महिनाव्यापी सिलाई बुनाई प्रशिक्षण शिविरको समापन

Share this news

सोनादा ,1 जुलाई(निसं): सोनादा महिला हस्तशिल्प एंव सिलाई बुनाई केन्द्र अप्पर पचेङमा एक महिनाव्यापी सिलाई बुनाई प्रशिक्षण शिविरको समापन भएको छ। यस महिनाव्यापी सिलाई बुनाई प्रशिक्षण शिविरमा जम्मा 20 जना महिलाहरुले भाग लिएका थिए। यस महिनाव्यापी सिलाई बुनाई प्रशिक्षणमा डीआईसी दार्जीलिङका जेनेरल म्यानेजर प्रवण सर, दिवस लामा, चन्द्र मुखिया, ओम मुखिया, आदिको उपस्थितिमा 20 जना प्रशिक्षण पूरा गरेका महिलाहरुलाई प्रमाण पत्र वितरण गरिएको छ।सोनादा महिला हस्तशिल्प एंव सिलाई बुनाई केन्द्र अप्पर पचेङ सोनादामा 2014 मा पाँचजना क्रियाशील महिलाहरुले स्थापना गरेका थिए। यस सोनादा महिला हस्तशिल्प एंव सिलाई बुनाई केन्द्रले अहिलेसम्म सोनादा र वरिपरिका महिलाहरुलाई प्रशिक्षण दिएर स्वनिर्भर बनाउन ठूलो सहयोग गिरहेको छ भने अहिले पनि यो कार्य निरन्तर रूपमा जारी रहेको छ। सोनादा महिला हस्तशिल्प एंव सिलाई बुनाई केन्द्रका सभापति सपना लामा, सचिव उमा थापा, कोषाध्यक्षा अञ्जना प्रधान, निर्देशिकामा चेलु तामाङ र सदस्यहरुमा सकिला प्रधान, लमु शेर्पा, सनिता तामाङ रहेका छन्। यस सिलाई बुनाई प्रशिक्षण केन्द्रको माध्यमबाट सोनादा पचेङ र वरिपरि क्षेत्रका महिलाहरुलाई स्वनिर्भर बनाउन ठूलो सहयोग पुगेको छ।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान