थानमा धेरै समयदेखि विभिन्न प्रकारको फोहोर-मैलाका साथै प्लास्टिको बोतल, प्लास्टिकको थैला, पाउचहरू थुप्रिएर बसेकोले क्षेत्र दुर्गन्धित बनेको छ। यसै स्थानमा कुमाई स्टुडियोको बल्डिङबाट फोहोर पानी बगेर आउने अनि शीश महलका मानिसहरूले पनि फोहोर पानी र फोहोर-मैला फाल्ने गरेकोले यो जग्गा फोहोरको दलदल र दुर्गन्धित बनेको छ। घाम लागेको समयमा यहाँको दुर्गन्ध हिमालय दर्पण कार्यालयका साथै वरिपरि फैलिने गर्छ। कुमाई स्टुडियो अनि शीश महलको बीच भागमा रहेको यस स्थानलाई वरिपरिको बाटोबाट नदेखिने भएकोले यहाँ फोहोर-मैला थुप्रिएको बाटो हिँड़ने मानिसहरूले देख्दैनन् तथापि दुर्गन्ध थाहा पाउने गरेका छन्। यस स्थानमा जमा हुने फोहोर पानी र फोहोर-मैलामा डेङ्गु, मलेरिया जस्ता रोग फैलाउने लामखुट्टेको लार्भ हुर्कने पर्याप्त सम्भावना बनेको छ भने यहाँको फोहोर-मैलाबाट निस्किएको दुर्गन्धको कारण मानिसहरूमा विभिन्न बिमारी फैलने सम्भावना पनि बनेको छ। यस जग्गाको फोहोर-मैला सफा गर्न अनि यहाँ फोहोर-मैला नफाल्नको निम्ति यहाँ बस्ने मानिसहरू अनि सम्बन्धित निकायहरूबाट कुनै पहल भएको देखिएको छैन। बिहीवार 3 जुलाईको दिन अन्तर्राष्ट्रिय प्लास्टिक मुक्त दिवस हो। खरसाङमा पनि यस दिवसलाई विभिन्न कार्यक्रम गरेर पालन गरिएको छ। बिहीवार प्लास्टिक मुक्त दिवसको दिन यहाँ थुप्रिएको प्लास्टिकको बोतल, प्लास्टिकको थैला अनि पाउचलाई सफा गर्न सकिएको खण्डमा असल कार्य हुने थियो भन्ने कतिपयको मत छ। यस प्रकारले शहरको कुना-काप्चा, गल्ली-गल्छेँड़ोहरूमा थुप्रिएको प्लास्टिकको बोतल, थैला, पाउच अनि फोहोर-मैला सफा गर्न पर्ने आवश्यकता देखिएको छ। प्लास्टिकको बोतल, थैला, पाउच, विभिन्न जिनिसलाई यसरी नफालेर सही स्थानमा फाल्ने अथवा रिसाइकलको निम्ति पठाउने दायित्वलाई जनसाधरणले पनि बुझ्न पर्ने पनि आवश्यकता देखिएको छ।


Share this news
आजको रोजाइ
पाक्योङ जिल्ला समिति गठनार्थ भाजपाको सभा

पाक्योङ जिल्ला समिति गठनार्थ भाजपाको सभा

मानव बेचबिखन विरुद्धको विश्व दिवस पालन

मानव बेचबिखन विरुद्धको विश्व दिवस पालन

मुण्डाकोठीको मुख्य सडक गरियो अस्थायीरुपमा मरमत

मुण्डाकोठीको मुख्य सडक गरियो अस्थायीरुपमा मरमत

मुख्यमन्त्रीद्वारा आमा सम्मान दिवस सभाको अध्यक्षता

मुख्यमन्त्रीद्वारा आमा सम्मान दिवस सभाको अध्यक्षता

अम्बटे बाँसघारीमा आइजीजेएफको झोलुंगे पूल

अम्बटे बाँसघारीमा आइजीजेएफको झोलुंगे पूल

मन्त्री र पदाधिकारीद्वारा जनतासित भेटघाट कार्यक्रम

मन्त्री र पदाधिकारीद्वारा जनतासित भेटघाट कार्यक्रम

सिक्किम पुलीस नियन्त्रण कक्ष, सञ्चार शाखाको सूचना

सिक्किम पुलीस नियन्त्रण कक्ष, सञ्चार शाखाको सूचना

विधायक निरज जिम्बाद्वारा राहत विभिन्न ठाउँमा

विधायक निरज जिम्बाद्वारा राहत विभिन्न ठाउँमा

उज्ज्वल र बलियो सिक्किमको दिशा निर्देश दिने

उज्ज्वल र बलियो सिक्किमको दिशा निर्देश दिने

गोगोरामुमो निम्न सोनादा अनि गोरामुमो सोनादा टाउन कमिटीको संयुक्त सांगठनिक सभा सम्पन्न

गोगोरामुमो निम्न सोनादा अनि गोरामुमो सोनादा टाउन कमिटीको संयुक्त सांगठनिक सभा सम्पन्न