भूतपूर्व सैनिक वेलफेयर एसोसिएशनको कार्यालय भवनको शिलान्यास

Share this news

खरसाङ, (निसं): खरसाङ बस टर्मिनल छेउमा गोर्खा भूतपूर्व सैनिक वेलफेयर एसोसिएशनको निम्ति जीटीए प्रमुख कार्यपाल अनित थापाद्वारा भूतपूर्व सैनिकहरुले देशको लागि दिएको योगदानलाई कदर गर्दै कार्यालय एवम्‌‍ सार्वजनिक भवन बनाई दिने भएका छन्‌‍। यसै क्रममा 28 नम्बर खरसाङ चिमनी देवराली समष्टिको सभासद श्याम शेर्पाको उपस्थितिमा विधिवत्‌‍ रुपमा पूजा-पाठ गरेर भवन निर्माणको शिलान्यास गरिएको छ। यस शिलान्यास कार्यक्रममा जलपहाड़ सैनिक कार्यालयबाट कर्णल अमित आश्रय पनि उपस्थित रहेका थिए भने खरसाङ नगरपालिका प्रशासनिक बोर्डका उपाध्यक्ष सुवास प्रधान, पञ्चायत समिति सदस्य दिनेश लामा साथै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका प्रतिनिधिहरु, खरसाङ महकुमा युवा शक्ति अध्यक्ष प्रेमेन्द्र गुरुङ, भागोप्रमो केन्द्रीय सदस्य समीरदिप ब्लोन, कार्यकारी सदस्य प्रेम बम्जन, समष्टि नारी शक्ति अध्यक्षा सुष्मा मुखिया, महकुमा नारी शक्ति अध्यक्षा सविता कार्की, टाउन नारी शक्ति, अभिभावक संगठनका पदाधिकारीगण उपस्थित रहेका थिए। कार्यक्रममा गोर्खा भूतपूर्व सैनिक वेलफेयर एसोसिएशनका पदधिकारीगण र सदस्यहरु पनि उपस्थित रहेका थिए।


Share this news
आजको रोजाइ
भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा